सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
– पासाङ लामा
नेपाली समाज अधिकांश त आस्तिक र आवश्यकताभन्दा बढी उद्धार पनि छ । त्यसको फाइदा विभिन्न क्षेत्रका वाचाल मानिसहरूले उठाइरहेका छन् । धर्मका नाममा सार्वजनिक जग्गा कब्जा गरी पछि व्यक्तिका नाममा लाने कार्य कतिपय धार्मिक संस्थाका हर्ताकर्ताहरूले गरिरहेका छन् भने कतिपय स्वघोषित धर्मगुरुहरूले आफ्नै चेली बनाइएका महिलाहरूमाथि दुव्र्यवहार र बलातकारसम्म गर्ने गरेको खुलासा भइरहेका छन् ।
बलात्कारको अभियोग लागेका कृष्णदासजी महाराज अदालतबाट धरौटीमा रिहा हुने आदेशलगतै भारतमा पलायन भएका छन् । आफूलाई ‘लिटिल बुद्ध’ दाबी गरेका रामबहादुर बमजनमाथि आफ्नै आश्रममा काम गर्ने मानिस र केटीहरू गायब पारेको आरोप छ । प्रहरीले उनको आश्रममा अवैध र शङ्कास्पद गतिविधि हुने गरेको पत्ता लगाएको छ ।
धर्मलाई रहस्य बनाएर सोझासिधासित ठग्न माहिर धर्मगुरुहरूले आफ्नो पोल खुल्ने डरले आफ्नै चेला र कामदारहरूलाई गायब पारेको आरोप पनि सार्वजनिक भइरहेका छन् । आफूमाथि लगाइएका आरोपको ती धर्मगुरुहरूले खण्डनसम्म गर्न सकिरहेका छैनन् । बरु समाज र सञ्चारककर्मीका प्रश्नको सामना गर्न नसकी लुकी लुकी हिँडिरहेका छन् ।
बलात्कारको अभियोग लागेका कृष्णदासजी महाराज अदालतबाट धरौटीमा रिहा हुने आदेशलगतै भारतमा पलायन भएका छन् । आफूलाई ‘लिटिल बुद्ध’ दाबी गरेका रामबहादुर बमजनमाथि आफ्नै आश्रममा काम गर्ने मानिस र केटीहरू गायब पारेको आरोप छ । प्रहरीले उनको आश्रममा अवैध र शङ्कास्पद गतिविधि हुने गरेको पत्ता लगाएको छ । आफू पक्राउ पर्ने अवस्था देखिएपछि ती धर्मगुरु पनि लुकेका छन् । कतिपय चर्चहरूले पनि परमेश्वरले दीर्घरोग निको पारिदिने र अपाङ्गताबाट समेत मुक्ति दिने भनी सोझासिधासित ठगिरहेका छन् । ललितपुस्थित एक चर्चका पादरीले बलात्कार एक महिलालाई ६ महिनादेखि बलात्कार गरिरहेको प्रमाणसहितको उजुरी हालै सार्वजनिक भएकै हो । यसरी धर्मको नाममा अपराध कहिलेसम्म भइरहने हो ? आस्तिक र उद्धार नेपाली जनताको आस्थासित कहिलेसम्म खेलवाड भइरहने हो ? सर्वसाधारण जनताले पनि अब आँखा चिम्लेर विश्वास गर्नेभन्दा सही वा गलत तथा सम्भव र असम्भव विचारेर मात्र कसैमाथि विश्वास गर्नु जरुरी छ ।
Leave a Reply