सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
–प्रकाश
चीन अहिले कोरोना भाइरसको सङ्क्रमणविरुद्ध लडिरहेको छ । कोरोना भाइरस चीन र विश्वकै सङ्कट बन्न नदिन अत्यन्त व्यवस्थितरूपमा रोगीको उपचार र सङ्क्रमणविरोधी गतिविधि प्रभावकारीरूपमा चलाइरहेको छ ।
चीन सरकार र चिनियाँ जनताले गरिरहेको योगदानको विश्वले सराहना गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले समेत चीनको प्रयासलाई उच्च मूल्याङ्कन गरेको छ । तर, संरा अमेरिका, ताइवान र भारतका केही दक्षिणपन्थी सञ्चारमाध्यम र युट्युबहरूले चीनमा कोरोना भाइरसको सङ्कटको सामना गरिरहेको अवस्थामा अनेक भ्रमपूर्ण र पूर्वाग्रह ढङ्गले प्रचार गरिरहेका छन् ।
अति भएपछि ती देशका जनता र सेलेब्रिटीहरूले समेत ती सञ्चारमाध्यमको खण्डन, आलोचना र विरोध गर्न थालेका छन् ।
भारतकी एक महिला कलाकार राखी सावन्तले ‘चीनले कोरोना भाइरसविरुद्ध लडिरहेको लडाइँ जितेरै छाड्ने छ, कोरोनालाई हराएरै छोड्ने छ’ भनी अभिव्यक्ति सामाजिक सञ्जालमा राखिन् । त्यसपछि प्रतिक्रियावादी विचारका भारतीयहरूले ती कलाकारको सामाजिक सञ्जालमा विरोधमात्र गरेनन् उनलाई ज्यान मार्नेसमेतको धम्की आएको बताइएको छ ।
योभन्दा ठूलो अमानवीय पूर्वाग्रह के होला ? अति भएपछि चीनको परराष्ट्र मन्त्रालयले अमेरिका र थाइवान टापुभित्रका केहीलाई महामारीको नाउँमा राजनीतिक प्रचार–प्रसार नगर्न चेतावनी नै दिनुप¥यो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार सञ्चारमाध्यमहरूको प्रश्नको जवाफ दिने क्रममा अमेरिका र थाइवान टापुभित्रका केहीलाई महामारीको नाउँमा राजनीतिक प्रचार–प्रसार रोक्न जोडदार आग्रह गर्दै नभए सम्बन्ध बिग्रने चेतावनी दिए ।
Leave a Reply