भर्खरै :

ईयूबाट बेलायतको बहिर्गमनपछि

शुक्रबार युरोपेली युनियन (ईयू) बाट बेलायत अलग भएको छ । लामो समयदेखि बेलायतलाई ईयूबाट निकाल्ने वा ननिकाल्ने भन्ने प्रश्नको बहसले अन्ततः बिट मारेको छ । युरोपेली सङ्घको सदस्य रहँदा पालना गर्नुपरेका विभिन्न सर्तले बेलायतको आर्थिक विकासमा बाधा भएको भन्दै त्यसबाट बाहिरिनुपर्ने तर्क गर्ने पक्षको जीत भएको देखिएको छ । बेलायतको बहिगर्मनसँगै युरोपेली सङ्घको भविष्य के हुने भन्ने विषयमा बहस हुनु स्वाभाविक हो ।
बेलायतको ईयू बहिर्गमनले पश्चिमा पुँजीवादी देशहरूबीच आपसमा गहिरो अन्तरविरोध भएको स्पष्ट सङ्केत गरेको छ । युरोप क्रमशः बुढो बन्दै गएको यो घटनाले पनि देखाएको छ । युरोपमा बढ्दो मजदुर आन्दोलन मत्थर पर्ने लक्ष्यका साथ युरोपेली सङ्घको स्थापना भएको थियो । युरोपका अलग–अलग देशहरूले त्यहाँ बढ्दो श्रमिक आन्दोलनको ताप झेल्न कठिन हुने भएकोले त्यसको स्थापनाको आधार तयार भएको थियो । अन्तर्राष्ट्रिय दबुमा युरोपको गुम्दो आभा जोगाउन पनि त्यसको जग बसालिएको थियो । तर, आज युरोपका शासक वर्गबीच आपसमै द्वन्द्व चर्किरहेको छ । पुँजीपति वर्ग नाफाको लागि घाँटी रेट्ने प्रतिस्पर्धा गर्ने गर्छन् । आज युरोपका पुँजीपति वर्गबीच चलिरहेको त्यही प्रतिस्पर्धा नै ईयूभित्रको अन्तरविरोधको जग हो ।

युरोपले आज सामना गरिरहेको पुँजीवादी आर्थिक सङ्कट बेलायत त्यसमा हुँदा वा अलगिँदा कुनै फरक पर्नेछैन । कुनै देश जोडिनु र नजोडिनुसँग यो सङ्कट जोडिएको छैन । बरू, पुँजीवादी व्यवस्थाको क्षणभङ्गुर प्रकृति यसबाट पुष्टि भएको छ । युरोपेली सङ्घ स्थापना हुनु जसरी पुँजीवादी सङ्कटको समाधान थिएन, त्यसरी नै बेलायत त्यसबाट अलग्ग हुनु पनि पुँजीवादी सङ्कटको समाधान हुनसक्दैन ।
युरोपेली सङ्घबाट अलग्ग भएर बेलायतले आप्रवासी समस्या, आतङ्कवादजस्ता आजको युरोपले भोगिरहेका समस्याबाट मुक्ति पाउने आशा गरेको छ ।

युरोप कमजोर बन्दा संरा अमेरिका भने खुसी हुने गर्छ । युरोप एकढिक्का हुँदा आफ्नो तखतमा राख्न नसकिने तर युरोपेलीहरूबीच आपसमा द्वन्द्व हुँदा आफ्नो तखतमा राख्न सकिने भएकोले युरोपको विभाजनलाई उसले आफ्नो हित ठान्ने गर्छ ।
युरोपले आज सामना गरिरहेको पुँजीवादी आर्थिक सङ्कट बेलायत त्यसमा हुँदा वा अलगिँदा कुनै फरक पर्नेछैन । कुनै देश जोडिनु र नजोडिनुसँग यो सङ्कट जोडिएको छैन । बरू, पुँजीवादी व्यवस्थाको क्षणभङ्गुर प्रकृति यसबाट पुष्टि भएको छ । युरोपेली सङ्घ स्थापना हुनु जसरी पुँजीवादी सङ्कटको समाधान थिएन, त्यसरी नै बेलायत त्यसबाट अलग्ग हुनु पनि पुँजीवादी सङ्कटको समाधान हुनसक्दैन ।
युरोपेली सङ्घबाट अलग्ग भएर बेलायतले आप्रवासी समस्या, आतङ्कवादजस्ता आजको युरोपले भोगिरहेका समस्याबाट मुक्ति पाउने आशा गरेको छ । तर, ती समस्या असमानता र शोषणमा आधारित आजको विश्व व्यवस्थामा आधारित छन् । तिनको समाधान भनेको विश्व व्यवस्थामा परिवर्तन हो । बेलायत ईयूबाट बाहिरिए तिनको समाधान खोज्नु पात झारेर रूख ढाल्न खोज्नु हो ।
बेलायतको बहिर्गमनले विश्वमा पुँजीवादी मोर्चा क्रमशः कमजोर बन्दै गएको पुष्टि गरेको छ । आज पुँजीवादी मोर्चाका नाइके संरा अमेरिकाको शक्ति पनि क्रमशः क्षीण बन्दै गएको छ । युद्ध र पुँजीवादी आर्थिक सङ्कटको कारणले संरा अमेरिकाले आफ्नो मांशपेसी गलेको आभास गरेको छ । युवावस्थाको शक्तिको स्मरणले उसलाई अझै पछ्याउन नछोडे पनि अब संसारलाई आफ्नो तखतमा राख्न नसकिने यथार्थबोध उसले गरिसकेको छ । हिजोको उपनिवेशवादी र आजको साम्राज्यवादी मोर्चा बुढो बन्दै गएको उदाहरण हो– बेलायतको ब्रेक्जिट ।
संसारमा आज राष्ट्रिय अहँकारको उभार उठिरहेको छ । बे्रक्जिट बेलायती राष्ट्रिय अहँकारको अभिव्यक्ति हो । राष्ट्रिय अहँकारले संसारलाई युद्ध र द्वन्द्वको विभीषिकामा धकेल्ने गर्छ । भारत, ब्राजिल हुँदै आज बेलायतमा झाङ्गिएको यो राष्ट्रिय अहँकारवादी भावनाले संसारलाई भने कमजोर बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *