भेटिकन सिटिजस्तै भक्तपुर नगर
- असार १९, २०८३
लक्ष्मण जोशी
चित्र २४ – पोर्ट आर्थर जेलका भित्ता फलामे सत्तरीबाट टेको (माथि) र चित्र २५ – क्यास्केड जेलका बाँकी पर्खाल फलामे तार जालीले मोडिएको (तल)
तर, पोर्ट आर्थरमा भग्नावशेषका काठ, इँटा र ढुङ्गाका बाटो माथिबाट केही ठाउँमा कृत्रिम बाटो बनाएर सीसा र प्लाष्टिकले छोपेर संरक्षण गरेको देख्दा भने लुम्बिनीको झल्झली सम्झना भयो । लुम्बिनीमा तत्कालीन दरबारका भग्नावशेषहरू छन् तर पटक्कै सुरक्षित गरिएको छैन । दरबारका भग्नावशेष भित्ताहरू कसैका आसन बनेका छन्, कसैका बाटो । त्यसलाई रोक्नेतर्फ कसैको ध्यान नजानु घोर विडम्बना हो ।

चित्र २४

चित्र २५
भक्तपुरमा पर्यटकीय शौचालयको समस्या पुरानो हो, अहिले धेरै नै समाधान भएको छ तर सन्तोष लिने ठाउँ छैन । अचेल कसैका घरमा भ¥याङमुनि सागल छैनन्, सबैको घरमा शौचालय बनेका छन् । तीमध्ये उपयुक्त घरका घरधनीसँग छलफल र सम्झौता गरेर पर्यटकलाई शौचालय प्रयोग गर्न दिने, आवश्यक ठाउँमा सामान्य शौचालयलाई पर्यटकीय स्तरमा स्तरोन्नति गर्न लगाई वा नपाले गरिदिएर शौचालयको समस्या समाधान गर्नेतर्फ ध्यान जानुपर्ने देखिन्छ । त्यस्तै ठाउँँ–ठाउँमा रेष्टुराँ, गेष्टहाउस, होटल बनेका छन् । रेष्टुराँ, होटल र गेष्टहाउसका मालिकसँग छलफल गरी पर्यटकहरूलाई मात्र शौचालय प्रयोग गर्न दिने बन्दोबस्त गर्न सकिन्छ ।
“लिन्छन्, तर भक्तपुरले नगर प्रवेशमै लियो सुविधा केही छैन ।” उनको भनाइ सुनेपछि भनेँ, “भक्तपुर एउटा मन्दिर वा दरबार होइन, समग्रमा जीवित सङ्ग्रहालय हो । तब टोलैपिच्छेका मन्दिर, ठाउँ ठाउँका दरबार, मठ–विहारमा पटक–पटक शुल्क लिने अव्यवहारिक र झन्झटिलो प्रक्रियाभन्दा नगर प्रवेशमै लिँदा पर्यटकहरूले निकै सस्तोमा थुप्रै सम्पदाको अवलोकन गर्न पाइयो होइन र ?”
शौचालयको अभावलाई कोट्याउँदै भने, “काठमाडौँ र ललितपुरमा भन्दा भक्तपुरमा पर्यटकको सेवा र सम्पदा संरक्षणमा केही भएका छन् ।”
पोर्ट आर्थरमा हामी जाडोयाम (अगस्त महिना) मा घुम्न गएका थियौँ । उत्तरी गोलाद्र्धमा गर्मीयाम हँुदा दक्षिणी गोलाद्र्धमा जाडोयाम हुन्छ । हामी त्यहाँ झन्डै ४ घण्टा घुम्यौँ तर शौचालय एउटा टिकट लिने ठाउँमा र अर्काे गोलघर निर देख्यौँ । अन्यत्र खोजेको हो तर भेटिएन ।
भक्तपुरमा पर्यटकीय शौचालयको समस्या पुरानो हो, अहिले धेरै नै समाधान भएको छ तर सन्तोष लिने ठाउँ छैन । अचेल कसैका घरमा भ¥याङमुनि सागल छैनन्, सबैको घरमा शौचालय बनेका छन् । तीमध्ये उपयुक्त घरका घरधनीसँग छलफल र सम्झौता गरेर पर्यटकलाई शौचालय प्रयोग गर्न दिने, आवश्यक ठाउँमा सामान्य शौचालयलाई पर्यटकीय स्तरमा स्तरोन्नति गर्न लगाई वा नपाले गरिदिएर शौचालयको समस्या समाधान गर्नेतर्फ ध्यान जानुपर्ने देखिन्छ । त्यस्तै ठाउँँ–ठाउँमा रेष्टुराँ, गेष्टहाउस, होटल बनेका छन् । रेष्टुराँ, होटल र गेष्टहाउसका मालिकसँग छलफल गरी पर्यटकहरूलाई मात्र शौचालय प्रयोग गर्न दिने बन्दोबस्त गर्न सकिन्छ ।
यस्तो सानातिना काम त पर्यटन व्यवसायीहरूको तर्फबाट पनि पहल हुनुपर्ने हो । अर्काले रोपेको बोटबाट फलमात्र टिप्ने, अर्काले दाना खुवाएर पालेको कुखुराको फुलमात्र खाने कामलाई कसरी उचित मान्ने ? सरकारले गरेन, पुरातत्वले ध्यान दिएन, नपाहरूले हेरेनमात्र भन्ने होइन आप्mनो व्यवसायलाई दिगो बनाउन पर्यटन व्यवसायीहरूले पनि योगदान दिनु देशकै पर्यटन उद्योगको लागि गहकिलो टेवा पुग्नेछ ।
विश्व सम्पदाको संरक्षणको लागि दाताहरूबाट सहयोग प्राप्त हुने फाइदा पनि औँल्याउने गरिन्छ । तर कतिपय अवस्थामा त्यस्तो सहयोगको ठूलो अंश दाता देशमै विभिन्न तरिकाबाट फर्कने, अप्ठ्यारा सर्तहरू राखिने कारणले स्वीकार्न समस्या देखिएको छ । हालै जर्मनी विकास बैङ्कको सहयोग त्यस्तै कारणले भक्तपुर नपाले ग्रहण गर्न नसकेको देखिन्छ ।
(यस लेखको लागि लेखकको प्रत्यक्ष जानकारीबाहेक सहयोग सामग्री इन्टरनेटबाट लिइएको छ र तस्बिरहरू लेखक र इन्टरनेट ।)
–समाप्त
Leave a Reply