सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
–सुरजसिंह
भ्रष्टाचार र अनियमितता देशको विकासको नम्बर १ बाधा भएकोमा धेरैजना सहमत छन् । भ्रष्टाचारकै कारण विकासको नाममा जतिसुकै वैदेशिक सहायता र अनुदान आए पनि नेपाल अल्प विकसित देशको तहबाट माथि उठ्न सकेको छैन । नेपाली जनताको टाउकोमाथि विदेशी ऋणको भार प्रत्येक वर्ष बढ्दै ४० हजारको हाराहारी पुगेको छ ।
देशका सत्तामा पुगेका नेता र उच्च प्रशासकहरूको अकुत सम्पति बढ्दै गएको छ । देशको बैङ्कमा पैसा राख्न नमिलेर विदेशी बैङ्कको खातामा पैसा जम्मा गरिएका पुष्ट र अपुष्ट समाचारहरू बरोबर आइरहेकै छन् । भ्रष्टाचारविरोधी अभियन्ताहरू, प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पार्टी नेमकिपा र आम न्यायप्रेमी जनता भ्रष्टाचारको विरोधमा निरन्तर आन्दोलित छन् ।
भन्नलाई त आजसम्मका हरेक सरकार, सत्ता पक्ष पार्टी र प्रमुख प्रतिपक्ष पार्टीले पनि भ्रष्टाचारको विरोध गरेको भनिरहेका छन् । तर जब आफ्ना कुनै एक नेता वा पूर्वमन्त्रीमाथि भ्रष्टाचारको अभियोग लाग्छ, अभियोग नै पूर्वाग्रही भएको भनी विरोधमा ओर्लन्छन् । वर्तमान सत्तासीन दल नेकपा (एमाले र एमाओवादी) तथा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूको तर्क सुन्दा उदेक लाग्छ । उनीहरू भन्छन्, “भ्रष्टाचारीहरूमाथि कारबाही हुनुपर्छ तर हाम्रो पार्टीका नेताहरूलाई कारबाही त के अभियोगसम्म लगाउन पाइँदैन ।”
उनीहरूको भनाइको अर्थ हाम्रा नेताले जे जस्तो नकाम गरे पनि त्यो भ्रष्टाचार होइन, अपराध होइन, स्वच्छ काम नै हो । त्यही काम अरू पार्टीका नेता र मन्त्रीहरूले गरे भ्रष्टाचार हो कारबाही हुनुपर्छ बा भन्छन् । भ्रष्टाचारको विरोधमा देखिएको यो दलीय पूर्वाग्रहभन्दा ठूलो पाखण्ड के हुनसक्ला र ? जबसम्म यस्ता पार्टीहरूले देशमा शासन गरिरहन्छन्, देश अगाडि बढ्ने छैन र भ्रष्टाचार निर्मूल त के नियन्त्रण हुने कल्पना पनि गर्न सकिंदैन ।
Leave a Reply