भर्खरै :

सरकार फेरि गल्ती नगर

 डीपी काफ्ले
सप्तकोसी नेपालको प्रमुख नदी हो । सप्तकोसी नदी भारतको कुर्सेला भन्ने स्थानमा गङ्गा नदीमा गई समाहित हुन्छ । सप्तकोसी नदीमा भारतले उच्च बाँध बनाउन सन् १९४६ मा आयोजनाका लागि स्थलगत सर्वेक्षण गरेको थियो । यसै सर्वेक्षणको आधारमा सन् १९८१ मा भारत सरकारद्वारा आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिएको थियो । उक्त प्रतिवेदनमा भारतले सप्तकोसी उच्च बाँधबाट नेपाल र भारत दुवै देशलाई सिंचाइ, विद्युत् र बाढी नियन्त्रणका फाइदाहरू प्राप्त हुनसक्ने कुरा उल्लेख गरेको थियो ।
भारतले नेपाललाई नेपालको पानीमा विभिन्न लोभमा फसाएर नदी आफ्नो नियन्त्रणमा लिन खोजेको यसबाट पुष्टि हुन्छ । भारतले कोसी बाँध बनाई पूर्व सुनसरी र पश्चिम सप्तरीबाट पानी लिई भारतको जमिन सिंचाइ गर्नुका साथै पूर्वी नहरबाट विद्युत्समेत उत्पादन गरेको छ । तर, भारतले नेपालीलाई पानी प्रयोग गर्न दिँदैन । उक्त बाँधबाट प्रभावित जग्गाको अहिलेसम्म भारतले क्षतिपूर्ति पनि दिएको छैन भने बाँध निर्माण गर्दा नेपालकै काठ, दाउरा र ढुङ्गा बालुवा प्रयोग गरेको थियो । अहिलेसम्म प्रभावित क्षेत्रका जनता कराउँदै छन् । नेपाल सरकारले कुनै पहल गर्न नसकेको पीडा नेपाली जनतासँग छ ।
सन् १९८५ मा जाइकाको सहयोगमा नेपाल सरकारले कोसी नदी वेसिनको जलस्रोत विकासम्बन्धी गुरू योजना तयार गर्दा यस योजनाको साथै सुनकोसीस्टोरेज कम डात्र्सन आयोजनालाई प्राथमिकता दिई विकास गर्न सिफारिस गरेको थियो । उक्त गुरू योजनाको प्रतिवेदनअनुसार डात्र्सन आयोजनाबाट विद्युत् उत्पादनको साथै कमला नदीको दुवै किनारमा रहेका भूभागमा समेत सिंचाइ सुविधा पुग्ने र कमला नदीको तल्लो तटमा बाढी नियन्त्रण हुने उल्लेख गरिएको थियो ।
जाइकाको सहयोगमा नेपालले कोसीनदी बेसिनको योजना अध्ययन गरेपश्चात् भारतले सन् १९९१ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणको अवसरमा यस आयोजनाको प्रतिवेदन तयार गर्न सहमति भयो । सहमतिअनुसार नेपाल–भारत संयुक्त विशेषज्ञ टोली गठन भएको थियो ।
सन् १९८१ मा सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार आयोजनाका प्राविधिक विवरणहरू निम्नानुसार रहेका थिए ।
बाँधको स्थान ः बराह क्षेत्रबाट १.६ किमि उत्तरतर्फ सप्तकोसी नदीमा पानीले भेट्ने भुइँमुनिको चट्टानबाट २६९ मिटर कङ्क्रिटको अग्लो बाँध,
पानी जम्ने सतह ः ३३५.२७ मिटर (समुद्री सतहबाट)
जलाशयमा पानीको अधिकतम तह ः ३३८.३० मिटर (समुद्री सतहबाट),
जलाशयको कुल सञ्चित क्षमता ः १३०४५ अर्ब घनमिटर
आयोजनाबाट प्रयोगमा ल्याइने पानीको परिणाम ः ९.३७ अर्ब घनमिटर
बाँध विद्युत्गृहको जडान क्षमता ः ३००० मे.वा.
सिंचाइ नहरका सञ्जाल ः नेपाल तथा भारतमा सिंचाइका लागि सप्तकोसीनदीबाट पूर्व तथा पश्चिमतर्फ मूल तथा शाखा नहरहरू
कुल सिञ्चित क्षेत्र ः नेपालतर्फ ५.४६ लाख हेक्टर र भारततर्फ ९.७६ लाख हेक्टर
नहर विद्युत्गृहको कुल जडान क्षमता ः ३०० मेगावाटलगायतको प्रतिवेदन भारतले पेश गरेको थियो ।
सन् १९८५ मा जाइकाले तयार गरेको बेसिनको जलस्रोत विकाससम्बन्धी गुरूयोजना प्रतिवेदनका प्राविधिक विवरण पनि यहाँ प्रस्तुत छन् ।
१. सुनकोसी डातर््सनका बाँध ः उदयपुर जिल्लाको साविक सोसङ्गा धाविसे गाविस र खोटाङ जिल्लाको हिकुवा गाविस
बाँधको उचाइ ः ४८.९ मिटर अग्लो (नदीको पीँधमुनिको चट्टानको सतहबाट)
सुनकोसी नदीको पानी कमला नदीमा खसाल्नको लागि डात्र्सन सुरूङको लम्बाइ ः १६.६४ कि.मि.
विद्युत्गृहको जडान क्षमता ः ६१.४ मेगावाट (उदयपुर जिल्लाको खाडिखोप गाउँ)
२. कमला बाँध ः
बाँध स्थल ः उदयपुर जिल्लाको त्रिवेणी र धनुषा जिल्लाको तल्लो गोदार
बाँधको उचाइ ः ५१ कि.मि. (नदीको पिँधमुनिको चट्टानको सतहबाट)
जलाशय पानीको अधिकतम सतह ः समुद्र सतहबाट १७८ मिटर
जलाशयको कुल सञ्चित क्षमता ः ७१.३ करोड घनमिटर
आयोजनाबाट प्रयोजनमा ल्याइने पानीको परिणाम ः ४९.३ करोड घनमिटर
जलाशय क्षेत्र ः ४४ वर्गकिलोमिटर
विद्युत्गृहको जडान क्षमता ः ३२ मेगावाट
उचाइ ः ३ मिटर
लम्बाइ ः ३०० मिटर
नहरको सञ्जाल नेपालको पूर्वी तराईमा सिंचाइका लागि कमला नदीको दुवै किनाराहरूबाट नहर
खुद सञ्चित क्षेत्रफल नेपालतर्फ १,७५,०० हेक्टर विवरण अध्ययनमा आधारित छ ।
भारतले नेपालसँग फेरि सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना बनाउने भनेर प्रस्ताव गरेको छ । त्यसले भारतीय भूभागमा सिंचाइसम्बन्धी सम्पूर्ण कार्य श्री बाप्कोस लिमिटेड भारतबाट सम्पन्न गरेको छ ।
भारतले सप्तकोसीमा बाँध बनाएमा नेपालको धेरै जमिन डुबानमा पर्ने, जमिनको ठूलो क्षति हुने हुँदा भारतलाई बनाउन दिनु राष्ट्रघात हुने भएकोले नेपालले सुनकोसी मरिन डात्र्सन बनाई मरिन खोलामा पानी फालेर बागमती नदीमा पानी मिसाई बारा, पर्सा, रौतहट र महोत्तरी जिल्लाको सिंचाइ र ३२ मेगावाट जलविद्युत् उत्पादन गरी प्रदेश नं. २ लाई उर्वर भूमि र उज्यालो बनाउनु आवश्यक छ ।
अर्कोतर्फ जाइकाले नेपालका लागि अध्ययन गरेको सुनकोसी डात्र्सन बाँध बनाई कमला नदीमा पानी खसालेर कमला नदीको पूर्व र पश्चिम तटमा पर्ने जमिनको सिंचाइ र ६१.४ मेगावाट जलविद्युत् उत्पादन गरी प्रदेश नं. २ को उत्पादन र हरियाली बढाउनुका साथै उज्यालो गर्न सबभन्दा राम्रो हुनेछ ।
कोसी बाँध निर्माणबाट नेपाली जनताले बर्सेनि क्षति व्यहोर्नुपरेको कुरा सरकारलाई थाहा हुँदाहुँदै फेरि भारतलाई कोसी उच्च बाँध बनाउन दिनु ऐतिहासिक धोका र क्षति हुने भएकोले सरकारलाई फेरि भारतको हातमा कोसी नदी प्रयोग गर्न दिएर तराई भूभाग नास नगर्न नै समयमा खबरदारी गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *