इरानी विश्वकप टोलीमाथिको व्यवहारले पश्चिमा र फिफाको दोहोरो चरित्र पर्दाफास भएको छ !
- असार १९, २०८३
ख्वप विश्वविद्यालयको सञ्चालन अनुमतिको लागि भक्तपुर नगरपालिकाले २०६४ सालमा निवेदन दिएको हो तर, १२ वर्ष भयो, स्वीकृति प्राप्त भएको छैन ।
गएको सोमबार ङातापोल (पाँचतले मन्दिर) जीर्णोद्धारबारे छलफल भयो । उक्त मन्दिरको पाँच तलाको पेटी ५४ दिनमा निर्माण गरिएको र पूरै मन्दिर निर्माणको काम ६ महिनामा सम्पन्न भएको बताइयो । यो ३१७ वर्ष अघिको निर्माण हो ।
एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिको यो युगमा विश्वविद्यालय सञ्चालनको अनुमति १२ वर्षसम्म पनि दिइएन । यसले लोकतन्त्र र गणतन्त्र भनिने सरकारहरूसमेत जनतााप्रति जवाफदेही नभएको देखाउँछ ।
हिजो बेलुका विराटनगरबाट भक्तपुरकै एक जनाको फोन आयो । नोवल कलेजले डाक्टर पढ्न नाम निस्केका ५६ जना विद्यार्थी प्रत्येकसँग १३ लाख थप शुल्क माग्यो रे ¤ सरकारले एमबीबीएस भर्ना हुने विद्यार्थीको लागि रू. ४४ लाख ३६ हजार तोकेको थियो । खान बस्न, पुस्तक खरिद र अन्य खर्चसमेत करोडौँ पुग्ने छ । यसबारेको समाचार माघ २० गतेको कान्तिपुरमा पनि प्रकाशित भयो । तर सरकारले दोषीमाथि कारबाही गरेको छैन । अहिले विद्यार्थी र अभिभावक विराटनगर होटलमा अलपत्र अवस्थामा छन् ।
प्रधानमन्त्री केपी ओलीले नेपालीको खुसी ३ गुणा बढेको बताउनुभयो । तर एक कक्षामा भर्ना भएका १०० जना विद्यार्थीमध्ये ४० जनामात्र दश कक्षा पुग्ने सरकारी तथ्याङ्क छ ।
नेपालीले स्वदेशमा रोजगारी पाएका छैनन् । ७० लाख युवाहरू १११ देशमा रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीहरूको काम गर्न बाध्य छन् । सरकारको बजेट १५ खर्ब छ तर व्यापार घाटा १३ खर्ब छ । प्रत्येक नेपालीको टाउकोमा ३० हजारभन्दा बढी ऋण छ । नाम निःशुल्क शिक्षा ऐन राखेर पारित गरियो तर ऐनभित्र निजी विद्यालय यथावत सञ्चालन हुने दफाहरू छन् । सरकारी अस्पताल मसानघाटजस्तो छ । दिनको लाख लाख असुल्ने निजी अस्पतालको अराजकता व्याप्त छ । अख्तियार स्रोतअनुसार ११८ अर्ब रूपैयाँको १८४८ ठेक्का अधुरै छ भने २४ अर्ब परिचालन पेश्कीको ठेक्काको काम सुरु नै भएको छैन । देशभरि पुल निर्माणमात्र सयौँ वटा अधुरा छन् । देशको सन्तुलित विकास गरिएको छैन । अध्ययन, अवसर र रोजगारीको लागि जिल्ला जिल्लाबाट काठमाडौँ वा अन्य जिल्ला सदरमुकाममा जनता धाउन बाध्य छन् । एनसेल, फोरजी सेवा, वाइडबडीमा भएको अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको अझै पत्ता लागेन । गोकर्ण, बालुवाटारको सरकारी जग्गा बहालमा भ्रष्टाचार भएको पत्ता लागेन । सरकार आफँै ढाकछोपमा राख्दै छ ।
यहाँ रातो चन्द्र–सूर्य नभएको नेपालको झन्डाबारे गीत बज्यो । तर नेपालको सीमा ७०–७१ ठाउँमा भारतले ६० हजार हेक्टरभन्दा बढी अतिक्रमण गरेको छ । गएको कार्तिक १५ गते भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक आफ्नोमा गाभेर नयाँ नक्सा जारी ग¥यो । नेपाल सरकारले लिम्पियाधुरा दाबी गर्न सकेन, कालापानीमात्र दाबी ग¥यो । भारतले नेपालको भूमि नमिचेको स्पष्टीकरण दियो । नेपालले वार्ताको लागि दुईपटक भारतलाई पत्र पठायो तर भारत वार्ता गर्न तयार भएन । यसकारण नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिनु आवश्यक छ । कूटनीतिक पहलबाट नेपाली भूमि फिर्ता हुने स्थिति छैन ।
एमसीसी सम्झौताको बहानामा अमेरिकाले आफ्नो नेतृत्वको हिन्द–प्रशान्त सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउँदै छ । यसमा नेपाल सरकार संलग्न हुनु असंलग्नताविपरीत हो ।
अमेरिकाले इरानका सेना कमान्डर सुलेमानीलाई इराकमा ड्रोन आक्रमण गरी हत्या गरेको प्रसङ्ग जोडेर नेपाल सरकारका प्रवक्ता एवम् मन्त्री गोकुल बास्कोटाले एमसीसी सम्झौता पास नभए सुलेमानीको नियति हुने कायर कुरा गर्नुभयो । सरकारी प्रवक्ताले एमसीसी सम्झौतामा अमेरिकी सेना आउने कतै उल्लेख नभएको जिकिर गर्नुभयो । तर, एमसीसी सम्झौतामा नेपाललाई दिइने बजेट अमेरिकी रक्षा मन्त्रालयको अमेरिकी सेनामार्फत आउने हो । एमसीसीको चर्चासँगै हिन्द–प्रशान्त क्षेत्रका लागि अमेरिकी सैन्य कमान्डरले नेपालको पाँचखालको नेपाली सेनाको तालिम केन्द्रमा अवलोकन गरेका थिए ।
अमेरिकाले माया गरी सहयोग गरेका देशहरू दक्षिण कोरिया, जापान, फिलिपिन्स, कतार, साउदी अरबलगायत देश अमेरिकी कब्जामा छ । इराकले अमेरिकी सेनालाई फर्काउन खोज्दा पनि गएको छैन ।
श्रीलङ्काको सरकारले एमसीसी सम्झौता स्थगित गरी चार सदस्यीय अध्ययन कार्यदल बनायो । हामीले संसदमा एमसीसी सम्झौता पारित गर्न नहुने विषय जोडका साथ उठायौँ । सत्तापक्षको पार्टी बैठकले तीन सदस्यीय एमसीसी अध्ययन कार्यदल गठन ग¥यो । नेपाल सरकारले नै एमसीसी सम्झौता स्थगित गर्नुपर्दछ । २०७४ सालमा एमसीसीको सुरू नेकाको देउवा सरकारले गरेको थियो । यसरी नेपालीको खुसी तीन गुणा बढेको प्रमको भनाइ झूटा सावित हुन्छ ।
मित्र देश चीनमा देखिएको कोरोना भाइरसबारे हिजो संसदमा छलफल भयो । यो भाइरस पन्छीबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने बताइयो । चीनले यो भाइरसको नियन्त्रणको लागि गरिरहेको प्रयास प्रशंसनीय छ । सङ्कटको साथी नै सच्चा साथी हुन्छ । कम्बोडियाले चीनसँगको हवाई उडान स्थगित नगर्ने बतायो । नेमकिपाका अध्यक्षज्यूले पनि कोरोना भाइरसविरुद्ध चिनियाँ जनताको लडाइँमा ऐक्यबद्धता जनाउनुभएको छ ।
(माघ २२ गते ख्वप कलेज, ख्वप उच्च मावि र शारदा क्याम्पसको स्थापना दिवसमा दिनुभएको मन्तव्यको सार–सं)
Leave a Reply