भर्खरै :

बैठकै नबसी सरकार पार्टीको निर्देशनअनुसार कसरी चल्छ ?

– गोपाल नगरकोटी
नेकपाको केन्द्रीय कमिटीको माघ १९ गतेको दोस्रो बैठकको समापनमा ‘पार्टीको निर्देशनमा चल्छ सरकार’ शीर्षकको प्रधानमन्त्री केपी ओलीको मन्तव्य माघ २२ गते गोरखापत्रमा छाप्यो । सम्पादित उक्त मन्तव्यमा “हो, पार्टीको निर्देशनअनुसार सरकारले काम गर्नुपर्दछ, अनि सरकारले गरेको कामलाई पार्टीले साथ, सहयोग र समर्थन गर्नुपर्छ” भन्ने व्यहोरा उल्लेख छ । मन्तव्यमा ‘पार्टीका नीतिअनुरूप वा पार्टीले जसरी निर्देश गरेको छ, त्यसरी नै सरकार चल्छ, सरकार पार्टी सँगसँगै चल्नुपर्छ’ भनिएको छ । उनले पार्टीको निर्देशनअनुसार सरकारले काम गर्नुपर्छ त भने तर निर्देशनअनुसार काम भइरहेको कुरा उल्लेख गरेनन् ।
केन्द्रीय समितिको बैठकमा पार्टी विधि र पद्धतिअनुसार नचलेको, पार्टीका नेता तथा कार्यकर्ताको आचरण स्खलित हुँदै गएको, सम्पत्ति थुपार्ने होड चलेको र पार्टीभित्र वर्गको उदय भएको विचार नेताहरूले राखेका थिए । पार्टीभित्रकै नेताहरूले पार्टी र सरकारको सञ्चालन पद्धति नपु¥याई या नेतृत्वमा रहेका नेताहरूको आफूखुसीमा भइरहेको विचार व्यक्त गरेका थिए । पार्टीको बैठक नै नबसी कहिले दुई अध्यक्षको आफू खुसी त कहिले केपी ओलीको आफू खुसी सरकार र पार्टी चलिरहेको गुनासो सुरुदेखिको हो । लामो समयसम्म पार्टीको बैठकै नबसेको स्थितिमा पार्टीको निर्देशनमा कसरी सरकार चल्यो भन्ने जिज्ञासा सबैलाई हुनु स्वाभाविक हो । बैठकै नबसिकन सरकार पार्टीको निदेशनअनुसार चलेको दाबी गरेर प्रम ओलीले पार्टीभित्र झूटको खेती गरे । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पले झूट बोलेको भनी सभामुखले उनको मन्तव्य नै च्याटे । नेकपाभित्र इमानदार तथा साँच्चै कम्युनिस्ट नेताहरू हुँदा हुन् त अमेरिकामा झैँ उनको मन्तव्य नै च्याट्नुपथ्र्यो । तर, त्यो स्थिति पार्टीमा देखिएन ।
पार्टीको बैठकै बस्न नसकेको, पार्टीले निर्देशन नै नगरेको कुरा पार्टीका नेता र मन्त्रिमण्डलमा रहेका मन्त्रीहरूलाई थाहा नभएको होइन । आफ्नै पार्टीभित्रका नेताहरूको दबाब बढेकै कारण नेकपाका एक अध्यक्षपुष्पकमल दाहाललाई पार्टीको कार्यकारी अधिकार दिइएको हो । नेपाललाई आर्थिक सहयोगको प्रलोभनमा आएको एमसीसीको अवधारण पार्टीको निर्णय नहुँदै प्रम ओली र पर्यटनमन्त्री पदीप ज्ञवालीले किन एमसीसीलाई आत्मसात गर्ने धारणा सार्वजनिक गरेका हुन् ? पार्टीको आधिकारिक धारणा नआउँदै सरकारी मन्त्रीहरूले एमसीसी जसरी भए पनि लागू हुन्छ भनी किन भनेका हुन् ? नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामा मिचेको सन्दर्भमा पार्टीको धारणा के ? नेपाली भूमि जोगाउन पार्टीको धारणा आउन ढिलो भएरै सरकार अघि नबढेको हो ? पार्टीको धारणा आइसकेको हो भने नेपाली भूमि जोगाउने अभियान कहाँ पुग्यो ? कुनै दैलोमा ठक्कर खाएकोले अघि बढ्न नसकेको हो कि ¤ सारमा प्रम ओलीले देश र जनतालाई मात्र होइन आफ्नै पार्टीका नेता कार्यकर्ताहरूलाई ढाँटिरहेका छन्, छलकपटको राजनीति गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *