लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, १४ माघ । संसारमा सबभन्दा बढी विरोध अमेरिकी प्रशासन या अमेरिकी सरकारको नीति तथा कार्यक्रमको भइरहेको छ । अरू स्वाधीन तथा सार्वभौम देशमाथि सबभन्दा बढी आक्रमण गर्ने, नाकाबन्दी गर्ने, हस्तक्षेप र दबाब दिने देश अमेरिका भएकोले पनि संसारका आम न्यायप्रेमी र देशभक्त जनताले अमेरिकाको विरोध गरेका हुन् । अमेरिका शक्तिशाली र सम्पन्न देश हो । तर शक्तिशाली र सम्पन्न देशको परिचय अरु देशमाथि आक्रमण गर्नु होइन, थिचोमिचो, दबाब र नाकाबन्दी होइन । संसारमा युद्ध निम्त्याउने, देशको आन्तरिक कलह उचालेर र आन्तरिक द्वन्द्व बढाउने काममा संयुक्त राज्य अमेरिकी प्रशासन सक्रिय देखिन्छ । अरु देशमाथि हस्तक्षेप गर्ने, तर्साएर आतङ्कित पार्ने, द्वन्द्व बढाएर राष्ट्र प्रमुखहरूको हत्या गराउने र फाँसी दिलाउने काममा पनि अमेरिका सक्रिय रह्यो । यसैले संयुक्त राज्य अमेरिका संसारकै आतङ्कारी देश हो । यस्ता आतङ्कारी देशलाई संयुक्त राष्ट्र सङ्घ र अन्य स्वाधीन देशहरूले कालोसूचीमा राख्ने र नाकाबन्दी गर्नुपर्ने हो ।
संसारबाट पुँजीवादी साम्राज्यवाद दिनपरदिन पराजित हुँदै गइरहेको छ । संसारका न्यायप्रेमी र देशभक्त जनताले अमेरिकी प्रशासन र उसको कार्य नीतिको विरोध गरिरहेका छन् र ऊ बदनाम हुँदै छ । साम्राज्यवाद र सामन्तवादको विरोधमा संसारका न्यायप्रेमी जनता उठ्दै छन्, सचेत र सङ्गठित हुँदै छन् । साम्राज्यवाद, सामन्तवाद र विस्तारवादको अन्त्य नभएसम्म न कुनै देश स्वतन्त्र हुनसक्छ न त त्यहाँ कम्युनिस्टको सरकार नै गठन हुनसक्छ । साम्राज्यवाद र सामन्तवादविरुद्ध सरकार नेपाली जनता एक नभएसम्म नेपाल स्वाधीन मुलुक हुने छैन, स्वावलम्बी देश हुने छैन । कुनै पनि स्वाधीन र सार्वभौम देशले बाह्य शत्रु साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद र आन्तरिक शत्रु सामन्तवाद र पुँजीवादविरुद्ध नलडी सुख्खै छैन । व्यापक जनतालाई सचेत र सङ्गठित नगरी सुख्खै छैन ।
संसारमा पुँजीवादी साम्राज्यवादको ह्रास र समाजवादी शक्तिहरूको विस्तार भइरहेको छ । त्यही कारण साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी शक्तिहरूले समाजवादी, वामपन्थी र प्रगतिशील समूहको सिद्धान्त र विचारको विरोधमात्र होइन ती देशका राष्ट्र प्रमुखको हत्या गर्ने, घेर्ने र आर्थिक नाकाबन्दी गरेर प्रगतिमा अवरोध पु¥याउने षड्यन्त्र बुनिरहेका छन् । चीन संसारकै शक्तिशाली र धनी देश बन्न लागिरहेको बेला अमेरिका र भारतले चीनलाई घेरेर अप्ठ्यारो पार्ने र प्रगतिमा बाधा पु¥याउने काम गरिरहेका छन् । अमेरिकाले चीनलक्षित गरेर व्यापार युद्ध गर्नु यसको पछिल्लो उदाहरण हो । चीनले शक्तिको अभिमानी गरेर कुनै देशमा हमला गरेको छैन, कुनै राष्ट्र प्रमुखको हत्या गर्ने र कुनै देशमा आर्थिक नाकाबन्दी गरेको छैन । बरु चीनले अरु देशको विकास गर्न र विकासमा सहयोग पु¥याउने काम ग¥यो । विकास गर्ने नीति ल्यायो । पुँजीवादी देश र समाजवादी देशको फरक नै यही हो ।
समाजवादी देशले संसारका स्वाधीन मुलुकलाई एकहट्टी बनाउने, हैकम चलाउने काम गर्दैन, गरिरहेको छैन । कुनै देशको निर्वाचित राष्ट्रपतिलाई छोडेर स्वघोषित राष्ट्रपतिलाई समर्थन गरेर आन्तरिक मामिलामा अमेरिकाले झैँ चीनले हस्तक्षेप गरेको छैन । चीनले शोषक, सामन्त वर्गको एकलौटी आधिपत्यको ठाउँमा व्यापक जनताको प्रतिनिधित्व गरिरहेको छ । चीन राजनीतिक स्वाधीनता र आर्थिक विकासको संवद्र्धन गर्न लागिरहेको छ । समाजवादी बाटोमा अघि बढिरहेको छ । शोषणमुक्त समाज बनाउन, गरिबी अन्त्य गर्न र देशमा सन्तुलित विकास गर्न चीनले जोड दिइरहेको छ । वर्गीय राजनीति भनेको यही हो ।
Leave a Reply