भर्खरै :

विश्व सम्पदा सूचीमा सूचिकृत अष्ट्रलियाका जेल – ६

लक्ष्मण जोशी
चित्र २४ – पोर्ट आर्थर जेलका भित्ता फलामे सत्तरीबाट टेको (माथि) र चित्र २५ – क्यास्केड जेलका बाँकी पर्खाल फलामे तार जालीले मोडिएको (तल)
तर, पोर्ट आर्थरमा भग्नावशेषका काठ, इँटा र ढुङ्गाका बाटो माथिबाट केही ठाउँमा कृत्रिम बाटो बनाएर सीसा र प्लाष्टिकले छोपेर संरक्षण गरेको देख्दा भने लुम्बिनीको झल्झली सम्झना भयो । लुम्बिनीमा तत्कालीन दरबारका भग्नावशेषहरू छन् तर पटक्कै सुरक्षित गरिएको छैन । दरबारका भग्नावशेष भित्ताहरू कसैका आसन बनेका छन्, कसैका बाटो । त्यसलाई रोक्नेतर्फ कसैको ध्यान नजानु घोर विडम्बना हो ।

चित्र २४


त्यस्तै भक्तपुरको विश्व प्रसिद्ध सुनको ढोकाका मुर्ति खिइएर प्वाल परिसकेका छन् । अस्ट्रेलियामा काठ, इँटालाई सीसाले छोपेर जोगाइएको छ के हामी सुनको ढोका बचाउन सक्दैनौँ ? सुनको ढोकाको दुईतिर बलियो खालको सीसाले ढाकीदिए हेर्न बाधा नपर्ने र पूजा गर्नेलाई पनि फरक नपर्ने देखिन्छ । मूर्ति नै छुनुपर्ने हो भने दक्षिणकालीको मूर्ति अगाडिको पर्दा राखेको पनि हटाउनुपर्ने हुन्छ । मूर्ति नछोई पूजा गरिने मन्दिरहरू नेपालमा अन्यत्र पनि छन् । त्यसैले उत्कृष्ट र अद्वितीय कलात्मक सम्पदाहरूलाई उपयुक्त उपाय गरेर संरक्षण नगर्दा पुरातात्विक, ऐतिहासिक सम्पदाको दृष्टिले अपराध भइरहेको छ ।
अस्ट्रेलियामा ऐतिहासिक स्थलको बेचिसकेका जमिन निखनेर सम्पदा बनाएको हेरेर आएको थिएँ । तर, नेपालमा ऐतिहासिक–पुरातात्विक पोखरी मासेर छायादेवी कम्प्लेक्स बनाइन्छ । विश्व सम्पदाको सगरमाथा क्षेत्रमा निजी होटल बन्छ, अनि हाम्रो सम्पदा भाविपुस्तालाई कसरी सुरक्षित हस्तान्तरण हुन्छ ? यो सम्पदाको महत्वको छ्यान नभएकाहरू सत्ता र उच्च पदमा पुगेको प्रमाण र परिणाम हो । बालुवाटारकै जग्गा बेचिने, फेवातालको पानीमुनिको जमिनको लालपुर्जा दिने द्रव्यपिशाचहरूले ‘पुर्खाले सिर्जेको सम्पत्ति–हाम्रो कला र संस्कृति’ को अर्थ कहिले बुझ्ने होला ?
विश्व सम्पदा सूचिकृत भएमा विदेशमा प्रचार–हुने र पर्यटक भित्रिने, विदेशबाट सहयोग पनि प्राप्त हुने बताइन्छ । तर, त्यो प्रचार कार्यमा युनेस्कोले कसरी सहयोग गर्छ ज्ञात छैन । आफूले विश्व सम्पदामा सूचिकृत गरिएका सम्पदाको प्रचार गरिदिनु उसको दायित्व हो वा होइन त्यो पनि अज्ञात छ तर सामान्य हिसाबले दायित्वमा पर्नुपर्ने देखिन्छ । विश्व सम्पदा सूचीमा सूचिकृत गर्नु र खतराको सूचीमा राख्नुमात्र उसको कार्य पक्कै होइन होला ।
युनेस्कोले विगतमा भक्तपुरको जगन्नाथ मन्दिर पुनःस्थापना गर्न सहयोग गर्ने वचन दिएको थियो । तर, आजसम्म कार्यान्वयनमा आएको छैन ।

चित्र २५


पर्यटक आगमन १९७९ अघि र पछि
काठमाडौँ उपत्यकाका सम्पदाहरूलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचिकृत गरेको हो । तर, यहाँका सम्पदा र सभ्यता, सीप र कलाको बयान शताब्दीयौँ पहिलेदेखि भएको थियो । आजभन्दा १३ सय वर्षपहिले नेपालको भ्रमण गर्ने चिनियाँ भिक्षु हुयेन शाङले कैलाशकुट दरबारको वर्णन गरेका थिए । सम्पदा, कला, संस्कृति … बुझ्ने अन्य थुप्रै पर्यटकले पनि यसको महत्वको वर्णन गरेका छन् र प्रशंसा गरेका छन् ।
नेपालका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाको अवलोकन गर्न पर्यटकहरू आउन थालेको सहस्राब्दी नाघिसकेको तथ्यमा कुनै शङ्का छैन । वर्तमानको कुरा गर्ने हो भने नेपालका सम्पदालाई विश्व सम्पदामा सूचिकृत गर्नुअघि र पछिको पर्यटक तथ्याङ्कले पनि जानकारी दिनेछ –
सन्दर्भमा अस्ट्रेलियामा छँदा एक नेपाली पथप्रदर्शक (गाइड) सँग भेट भएको थियो । अहिले स्वतन्त्ररूपमा पथप्रदर्शन गर्ने उनीसँग कुरै कुरामा भक्तपुर नपाले २०५० सालमा पर्यटक सेवा शुल्क उठाएको सन्दर्भ उठ्यो । त्यसबेला भक्तपुरमा कुनै पर्यटक नलैजाने र नपठाउने कोसिस गरेको उनले स्पष्ट बोले । सँगै बसेका छोराले ठाडै जवाफ दिए ‘नलगे पनि हुन्थ्यो नि अङ्कल ¤’ ‘तर सकिएन नि, पर्यटकहरू भक्तपुर नै जाने भनेर आएपछि हाम्रो केही लागेन’ उनको जवाफ थियो ।
त्यसबेला ‘भक्तपुर लाई कीर्तिपुर बनाइदिने’, एक काङ्ग्रेसी मन्त्रीले भक्तपुर नपालाई पर्यटक सेवा शुल्क उठाए नपा नै भङ्ग हुनसक्नेसम्मको चेतावनी दिएका थिए । तर, भक्तपुर नपाले आप्mनो कार्यक्रम लागू ग¥यो, आज त्यसको नक्कल अन्यत्र पनि धेरैले गरेका छन् ।
उक्त गाइडलाई सोधेँ एक पथप्रदर्शकका नाताले विदेश जानुभएको होला, के अन्यत्र त्यस्तो शुल्क लिंदैनन् ?

भक्तपुरमा पर्यटकीय शौचालयको समस्या पुरानो हो, अहिले धेरै नै समाधान भएको छ तर सन्तोष लिने ठाउँ छैन । अचेल कसैका घरमा भ¥याङमुनि सागल छैनन्, सबैको घरमा शौचालय बनेका छन् । तीमध्ये उपयुक्त घरका घरधनीसँग छलफल र सम्झौता गरेर पर्यटकलाई शौचालय प्रयोग गर्न दिने, आवश्यक ठाउँमा सामान्य शौचालयलाई पर्यटकीय स्तरमा स्तरोन्नति गर्न लगाई वा नपाले गरिदिएर शौचालयको समस्या समाधान गर्नेतर्फ ध्यान जानुपर्ने देखिन्छ । त्यस्तै ठाउँँ–ठाउँमा रेष्टुराँ, गेष्टहाउस, होटल बनेका छन् । रेष्टुराँ, होटल र गेष्टहाउसका मालिकसँग छलफल गरी पर्यटकहरूलाई मात्र शौचालय प्रयोग गर्न दिने बन्दोबस्त गर्न सकिन्छ ।

