भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने
- भाद्र ९, २०८३
– मेरिना शाक्य
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट मुक्त नभएसम्म नेपालमा समाजवाद सम्भव छैन । आन्तरिक र बाह्य शत्रुहरूविरुद्धको सङ्घर्षविना समाजवादको स्थापना सम्भव हुँदैन । विश्व इतिहास पल्टाएर हेर्दा साम्राज्यवादी, सामन्तवादी र विस्तारवादीहरूको धम्की, नाकाबन्दी र दबाबविरुद्ध लडेरै समाजवाद स्थापना भएको देखिन्छ । नेपाल पनि भारतीय विस्तारवादबाट आक्रान्त छ । नेपालमा भारतीय विस्तारवादको चलखेल भइरहेको छ, नेपाली भूमि भारतीय परेड खेल्ने दबु बनिरहेको छ । अब भारतको मात्र होइन साम्राज्यवादी अमेरिकाले पनि नेपालमा परेड खेल्ने बाटो कोर्दै छ । एमसीसी त्यसको दृष्टान्त हो । भारतले नेपाल सरकारको कमजोरीको निकै फाइदा उठायो । भारत सरकारले जे गरे पनि, जे भने पनि, जस्तो दबाब दिए पनि सहेर बस्ने नेपाल सरकारको कमजोरी र नेपाल र नेपालीको हितभन्दा भारतको स्वार्थ हेर्ने नेपाल सरकारको कार्यनीतिले गर्दा नेपाल भारतनिर्भर देश बनेको हो । नेपाल सरकारको यस्तै कमजोरीको फाइदा उठाउने प्रयत्न हाल अमेरिकी सरकारले पनि गरिरहेको छ । अमेरिकी सो प्रयासमा नेपाल सरकार फसिरहेको छ ।
जनताको स्वाधीनता, सार्वभौमिकतामा आँच पु¥याउने, कुल्चने, ध्वस्त पार्ने, थिच्ने, मिच्ने, अतिक्रमण गर्ने र अरूको भूमिमा परेड खेल्ने काम भारत सरकार र अमेरिकी सरकारले गरिरहेका छन् । यो स्वाधीन देशको सार्वभौमिकतामाथिको हस्तक्षेप हो । यस्तो हस्तक्षेपको विरोध गर्नुपर्छ । आक्रमण, युद्ध, नाकाबन्दी, अतिक्रमण, साम्राज्यवाद र विस्तारवादका उपज हुन् । कुनै पनि समाजवादी देशले विस्तारवाद र साम्राज्यवादको विरोध गर्नैपर्छ । साम्राज्यवाद र विस्तारवादको विरोध नगर्ने कुनै पनि दल न कम्युनिस्ट हुन्छ न त देशभक्त पार्टी नै हुन्छ । आफूलाई कम्युनिस्ट पार्टी र समाजवादी भन्न रुचाउने, समाजवादको बाटोमा लागिरहेको बताउने नेकपाले न साम्राज्यवादी अमेरिकाको विरोध गरेको छ न त विस्तारवादी भारतको नै विरोध गरेको छ । समाजवादी व्यवस्था ल्याउन, समाजवादको रक्षा गर्न भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नैपर्छ । समाजवादी बाटोमा अघि नबढे, समाजवादी व्यवस्थाको रक्षा नगरे संसारमा विस्तारवादी र साम्राज्यवादी देशहरूको हैकम चलिरहने छ । विश्वमा स्वाधीन र सार्वभौम मुलुकहरू भारत र अमेरिकाको छायाँमा रहिरहनुपर्ने हुन्छ र आक्रान्त भइरहनुपर्ने हुन्छ । नेकपाको सरकार अमेरिकी साम्राज्यवादको चङ्गुलमा फस्नुहुँदैन ।
Leave a Reply