भर्खरै :

राजश्री गुरुकुलमा विना रसिद रु. २ लाख २८ हजारसम्म भर्ना शुल्क

भक्तपुर, १४ बैशाख । शिक्षा विभाग, शैक्षिक गुणस्तर परीक्षण शाखाका देवीराम अर्यालको नेतृत्वमा जिल्ला शिक्षा अधिकारी अर्जुन बहादुर रायमाझी, अभिभावक संघ नेपालका रामकृष्ण प्रजापति, बि.नि. विमल निरौलाको टोलिले भक्तपुरको राजश्री गुरुकुल र मध्यपुरको मातृभूमि स्कुलमा अनुगमन गर्यो ।

राजश्री गुरुकुल विना रसिद कक्षा एकमा रु. ५० हजारदेखि २ लाख २८ हजारसम्म लिई भर्ना गरेको देखियो ।

अनुगमनको क्रममा राजश्री गुरुकुल विना रसिद कक्षा एकमा रु. ५० हजारदेखि २ लाख २८ हजारसम्म लिई भर्ना गरेको देखियो । गत बर्ष मासिक शुल्क कक्षा एकमा रु.२००० ।– लिने जिल्ला शिक्षा कार्यालयमा प्रस्ताव बुझाएपनि बिद्यालयको रसिदमा मासिक शुल्क रु.९९०१।– र अन्यमा खानामा रु.५५००।–, एक्स्ट्रा करिकुलममा रु.५५००।–, ल्याब चार्जमा रु.१०००।–, आई टि सपोर्टमा रु.१०००।–, यातायातमा रु.३५००।– र स्टेशनरीमा रु.१२० लिएको रसिद देखाएको थियो । गत बर्षको प्रस्तावित शुल्कमा खेलकुदको मासिक र बार्षिक दुबै पटक सोहि खेलमा प्रस्ताव पेश गरेर पैसा असुले पनि जिल्ला शिक्ष्ाँ कार्यालयले वेवास्ता गरेको नाम नबताउने सर्तमा एक अभिभावकले बताउनु भयो । यसपालिको जिल्ला शिक्षा कार्यालयमा पेश गरेको शुल्क प्रस्तावमा प्रावि र निमाबिमा मासिक शुल्क रु.२६००।– र मा.बि.मा रु.३५००।– पेश गरेकोमा भर्नामा बार्षिक शुल्क मासिक शुल्कको दोब्बरमात्र लिन पाउनेमा रु.२२८०००।–सम्म लिएको देखिएको थियो । यसपालिको प्रस्ताबित शुल्कमा १६ वटा शिर्षकमा मासिक पढाई शुल्क निमाबिसम्म रु.२६००।– र माबिमा रु.३५००।– विशेष प्रशिक्षण शुल्क रु.४०००।–, भोजन शुल्क रु.८५००।–, परिवहन शुल्क रु.४०००।–, शैक्षिक समाग्री शुल्क रु.१५००।–, कम्प्युटर शुल्क रु.२५००।–, गरी जम्मा मासिक रु.२३१००।– बार्षिकमा धरौटी रु.५२००।–, स्थानान्तर शुल्क रु.१२००।–, शैक्षिक भ्रमण रु.१८०००।–, अन्त विद्यालय प्रतियोगिता शुल्क रु.६०००।–, प्रथामिक उपचार रु.४०००।–, प्रयोगशाला रु.६०००।–, भवन मर्मत रु.६०००।–, पुस्तकालय रु.६०००।–, भर्ना रु.५२००।–, परीक्षा शुल्क रु.१२००।– जम्मा बार्षिक शुल्क रु. ६४८००।– रहेको र एक पटक निर्धारण गरेको शुल्क तीन बर्षसम्म बढाउन नपाउने सर्वोच्चको फैसलालाई वेवास्ता गरी गत बर्ष भन्दा शुल्क बढाएको अभिभावक संघ नेपालका रामकृष्ण प्रजापतिले बताउनु भयो ।

गत बर्ष मासिक शुल्क कक्षा एकमा रु.२००० ।– लिने जिल्ला शिक्षा कार्यालयमा प्रस्ताव बुझाएपनि बिद्यालयको रसिदमा मासिक शुल्क रु.९९०१।– र अन्यमा खानामा रु.५५००।–, एक्स्ट्रा करिकुलममा रु.५५००।–, ल्याब चार्जमा रु.१०००।–, आई टि सपोर्टमा रु.१०००।–, यातायातमा रु.३५००।– र स्टेशनरीमा रु.१२० लिएको रसिद देखाएको थियो ।

त्यस्तै मातृभूमि स्कुलमा अनुगमन गर्दा बार्षिक शुल्क रु.१००००।–, नयां भर्ना शुल्क रु.२००००।– र धरौटी रु.१००००।– र मासिक पढाई शुल्क प्रा.बि. १९०० र डे बोर्डिङ्ग ८१०० निमाबिमा रु.२१००।– र डे बोर्डिङ्ग ८९०० माबिमा २५०० र डे बोर्डिङ्गमा ९५०० रुपैंयाको प्रस्ताव पेश गरेको छ । बार्षिक शुल्क मासिक शुल्कको दोब्बर मात्र हुनुपर्नेमा रु.१००००। लिने गरेको नियमानुसार नमिलेको अभिभावक संघ नेपालका रामकृष्ण प्रजापतिले बताउनु भयो । सो विद्यालयले यातायातको मासिक रु.२०००। उठाएको छ । यसरी मनपरि शुल्क उठाएकोले विभिन्न विद्यार्थी संघहरु आन्दोलित भएकोले र कानुनमा मिलाएर बढी रकम असुली गर्नु पनि कानुनी डकैत हो भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *