भर्खरै :

एकजना योद्धा

चाङ शाशा
मध्यचीनको हुपेई प्रान्तको उहानमा नोबल कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँको एउटा समुदायका स्वास्थ्य कर्मचारीहरूमध्ये एक जनामा सङ्क्रमण देखिएपछि अरू कर्मचारी पनि अलग–अलग बस्नुप¥यो ।
सामुदायिक कार्यालयको भुइँमा विशेष सुरक्षा वस्त्र लगाएकी एक जना युवा लडेका छन् । भुइँमा लडेर उनी स्थानीय बासिन्दाले गरेका फोनमा जवाफ फर्काइरहेका छन् । युवकको नाम ह्वाङ हेङ हो । उनी स्थानीय जिल्ला कार्यालयका कर्मचारी हुन् । समुदायमा काम गर्ने कोही नभएपछि उनी स्वयम्ले त्यहाँ काम गर्ने चाहना व्यक्त गरेका थिए । उनको मेरुदण्डको हड्डी खिएको छ । लगातार उभिएर काम गर्दा उनलाई निकै समस्या हुने गर्छ । त्यसकारण उनले एउटा उपाय निकालेः चर्को पीडा कम गर्न भुइँमा लडेर फोनमा जवाफ फर्काउने ।
कोरोना भाइरसको महामारी फैलिएको बेला उहानका समुदायले अनेकथरी चुनौती सामना गरिरहेका छन् । ह्वाङसँग एउटा ल्यान्ड लाइन र दुई वटा मोबाइल छन् । उनी दैनिक औसत तीन सय कल फोन उठाउने गर्छन् । फोनमार्फत उनी स्थानीयका अनगिन्ती आवश्यकता पूरा गर्छन् । साथै स्थानीय बासिन्दाको स्वास्थ्य सूचना र आपत्कालीन अवस्था सम्हाल्ने गर्छन् ।
जनवरी ३० मा ह्वाङ ज्वरोले च्यापेको एक जना स्थानीय बासिन्दालाई क्वारेन्टाइनको लागि तोकिएको स्थानमा लिएर गए । तर, त्यहाँ कुनै शैय्या पनि खाली थिएन । बिरामी त्यो अवस्थामा निकै भावुक भए र आफ्नो पोका पन्तुरो छोडेर दौडिन् ।
“मैले उनलाई लगातार सम्हाल्ने कोसिस गरेँ । मैले सवारी सेवा डीडीको चालकलाई अनुरोध गरेर बिरामी खोज्न पठाएँ । भेटाउन सकेनन्”, ह्वाङले भने, “त्यसपछि म आफैँले सवारी चलाएर खोज्न हिँडेँ । निकै बेरको खोजी पछि बल्ल भेटाएँ । उनलाई नजिकको अर्को सहरको एउटा क्वारेन्टाइनमा पठाउन सफल भएँ ।” राति ११ः०० बजेसम्म पनि उनको काम सकिएको थिएन । केही दिनपछि ती महिलाले उनलाई आभार सन्देश पठाए ।
ह्वाङले आफ्नी श्रीमती र दुई वर्षकी छोरीलाई नभेटेको दस दिन भइसकेको छ । उनीहरू ह्वाङ बसेको ठाउँभन्दा धेरै टाढा पनि होइन । तथापि उनीहरू आपसमा भेटिरहेका छैनन् किनभने ह्वाङलाई कामबाट फुर्सद नै छैन । ह्वाङको स्वास्थ्यबारे श्रीमती निकै चिन्तित छिन् । ह्वाङकी आमाले छोराको काममा गौरव गर्छिन् । जब देश कुनै समस्यामा पर्दा जनताले हातमा हात मिलाएर समस्याको पार लगाउनुपर्ने आमाको विचार छ । त्यसो गर्न नसके कसैलाई पराजित गर्न जनता नमिली सुखै छैन ।
“महामारी नियन्त्रण र रोकथामको लागि समुदायहरूले धेरै समस्या सामना गरिरहेका छन् । तर, हामी जनता स्वयम्ले समस्याको समाधान कसरी गर्ने भन्ने कुरा बुझोस् भन्ने चाहन्छौँ”, ह्वाङले भने ।
स्रोत ः बेइजिङ रिभ्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *