भर्खरै :

ख्वप कलेज/माविको प्रदर्शनीको अर्थ

“म सुन्छु र म बिर्सन्छु, म देख्छु र म सम्झन्छु, म गर्छु र म बुझ्छु ।” कन्फ्युसियसको भनाइ विद्यालय तथा कलेजहरूका भित्तामा लेख्नुभन्दा व्यवहारमै उतार्दा कसो होला ? यो प्रश्न यदि ख्वप कलेज, शारदा क्याम्पस र ख्वप माविका विद्यार्थीसँग सोधिएको भए ठ्याक्कै जवाफ आउला । भक्तपुर नगरपालिकाले सञ्चालन गरेका तीनवटा शैक्षिक संस्थाको संयुक्त वार्षिकोत्सवमा आयोजित तीनदिने शैक्षिक प्रदर्शनीमा प्रस्तुत विद्यार्थीका विभिन्न सिर्जनाले वास्तविक शिक्षा शिक्षणको उदाहरण कस्तो हुन्छ भन्ने देखाए ।
आयोजक संस्थाका कम्तिमा एक हजार विद्यार्थीले एकसत्न्दा बढी विद्यालयका माध्यमिक तहका कम्तिमा ६ हजार विद्यार्थीलाई अनेक विषयका अनेक प्रयोग तथा सामग्रीको अवलोकन (हेर्ने, छाम्ने, सुन्ने वा सुघ्ने काम) गराए ।

शैक्षिक प्रदर्शनी अवलोकन गर्न आएका विभिन्न विद्यालयका विद्यार्थीको उत्सुकतादेखेर झन् उत्साहित ख्वप कलेज एवम् माविका विद्यार्थीले सक्दो सरल र बुझिने भाषामा आ–आप्mना विषयवस्तुबारे व्याख्या गरे । प्रदर्शनी हेर्न आएका कति विद्यार्थीले बताइएका कुरा बुझे, कतिले बुझेकोजस्तो गरे, कतिको निम्ति बुझ्न कठिन भयो होला । तर, धेरैको ‘दिमागको बत्ती’ भने अवश्य बलेको हुनुपर्छ । प्रदर्शनी अवलोकन गरिसकेपछि ख्वप कलेजको परिसरबाट निस्किने क्रममा एक शिक्षकले दिएको यस्तो प्रतिक्रिया थियो, ‘यस्तो पनि गर्न सकिँदो रहेछ । हामी पनि प्रयास गर्छौं’ । बस्, अरू के नै चाहियो र !

स्मार्ट सीटी कस्तो हुन्छ ? प्रदूषण कम गर्न के गर्ने ? समाजविकासको क्रम कस्तो छ ? बिजुलीको उत्पादन कसरी हुन्छ ? जनावरमा अनेक प्रयोग गरी सिकाइका सिद्धान्त कसरी बने ? स्मार्ट लौरो कस्तो हुन्छ ? घरको सुरक्षा प्रणाली कसरी बलियो बनाउने आदि धेरै महत्वपूर्ण एवम् उपयोगी मोडलहरू तयार पारेका थिए विद्यार्थीले । अल्वर्ट आइन्स्टाइनले “म विद्यार्थीलाई सिकाउँदिनँ, बरू सिक्ने वातावरण निर्माण गर्छु” भनेझैँ ख्वप कलेज÷माविका विद्यार्थीलाई सिर्जनाशील बनाउन उत्साहित गर्ने सबै शिक्षक तथा कर्मचारीलाई बधाई !
शैक्षिक प्रदर्शनी अवलोकन गर्न आएका विभिन्न विद्यालयका विद्यार्थीको उत्सुकतादेखेर झन् उत्साहित ख्वप कलेज एवम् माविका विद्यार्थीले सक्दो सरल र बुझिने भाषामा आ–आप्mना विषयवस्तुबारे व्याख्या गरे । प्रदर्शनी हेर्न आएका कति विद्यार्थीले बताइएका कुरा बुझे, कतिले बुझेकोजस्तो गरे, कतिको निम्ति बुझ्न कठिन भयो होला । तर, धेरैको ‘दिमागको बत्ती’ भने अवश्य बलेको हुनुपर्छ । प्रदर्शनी अवलोकन गरिसकेपछि ख्वप कलेजको परिसरबाट निस्किने क्रममा एक शिक्षकले दिएको यस्तो प्रतिक्रिया थियो, ‘यस्तो पनि गर्न सकिँदो रहेछ । हामी पनि प्रयास गर्छौं’ । बस्, अरू के नै चाहियो र !
विद्यार्थी पढेर, सुनेर, हेरेर र गरेर सिक्छन् । प्रोजेक्ट वर्क, समूह छलफल, अध्ययन भ्रमण, प्रतिवेदन लेखनजस्ता विधिबाट आफैले सिकेको ज्ञान नै टिकाउ एवम् चिरकालीक हुन्छ । नेपालको शिक्षण सिकाइमा सबभन्दा कमजोरी नै विद्यार्थीले प्रत्यक्ष ज्ञान कम पाउनु हो ।
विद्यार्थी विज्ञान र गणितलाई सबभन्दा गा¥हो विषय किन्न ठान्छन् ? किन सबभन्दा बढी विद्यार्थी विज्ञान र गणित विषयमा अनुत्तीर्ण हुन्छन् ? आजकल सामाजिक अध्ययन (सोसियल स्टडिज), नेपाली भाषा विषय पठनपाठनमा समेत कठिनाइ आएको शिक्षकहरू बताउँछन् । किनभने गर्दै सिक्ने वा सिक्दै गर्ने परिपाटी बसेको छैन । सैद्धान्तिक ज्ञानमात्र दिइयो, कता कसरी त्यो सैद्धान्तिक ज्ञानको उपयोग गर्ने भन्ने जानेनन् विद्यार्थीले । सैद्धान्तिक कक्षा निरश भए । हाम्रा कति शिक्षकमा ती विषय पढाउने सरल सीप वा कलामै समस्या छ, हाम्रा धेरै शिक्षकहरू स्रोत–साधनयुक्त छैनन्, वा तिनीहरूमा जोश जाँगरको कमी छ, वा शिक्षकहरू आफ्नो पेसाप्रति पूर्णतः सन्तुष्ट छैनन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ख्वपको शैक्षिक प्रदर्शनी उद्घाटन कार्यक्रममा भन्नुभएझैँ, विद्यार्थीलाई व्यावहारिक शिक्षाको जरूरी छ । शिक्षा क्षेत्रका सबैजनाको ध्यान यतातिर केन्द्रित गर्ने कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *