सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सुरेन्द्रराज गोसाई
वि.सं. २०४६ को जनआन्दोलनको सफलताको बिहानी सँगसँगै स्थापित शारदा कलेज जनतालाई परिवर्तनको अनुभूति दिलाउने एउटा पाइला थियो भन्दा अतियुक्ति नहोला । राज्यले क्रमशः शिक्षा क्षेत्रबाट हात झिक्दै गर्दा र निजीकरणलाई प्रश्रय दिइरहँदा तल्लो वर्गका छोराछोरीहरूको शिक्षामा पर्नसक्ने सम्भावित असरलाई ध्यानमा राखी सुझबुझका साथ चालिएको दरिलो पाइला नै ख्वप हो । हजार माइलको यात्रा पहिलो पाइलाबाट सुरू हुन्छ । शिखर चुम्न चाहनेले फेदबाट सुरू गर्नुपर्ने हुन्छ । आज हाम्रा शैक्षिक संस्थाहरू शिखरतर्पm क्रमशः लम्किरहेका छन् ।
बहुदलको पुनः स्थापनाको मिर्मिरेमा नेमकिपाका अध्यक्ष श्रद्धेय नेता रोहितले भन्नुभएको थियो, “बहुदलको एक चम्चा पानीले जनताको प्यास मेटिइने छैन ।” उहाँले अर्को प्रसङ्गमा भन्नुुभएको थियो, “प्रजातन्त्र देखाउने दाँत होइन, बरु जीवनपद्धति हो ।” संवेदनशीलहरूको निम्ति इसारा काफी थियो । सङ्घर्ष जारी राख्न जनतालाई उहाँले आह्वान गर्नुभएको थियो । बहुदलीय व्यवस्था एउटा चौतारीमात्र भएको यथार्थबोध गराउँदै गन्तव्यमा पुग्नको निम्ति यात्रा जारी राख्न उहाँले उत्साहित गर्नुभयो । वास्तविक परिवर्तन अझै प्राप्त भइनसकेकोतर्फ उहाँले सङ्केत गर्नुभएको थियो । साथै सोच, व्यवहार, कार्यशैली तथा चिन्तनमा परिवर्तन देखिइनुपर्ने, नयाँ संस्कृतिको निर्माण हुनुपर्ने, सामाजिक तथा सांस्कृतिक परिवर्तनको निम्ति शिक्षाको व्यापक प्रचार प्रसारतर्फ ध्यान पु¥याइनुपर्ने अध्यक्षज्यूको विचार थियो । तर, शासकहरु त्यतातर्फ संवेदनशील भएनन् । त्यो फराकिलो दृष्टिकोण, दूरदर्शी सोच आत्मसात गर्न तिनले सकेनन् ।
आठ वर्ष लगाएर निर्माण गरिएको संविधानमा ‘समाजवादउन्मुख’ लेखिएको छ । बालुवाटार, सिंहदरबार र शीतलनिवासमात्र होइन सातमध्ये ६ वटा प्रदेश र सयौँ स्थानीय पालिकामा ‘कम्युनिस्ट’ नामधारी पार्टीको शासन छ । तर दुर्भाग्य देशको शिक्षा दयनीय अवस्थामा छोडिएको छ । सबैभन्दा महँगो शिक्षा र स्वास्थ्य बन्दै छ । यो जति ठूलो विरोधाभास, विडम्बना अरू के होला ? ती शासकहरूलाई ढोङ्गी नभनी कसलाई भन्ने ? प्रश्न उठ्नु स्वाभाविक छ ।
यही भावभूमिमा स्थापित ख्वप कलेज, ख्वप मावि र शारदा कलेजको वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण प्राध्यापक कर्मचारी तथा यी शैक्षिक संस्थासँग जोडिएका व्यक्तित्वहरूमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । हाम्रा शैक्षिक संस्थाहरू आज जसरी सबैको साथ र सहयोगबाट प्राज्ञिक उत्कृष्टतातर्फ उन्मुख छन् त्यसरी नै भोलिका दिनमा पनि शैक्षिक प्रकाशस्तम्भ बनिरहून् भन्ने कामना गर्दछु ।
देशमा बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै उदारीकरणको नीति अवलम्बन गरियो । फलस्वरूप शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरणलाई बढावा दिइयो । निजीकरणको नाउँमा शिक्षामा व्यापारीकरण गरियो । शिक्षा क्रय – विक्रयको वस्तु बनाइयो । शिक्षा दिन प्रतिदिन महँगो बन्दै गयो । शिक्षामा विभेदीकरण चुलियो । शिक्षामा वर्गभेद लादियो । धनीले पाउने शिक्षा र गरिबले पाउने शिक्षामा आकाश–जमिनको भिन्नता कायम गरियो । जनताको मतबाट विजयी बनेका सरकार जनताका छोराछोरीहरूको शिक्षाप्रति उदासीन बने । भागबन्डा, भ्रष्टाचार, पक्षपात आदिको कारण शिक्षा क्षेत्र तहसनहस बन्दै गयो । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा विदेशी दातृ निकायको एकछत्र शासन चल्न थाल्यो । विदेशी पुँजीको सेवा गर्नेहरूको बाहुल्यता र बोलवाला बढ्दै गयो । त्यसको दुष्परिणाम आज देश भोग्दै छ । विश्वविद्यालयहरू लथालिङ्ग अवस्थामा पुगे । प्राध्यापक, कर्मचारी, विद्यालय शिक्षकहरूमा विचलन देखाप¥यो । गुणस्तर एकादेशको कथा बन्दै छ । शिक्षामा आत्मनिर्भरता आकाशको फलझैँ भएको छ । शिक्षा आर्थिक अपराधी अर्थात् माफियाहरूको हातमा पुग्दै छ । यो स्थितिको निम्ति दोषी मूलतः अहिलेसम्मका सबै शासक दल, प्रधानमन्त्री र शिक्षामन्त्रीहरू नै हुन् । आज भुक्तभोगीहरू भन्दै छन्, यो देशका विद्यालय, कलेज तथा विश्वविद्यालय शासक दल तथा नेताहरूलाई हेर्ने ऐना हुन् । तिनको प्रतिविम्ब त्यहीं देखिन्छ ।
आठ वर्ष लगाएर निर्माण गरिएको संविधानमा ‘समाजवादउन्मुख’ लेखिएको छ । बालुवाटार, सिंहदरबार र शीतलनिवासमात्र होइन सातमध्ये ६ वटा प्रदेश र सयौँ स्थानीय पालिकामा ‘कम्युनिस्ट’ नामधारी पार्टीको शासन छ । तर दुर्भाग्य देशको शिक्षा दयनीय अवस्थामा छोडिएको छ । सबैभन्दा महँगो शिक्षा र स्वास्थ्य बन्दै छ । यो जति ठूलो विरोधाभास, विडम्बना अरू के होला ? ती शासकहरूलाई ढोङ्गी नभनी कसलाई भन्ने ? प्रश्न उठ्नु स्वाभाविक छ ।
युनिसेफको टिपोर्ट भन्छ, पाँचदेखि बा¥ह वर्ष उमेर समूहका करिव ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । त्यही रिपोर्ट भन्छ – नेपाली अल्याख बालबालिका पोषणयुक्त खानाबाट पनि वञ्चित छन् असुरक्षित छन् । विगत पचास वर्षदेखि पचासौँ देशसँग भीख माग्दै हिँडेरसमेत देशको शैक्षिक क्षेत्र यो दुर्दशामा पु¥याउने र बालबालिकाहरूलाई नारकीय अवस्थामा राख्नुलाई समेत अपराध नठान्ने शासकहरूको जति भत्र्सना गरे पनि कमै हुनेछ । यो सरकारको विरोध यस अर्थमा पनि आवश्यक छ कि उसले समाजवादी विचार अथवा कम्युनिस्टको धर्मबमोजिम एक पाइला सार्नसमेत हिम्मत गर्नसकेन । शिक्षा र स्वास्थ्य निःशुल्क बनाउनु त कता हो कता उल्टै माफियाकरणतर्फ हिँड्यो । त्यसैमा आपूmलाई सफल देख्यो । पूर्वी युरोपमा समाजवादको टोपीको आकार–प्रकार बिगारिएको इतिहास पढिएको थियो भने नेपालका शासक दलले त्यो टोपीलाई श्रीपेचमा परिणत गरे । ती आज नव–सम्भ्रान्त वर्गको रूपमा देखापर्दै छन् । नेपाली जनता र नेपाली जनतामाथिको यो धोका हो । यो राजनीतिक बेइमानी हो । यो आजको तीतो यथार्थ र अनुभवको यथोचित जवाफ या प्रतिक्रिया संवेदनशील समुदायबाट अपेक्षा गरिनु स्वाभाविक हो । शासक दल र तिनका नेताका देशविरोधी तथा जनघाती कदमलाई उदाङ्गो पार्नु हरेक सचेत नागरिक र जिम्मेवार राजनीतिक कार्यकर्ताको कर्तव्य एवम् जिम्मेवारी हो । अपराध डरलाग्दो हुन्छ तर संवेदनशीलहरूको मौनता झन भयङ्कर हुने गर्दछ ।
नवउदारवाद, शिक्षामा नवउदारवाद कति घातक हुन्छ भन्ने कुरा विश्वका जनताले झैँ नेपाली समाजले पनि अनुभव गर्दै छ । त्यही गलत नीतिका कारण अर्थतन्त्रझैँ देशको शिक्षा व्यवस्थाको लगाम विदेशीको हातमा पुग्दै छ । साम्राज्यवादीहरूकै विचार, संस्कार, संस्कृति थोपरिइँदै छ । बहुराष्ट्रिय कम्पनीहरूको निम्ति सस्तो ज्यामी तयार गरिइँदै छ ।
हामेलिनको बाँसुरी वादकले झैँ नवयुवा, लोभलाग्दा युवाहरूलाई लठ्ठ र मन्त्रमुग्ध बनाई बजारमा बेच्न लगिइँदै छ । हातहतियारको प्रयोगविना समाज ध्वस्त पारिइँदै छ । स्थानीय मौलिक ज्ञान, सीप, क्षमता तथा स्रोतसाधनमाथि चर्को हमला भइरहेको छ । तुलनात्मकरूपमा साना तथा कमजोर देशहरूलाई खोक्रो पारिइँदै छ । प्रजातन्त्रको नाउँमा आफ्ना कठपुतलीलाई शासक घोषणा गरिइँदै छ । देशभक्तहरूलाई दण्डित गरिइँदै छ । सम्प्रभुसम्पन्न देशको स्वतन्त्रता, स्वाधीनता खोसिइँदै छ । तसर्थ, नवउदारवादविरुद्ध विश्वका आमूल परिवर्तनका पक्षधरहरु, स्वतन्त्रताप्रेमीहरूबाट नवउदारवादले संसारभर हमला बेहोर्दै छ । सचेत जनता जाग्दै छन् । यो आक्रामक पुँजीवादप्रति नेपाली जनता पनि घृणा एवम् आक्रोश व्यक्त गर्दै छन् । जनता सोध्दै छन्, विश्वमा नवउदारवाद कहाँ सफल छ ? मृत्युशैय्यामा छट्पटाइरहेको नवउदारवादलाई मृत घोषणा कहिले गरिन्छ ? तीन दशकअगाडि हाँसी हाँसी समाजवादको अन्त्यको घोषणा गर्न तम्सेकाहरू नवउदारवादले चौतर्फी हमला बेहोरिरहँदा कुन कुनामा रोइबसेका छन् ?
हो, नवउदारवादको अन्त्यसँगै विश्वका जनताले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र तथा समग्र समाजमा मौलिक परिवर्तन अनुभव गर्ने छन् । नवउदारवादलाई निमिट्यान्न पार्ने एउटैमात्र हतियार समाजवाद हो । समाजवाद नै सर्वोत्तम विकल्प हो । समाजवादले नाफाको शासनको अन्त्य गर्ने छ । एउटा मानिसद्वारा अर्को मानिसमाथि हुने शोषणको अन्त्य समाजवादमा मात्र सम्भव हुने छ । त्यहाँ शिक्षा तथा स्वास्थ्य निःशुल्क हुने छ । योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोबस्त हुने छ । शोषणका सम्पूर्ण जालो च्यातिने छन् । त्यो अत्यन्त अगाडि बढेको न्यायमा आधारित आधुनिक समाज हुने छ । त्यो आदर्श समाज स्थापनाको निम्ति सङ्घर्षका विविध उपाय अपनाउनुपर्ने हुन्छ । शान्तिको समयमा रचनात्मक पाइला आवश्यक हुन्छ । यस अर्थमा नवउदारवादविरुद्ध व्यावहारिक पाइला आजको आवश्यकता हो । पहिलो पाइला नचाली गन्तव्यमा पुग्न सकिन्न । कामदार वर्गीय चिन्तनसहितका जनताका वाचनालय, पुस्तकालय, विद्यालय, कलेज आदि ती नै पाइलामध्येका हुन् ।
अत्याचारी शासकविरुद्ध प्रतिरोध गर्ने क्षमताको विकास गरी समाजलाई ध्वस्त हुनबाट जोगाउन आवश्यक अवयवहरूको निर्माण क्रमशः गर्दै जानुको कुनै विकल्प छैन । हाम्रा शिक्षालयहरुलाई नवउदारवादविरुद्ध लड्ने बारुदखानामा रुपान्तरण गर्दै अगाडि बढ्न सकेको दिन सबैको निम्ति सुखद् दिन हुने छ । त्यो नै उज्यालोको सङ्केत हुने छ । वैचारिक तथा व्यावहारिक सङ्घर्षमा हाम्रो स्पष्टता तथा प्रतिबद्धता आज समयले खोजिरहेको छ । विश्वलाई रसातलमा पु¥याउँदै गरेको नवउदारवादको अन्त्य गरी नयाँ समाजको स्थापना सम्भव छ ।
समाजका संवेदनशीलहरू, राजनीतिक कार्यकर्ताहरू, सचेत तथा जिम्मेवार नागरिकहरू सबै सबै एकजुट भएर समाजलाई ध्वंश, अन्तरध्वंश तथा थप विनाशको चक्रबाट जोगाऔँ । यसैमा हामी सबैको भविष्य अन्तरनिहीत हुने छ । ख्वपजस्ता जनतासँग जोडिएका संस्थाहरूको योगदान तथा भूमिका भने निरन्तर आवश्यक अनुभव भइरहने छ ।
(ख्वप माविको २० औँ, ख्व कलेजको १८ औँ र शारदा क्याम्पसको २९ औँ वार्षिकोत्सव कार्यक्रम एवम् शैक्षिक प्रदर्शनी–२०७६, उद्घाटन समारोहमा व्यक्त मन्तव्य)
Leave a Reply