“लिन्छन्, तर भक्तपुरले नगर प्रवेशमै लियो सुविधा केही छैन ।” उनको भनाइ सुनेपछि भनेँ, “भक्तपुर एउटा मन्दिर वा दरबार होइन, समग्रमा जीवित सङ्ग्रहालय हो । तब टोलैपिच्छेका मन्दिर, ठाउँ ठाउँका दरबार, मठ–विहारमा पटक–पटक शुल्क लिने अव्यवहारिक र झन्झटिलो प्रक्रियाभन्दा नगर प्रवेशमै लिँदा पर्यटकहरूले निकै सस्तोमा थुप्रै सम्पदाको अवलोकन गर्न पाइयो होइन र ?”
शौचालयको अभावलाई कोट्याउँदै भने, “काठमाडौँ र ललितपुरमा भन्दा भक्तपुरमा पर्यटकको सेवा र सम्पदा संरक्षणमा केही भएका छन् ।”
पोर्ट आर्थरमा हामी जाडोयाम (अगस्त महिना) मा घुम्न गएका थियौँ । उत्तरी गोलाद्र्धमा गर्मीयाम हँुदा दक्षिणी गोलाद्र्धमा जाडोयाम हुन्छ । हामी त्यहाँ झन्डै ४ घण्टा घुम्यौँ तर शौचालय एउटा टिकट लिने ठाउँमा र अर्काे गोलघर निर देख्यौँ । अन्यत्र खोजेको हो तर भेटिएन ।
भक्तपुरमा पर्यटकीय शौचालयको समस्या पुरानो हो, अहिले धेरै नै समाधान भएको छ तर सन्तोष लिने ठाउँ छैन । अचेल कसैका घरमा भ¥याङमुनि सागल छैनन्, सबैको घरमा शौचालय बनेका छन् । तीमध्ये उपयुक्त घरका घरधनीसँग छलफल र सम्झौता गरेर पर्यटकलाई शौचालय प्रयोग गर्न दिने, आवश्यक ठाउँमा सामान्य शौचालयलाई पर्यटकीय स्तरमा स्तरोन्नति गर्न लगाई वा नपाले गरिदिएर शौचालयको समस्या समाधान गर्नेतर्फ ध्यान जानुपर्ने देखिन्छ । त्यस्तै ठाउँँ–ठाउँमा रेष्टुराँ, गेष्टहाउस, होटल बनेका छन् । रेष्टुराँ, होटल र गेष्टहाउसका मालिकसँग छलफल गरी पर्यटकहरूलाई मात्र शौचालय प्रयोग गर्न दिने बन्दोबस्त गर्न सकिन्छ ।
यस्तो सानातिना काम त पर्यटन व्यवसायीहरूको तर्फबाट पनि पहल हुनुपर्ने हो । अर्काले रोपेको बोटबाट फलमात्र टिप्ने, अर्काले दाना खुवाएर पालेको कुखुराको फुलमात्र खाने कामलाई कसरी उचित मान्ने ? सरकारले गरेन, पुरातत्वले ध्यान दिएन, नपाहरूले हेरेनमात्र भन्ने होइन आप्mनो व्यवसायलाई दिगो बनाउन पर्यटन व्यवसायीहरूले पनि योगदान दिनु देशकै पर्यटन उद्योगको लागि गहकिलो टेवा पुग्नेछ ।
विश्व सम्पदाको संरक्षणको लागि दाताहरूबाट सहयोग प्राप्त हुने फाइदा पनि औँल्याउने गरिन्छ । तर कतिपय अवस्थामा त्यस्तो सहयोगको ठूलो अंश दाता देशमै विभिन्न तरिकाबाट फर्कने, अप्ठ्यारा सर्तहरू राखिने कारणले स्वीकार्न समस्या देखिएको छ । हालै जर्मनी विकास बैङ्कको सहयोग त्यस्तै कारणले भक्तपुर नपाले ग्रहण गर्न नसकेको देखिन्छ ।
(यस लेखको लागि लेखकको प्रत्यक्ष जानकारीबाहेक सहयोग सामग्री इन्टरनेटबाट लिइएको छ र तस्बिरहरू लेखक र इन्टरनेट ।)
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *