भर्खरै :

कला–संस्कृति संरक्षणमा भनपाको उल्लेख्य कदम

–आरोही श्रेष्ठ, काठमाडौंँ
काठमाडौँ उपत्यका कला, संस्कृति र ऐतिहासिक सम्पदाहरूको भण्डार हो । त्यसमा पनि भक्तपुरलाई नाचगानको राजधानी भन्ने गरिन्छ । भक्तपुरमा गाईजात्रा र इन्द्रजात्रालगायत विभिन्न समयमा प्रदर्शन गरिने नाचगानले त्यसलाई पुष्टि गरेको छ ।
भक्तपुरमा जीवन्त कला–संस्कृति जगेर्ना भइरहेकोमा कला–संस्कृति र सम्पदाप्रेमी भक्तपुरका जनताको मेहनत र लगनशीलता त हुँदै हो र स्थानीय सरकारको रूपमा रहेको भक्तपुर नगरपालिकाको तदारुकता पनि मुख्य हो ।
भक्तपुरमा क्रमशः सबैजसो मूर्त ऐतिहासिक सम्पदाहरूको जीर्णोद्धार भइरहेको छ भने अमूर्त सम्पदाहरू बचाउनमा नगरपालिका लागिराखेको देख्न सकिन्छ । गाईजात्राको नौदिनसम्म प्रदर्शन गरिने विभिन्न नाच, नृत्य र नाटकहरूलाई समेत प्रतियोगितात्मक बनाएर, पुरस्कारको व्यवस्था गरेर, सबैलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग गरेर ती सबैलाई जीवन्त राख्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न पे्ररित गरिएको छ । त्यसतर्फ भक्तपुरका जनताको सक्रियता र एकता पनि प्रशंसायोग्य छ ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूको ध्यान सबैखाले मूर्त र अमूर्त सम्पदा जोगाउने र प्रवद्र्धन गर्नेमा रहेको पाएँ । ‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति’ भन्ने नारालाई उहाँहरूले आफ्नो काममार्फत सार्थक बनाइरहेको देखिन्छ ।
सोही क्रममा शनिबार र आइतबार गरी सम्पन्न हुने धिमाय् बाजा प्रतियोगिताको उद्घाटन ¥याली र धिमाय् टोलीको प्रदर्शन दतात्रयमा देख्न पाइयो । धिमाय् बाजा बजाउनमा नयाँ पुस्ताको सक्रिय उपस्थिति उल्लेख्य लाग्यो । त्यसबाट अब आउँदो सय वर्षसम्म यो बाजा जीवित रहने सुनिश्चितता मिलेको अनुभूति भयो । प्रत्येक वर्ष यसरी परम्परागत बाजा प्रतियोगिता गर्नुलाई कला–संस्कृति संरक्षणमा भनपाको उल्लेख्य कदम मान्न सकिन्छ । नगरपालिकाको ती कदमहरूको निरन्तर सफलताको कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *