सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
क्रिश्चिना
हास्य कलाकारहरूलाई हँसाउने कला भएका वर्तमान प्रम ओलीजीले नेकपाको केन्द्रीय समितिको बैठकमा हँसाएर आफ्नो कौशल प्रकट गर्नुभएको बारे प्रचारमाध्यममा चर्चाको विषय बन्यो । यो स्वाभाविक व्यवहार हो– हरेकले आ–आफ्नो व्यक्तित्वको प्रदर्शन गर्ने गर्छन् ।
झन्डै दुईतिहाइको निर्वाचन परिणामको निम्ति आफ्नो हात खुला गरी दानवीर बन्नुभएका पार्टी अध्यक्ष ओली निर्वाचन परिणामबाट अत्यन्त सन्तोष र खुसी हुनुभयो । सम्भवतः प्रजातन्त्र पुनः स्थापनापछिको सुरुकै संसदीय निर्वाचनमा ‘चार विघा जमिन र चार तोला सुन’, ‘बिहे नगरेकोलाई दुलही दिने’ आश्वासन नदिएको भए नेपाली काङ्ग्रेसजस्ता सिद्धान्तहीन र अनेक कानुनी जालसाजी गर्ने सशक्त पुँजीवादीलाई उपयुक्त प्रतिपक्ष उपस्थित गर्नसक्दैनथ्यो ।
नेकालाई हटाउने जुक्ति दामोदर शमशेरले जुराएका हुन् वा मदन भण्डारीकै होस् तर नेकालाई एक एक पाइला गरेर भागबन्डामा लठ्याउँदै ‘प्रजातन्त्र’ को ‘प्र’ समेत छोड्न लगाउने व्यूहरचनालाई प्रम ओलीलाई धन्यवाद नदिने ‘सच्चा’ प्रजातन्त्रवादीहरू नेपाली काङ्ग्रेसमा को नहोला ¤
महँगो निर्वाचन पद्धतिले भ्रष्टाचार मौलाएकै हो ः प्रधानमन्त्री , ‘अझ सक्रियताका लागि प्रधानमन्त्रीले मिर्गाैला फेरेर काम गर्ने’ (नेपाल समाचारपत्र– २२ माघ २०७६)
उक्त समाचारले नेकपा अध्यक्ष र प्रम ओलीलाई भर्खर अनुभव भयो होला – ठीक–बेठीक जहाँबाट पैसा ल्याएर निर्वाचन जित्ने एकबुँदे कार्यक्रमले चुनावमा आशा गरेजस्तै सफलता मिल्यो तर ‘महँगो निर्वाचन पद्धतिले वन तस्कर, कालाबजारिया, ठेकेदार, गिटीबालुवा र घर जग्गाका व्यापारीहरू तथा डोजर र ट्रिपरका मालिकहरू उपत्यकामा दिउँसो चलाउन सरकारले निषेध गर्दा पनि चलाइरहनेहरूको जगजगी वा सरकारको ऐन–कानुन र आदेश ठाडै उल्लङ्घन गर्ने नयाँ प्रवृत्ति पनि लागू भएको चर्चा व्यापक भयो ।
संसदीय व्यवस्थामा खासगरी बेलायती शैलीको पुँजीवादी व्यवस्थामा भन्ने गरिन्छ, सबै काम राजा वा रानीको नामबाट हुने भएको हुँदा राजा सर्वशक्तिमान देखिन्छ । तर उसलाई उनका मन्त्रीले मन्त्रिपरिषद्को निर्णयअनुसार गोली हान्यो भने मन्त्रीलाई मुद्दा लाग्दैन । किन ? किनभने बेलायती संसदीय बन्दोबस्त (वेस्ट मिनिस्टर सिस्टम) मा संसद सबभन्दा शक्तिशाली हुन्छ, राजा त साँचो अर्थमा थापना वा खोपाको देउतामात्रै हो ।
अचेल प्रम ओलीजीले पनि यस्तै परम्परा खोजेको वा एकएक पाइला गर्दै उनी नेपाल हिन्दू राजतन्त्रको पुनः स्थापना गर्ने विदेशी दबाबलाई कार्यान्वयन गर्ने गुप्त मनसायमा देखिएको अनुमान विश्लेषणले प्रस्ट पार्छ । बेलायतमा क्रामवेलको मृत्युपछि राजतन्त्रको पुनः स्थापना गर्दा राजखान्दानकै एकजना नातेदार संसदको सर्वाेच्चतालाई मान्न तयार पारिएको थियो । फ्रान्समा राजतन्त्रको पुनः स्थापना गर्दा साधारण जनताबाटै आएका नेपोलियन तर सेनाका कमान्डरलाई अरुसँग विवाह भइसकेको खान्दानी केटीसँग विवाह गराइएको थियो । पछि राणाहरूको जस्तो बोनापार्टको खान्दान चलाएर नेपोलियन तेस्रो पनि राजा भएका थिए । पश्चिमी देश र भारतले नेपालमा राजतन्त्रको पुनःस्थापना गर्ने हो भने देउवा परिवार वा विद्यादेवी भण्डारीलाई गद्दीमा राखेर राजतन्त्रको पुनःस्थापना गर्नसक्ने सम्भावना छ किनभने विद्यादेवी भण्डारी र ओली परिवार पनि नौ पुस्ता अगाडि गोर्खा दरबारबाटै पूर्वेली वा राई–लिम्बुलाई कज्याइ खान पठाइएका परिवार हुन् ।
रोमको नीरोजस्तै प्रम ओली बाँसुरी बजाउँदा पार्टीका आफ्ना प्रतिद्वन्द्वी माधव नेपाल र झलनाथ खनाललाई सारङ्गी बजाउन दिँदै उनले ‘म अरु तीन वर्ष प्रधानमन्त्री चलाउँछु’ (अन्नपूर्ण २३ माघ २०७६) भनी घोषणा गरे । हो, बेलायती शैलीको संसदीय व्यवस्था बहुमतको आधारमा प्रमले अलिखित संविधान र ऐनकानुन पनि सामान्य बहुमत बनाउँदै हेरफेर गर्ने परम्परा छ । यो ठट्टा होइन, राजनैतिक मनसाय हो, सारङ्गी बजाउनेहरूले बुझ्नैपर्छ भन्ने छैन बरु मादल बजाउने र बाँसुरी बजाउनेकै इसारामा अरु नाच्छन् ।
के अब कीटाणु युद्धको सम्भावना छ ?
प्रधानमन्त्री ओलीले चीनबाट फर्कने विद्यार्थीहरूमा कोरोना भाइरसबारे निगरानी गर्न काठमाडौँ उपत्यकाको चार ठाउँ तोकेको बारे व्यापक चर्चा छ । यसबारे चिकित्सकहरूकै बीचमा भइरहेको एक चर्चाअनुसार पहिले नेपालले गम्भीर छलफल गर्नु आवश्यक छ । उपत्यकाजस्तो घना जनसङ्ख्या भएको साँगुरा ठाउँमा ती विद्यार्थीहरूलाई राख्न खोज्नु स्वयम् हिरोसिमा र नागासाकीको जस्तै खतरा मोल्नु हो ।
हिरोसिमा र नागासाकीमा पुगेका पश्चिमी देशका पहिलो पत्रकारले त्यहाँको विध्वंश हेर्दा ‘प्लेग’ जस्तो रोग भनेका थिए । आणविक अस्त्रको प्रभावको विस्तृत जानकारी त्यसबेला पीडित जनतालाई भइसकेको थिएन । संरा अमेरिकाले जापानमा आणविक बम खसालेपछि स्वास्थ्य सेवा गर्ने चिकित्सक टोली पठाइएको थिएन ।
त्यस्तै अमेरिकी महादेश पत्ता लगाएको केही वर्षसम्म त्यहाँका आदिवासीहरूको आवादी जग्गामाथि कब्जा जमाउन विफरका कीटाणु भएका लुगाहरू अमेरिकी गाउँहरूमा फालिदिएका थिए । गाउँलेहरूले ती लुगाफाटालाई प्रयोग गर्दा गाउँ–गाउँका जनता विफरबाट मरे र आदिवासीहरूको जग्गा गोराहरूले आफ्नो कब्जामा पारे ।
कोरिया युद्ध (१९५०–५३) मा संरा अमेरिकाले कीटाणु भएको सिसी रूखमा झुन्ड्याएर गाउँका गाउँ सखाप पारे । त्यसबारे स्वतन्त्र अन्तर्राष्ट्रिय अदालतमा समेत कुरो उठेको थियो ।
भियतनाम युद्धमा अमेरिकाले विषालु र एजेन्ट अरेन्ज नामको रसायनिक विष (सुन्तला रङका) युद्ध छेडेको थियो । त्यसको असर तीन पुस्तासम्म विकलाङ्ग वा अनेक विभत्स रोगी बालकहरू भियतनाममा जन्मिरहेका छन् ।
यसरी ‘मित्र राष्ट्र’ भनिने संरा अमेरिकासँग अफगानिस्तान, इराक, लिविया, सिरिया आदि देशहरूमा गरेका यस्ता अनेक कीटाणु युद्ध र रसायनिक युद्धको अनुभव छ । संसारलाई लुटेर, मारेर तथा शोषण गरी समृद्ध भएको संरा अमेरिकासँग इबोला भाइरस र कोरोना भाइरसको उपचारबारे जरूरै ज्ञान भएको अनुमान गर्न सकिन्छ । अब कीटाणु युद्धको सम्भावनालाई संरा अमेरिकाले अनुसन्धान गरेको अनुमान गर्न सकिन्छ ।
तर, आश्चर्य के कुरामा छ भने कोरोना भाइरसको चर्चा चल्नासाथै अमेरिकी राजदूतावासका कर्मचारीलाई फिर्ता लगे र आफ्ना नागरिकहरूलाई चीनको भ्रमण नगर्न सूचना प्रवाह गरे ।
यस अर्थमा अमेरिकी प्रशासन चीनमा फैलिएको कोरोना भाइरसबारे राम्रो जानकारी राख्छ, तर झन्डै सबभन्दा ठूलो आर्थिक वा व्यापारिक सम्बन्ध भएको मित्र देश चीनले मुख खोलेर भन्नुपर्ने स्थितिमा पु¥यायो, “अमेरिकाले सहयोग गरेन ।”
केही अमेरिकी अभिव्यक्तिमा चीनलाई ‘शत्रु’ शब्दको प्रयोग ग¥यो भने चीनले ‘प्रतिस्पर्धी’ मात्रै । शत्रु घोषणा गर्दा विपक्षी देशलाई गुप्त र खुलारूपमा ध्वंश गर्ने, कुटिल कामहरू गर्ने वा क्षति पु¥याउने गर्छ । संरा अमेरिकाले चीनलाई ‘शत्रु’ घोषणा गरेरै गुप्तरूपले गम्भीर क्षतिहरू गर्ने गतिविधिमध्ये कोरोना भाइरस पनि एक प्रयोग हो भन्नेबारे संवेदनशील समूह चिन्ता गर्दै छन् । व्यापार युद्ध र कूटनैतिक गतिविधिमा चीनलाई हराउन नसकेपछि अमेरिकाले ‘किटाणु युद्ध’ गर्न खोजेको त होइन भन्ने प्रश्न उठ्नु र उठाउनु स्वाभाविक छ ।
दुई वर्षअगाडि चीनको सबभन्दा ठूलोमध्ये एक मोटर कारखानामा ठूलो आगजनी भयो अन्तर्राष्ट्रिय गुप्तचर विभागको एक प्रमुख चिनियाँ नागरिक र पार्टीका नेतालाई देशमाथि विश्वासघात गरेको मुद्दा खेपी उनी जेलमा छन् । चीन र अमेरिकाको यस्ता अनेक जटिल विषयलाई ध्यानमा राखेर संरा अमेरिकासँगको सम्बन्धबारे नेपाल गम्भीर हुनुपर्छ र ध्यान दिएर पाइला चाल्नु आवश्यक छ ।
Leave a Reply