भर्खरै :

अध्यक्ष दाहालको मन पोल्ला नि !

– गोपाल नगरकोटी
‘चराको धोती हुँदैन, नकच्चरोलाई लाज हुँदैन’ भन्ने नेपाली उखान त्यसै बनेको होइन । कसैले आफ्नो इज्जत, प्रतिष्ठा, आस्था छोडेर जे पनि गर्न थालेको आधारमा अज्ञात कुनै कवि या जानकार व्यक्तिले उक्त उखान तयार गरेको सहज अनुमान गर्न सकिन्छ । इज्जत, आस्था छोडेर कहिले ठूला शक्तिको अभिमानी त कहिले सरकार हाँकिरहेको बहानामा सत्तारुढ तथा ठूला दलका नेताहरू लाजशरम छोडेरै झूट फलाक्छन् । उनीहरू एउटै विषय या घटनालाई कहिले हो र कहिले होइन भन्न पछि पर्दैनन् । यसरी बोल्ने नेताहरूमा पहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल नामुद थिए भने अहिले उनलाई पछार्दै सोही पार्टीका अर्का अध्यक्ष केपी ओली क्रमभङ्ग गर्दै छन् ।

आफू पाँचै वर्ष प्रम हुने निर्णय भएपछि प्रम ओलीले विगतको समझदारी सम्झेर भने, “त्यो बेला प्रचण्डजीसँग आलोपालो गरौँला भनेको थिएँ ।” जबकि यसअघि यो कुरा कहिल्यै भनेको थिएन । नेकपा अध्यक्षलाई प्रम बनाउने बाटो बन्द गरेपछि अध्यक्ष ओलीले अहिले किन ‘आलोपालो’ प्रम हुने कुरो उठाएका हुन् ? के ओलीको यो टिप्पणीले अध्यक्ष दाहालको मन पोल्दैन ? मन पोल्ने टिप्पणी प्रम ओलीले यतिबेला किन गर्नुप¥यो ? पहिले आलोपालोको कुरा उठाउँदा बेवास्ता गर्ने, नसुनेझैँ गरी बस्ने, जब आलोपालो गर्ने समझदारी नै तोडेपछि फेरि त्यो कुरा उठाएर अध्यक्ष दाहालको मन छियाछिया पार्ने किन ?

सन्दर्भ आलोपालो सरकारको नेतृत्व गर्नेसम्बन्धी हो । नेकपाका अध्यक्ष दाहालले प्रधानमन्त्री पालो पालो हुने समझदारी भएको कुरा पटक–पटक भनेकै हुन् । यो कुरा पहिलो पल्ट उनले नेपाली भूमिमा होइन भारतीय भूमिमा भारतका नेताहरूसमेत पोखे । भारतीय शासकले दबाब देला र आफू प्रम बन्ने अवसर मिल्ला भन्ने विश्वासले भारतीय शासकसामु सो कुरा पोखे । तर, आफ्नो त्यो विश्वास पूरा भएन । प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रम बनाउने आशा नदेखेपछि पछिल्ला दिनमा अध्यक्ष दाहालले सो कुरा बारम्बार दोहोर्याइरहे । यसको जवाफमा प्रम केपी ओलीले आलोपालो प्रम हुने कुनै समझदारी नभएको भनी स्पष्टीकरण दिए । नेकपाकै अन्य केही नेताहरूले पनि असहमति जनाए । तर, केही नेताहरूले समझदारी भएकै हो, आलोपालो प्रम बन्नैपर्छ भन्ने दाबी पनि गरे । यही कुरा साम्य पार्न ओली आफू नै ५ वर्ष प्रम हुने निर्णय गराउन सफल भए ।
आफू पाँचै वर्ष प्रम हुने निर्णय भएपछि प्रम ओलीले विगतको समझदारी सम्झेर भने, “त्यो बेला प्रचण्डजीसँग आलोपालो गरौँला भनेको थिएँ ।” जबकि यसअघि यो कुरा कहिल्यै भनेको थिएन । नेकपा अध्यक्षलाई प्रम बनाउने बाटो बन्द गरेपछि अध्यक्ष ओलीले अहिले किन ‘आलोपालो’ प्रम हुने कुरो उठाएका हुन् ? के ओलीको यो टिप्पणीले अध्यक्ष दाहालको मन पोल्दैन ? मन पोल्ने टिप्पणी प्रम ओलीले यतिबेला किन गर्नुप¥यो ? पहिले आलोपालोको कुरा उठाउँदा बेवास्ता गर्ने, नसुनेझैँ गरी बस्ने, जब आलोपालो गर्ने समझदारी नै तोडेपछि फेरि त्यो कुरा उठाएर अध्यक्ष दाहालको मन छियाछिया पार्ने किन ? अब प्रम ओलीले ‘बाँकी तीन वर्ष मेरै सरकार’ भनी किन हल्ला’ पिटाइरहनुप¥र्यो ? के ओलीले ५० औँ वर्ष राजनीति गरेको दाहाललाई थाहा थिएन ? आफूले ५० औँ वर्ष राजनीति गरेको र पहिलो अध्यक्ष बनेको स्मरण अहिले किन ? कतै यो केपी ओलीको हुँकार होइन ? के यो अरुलाई पछारेर आफू माथिल्लो पदमा उक्लिने छलकपट होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *