सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
कामरेड प्रचण्डले एमसीसी फेरि अघि बढ्छ भन्नुभयो । यो कुनै अनौठो लाग्ने विषय हो जस्तो लागेन । झन् अस्तिको, हिजो अस्तिको, हिजोको प्रचण्ड खोजेर त्यो प्रचण्ड कहाँ पाइन्छ आज ? आज त आजकै प्रचण्ड खोज्नुपर्छ नत्र धोका हुन्छ । उहाँले गरेका औपचारिक कुराभन्दा अनौपचारिक कुरा मेरो विचारमा सक्कली हुन्छन् । उहाँ ठाडै भन्नुहुन्छ, जनताको भावना र मनोविज्ञानअनुसार म आफूलाई ढाल्छु । कतिपयले त्यसलाई गतिशील र कतिपयले अस्थिर भनेर बुझेका छन् । यो उनको बुझाइमा आफूलाई परिस्थितिअनुसार ढाल्नसक्नु हो र आफूलाई परिस्थितिअनुसार ढाल्नसक्नुलाई विशेष गुणको रूपमा उल्लेख गरेका छन् ।
म उनको यो धारणा परिस्थितिअनुसार आफूलाई ढाल्ने दृष्टिकोणसँग असहमत छु । म परिस्थितिलाई जनताको इच्छा र आवश्यकताअनुसार ढाल्न सक्नु नेता हुनु हो, नेतृत्वको गुण हो, क्षमता हो । आफ्नो गुण आफैँले बखान गर्नु पहिले पहिले सभ्यतामा पर्दैनथ्यो । तर का. प्रचण्ड आफ्नो बखान आफैँ गर्ने अवस्थामा पुगेका छन् । आफू सानो छँदा बच्चा–बच्चा बीचमा झगडा हुँदा सत्य पत्ता लगाउन यसलाई सोध्नुपर्छ भन्थे रे ¤ प्रचण्डका अनुसार मेरो मनमा केही कुरा छ भने कुनै न कुनै रूपमा प्रकट भइहाल्छ । त्यो त सानो छँदाको कुरा हो । मेरो जिज्ञासा अहिले नि ¤
गति आएको छ कि दुर्गति ?
सानो छँदा मानिस जति इमानदार र साँचो बोल्ने हुन्छ हुर्कदैँ गएपछि त्यसमा परिवर्तन आउन थाल्छ । नीतिमा भनिएको छ, स्मशानमा मान्छे जलाएर फर्कँदा, पुराण सुनेर फर्कँदा र भूकम्पपछि जुन ज्ञान वा बुद्धि हुन्छ त्यही गति या बुद्धि सोच सधैँ हुने हो भने यो संसारको बन्धनमा को बाँधिइरहन्थ्यो होला र ? तर, त्यो बुद्धि सधैँ हुँदैन । का. प्रचण्डमा त्यही झूटो नबोल्ने बानी अझै रहेछ भने त आश्चर्य भएन र ¤ राजनीति गर्दै जाँदा कुन विन्दुमा माओवाद विसर्जन गरौँ भन्ने लाग्यो भन्ने प्रश्नमा का. प्रचण्डले हामीले विभाजन र विसर्जनलाई निषेध गरेर पनि एकता गरेका हौँ भने र उनले फेरि भने, “मैले मसाल विसर्जन गरेँ, एकता केन्द्र मसाल बनाएँ, त्यो पनि विघटन गरेर माओवादी बनाएँ र एकता गर्दा माओवादी र एमाले दुवै विघटन गरिदिएँ ।”
प्रचण्डले अरू अगाडि भने, “नेकपालाई भने विघटन गर्दिनँ ।” के त मसाल र मसाल एकताकेन्द्रका प्रचण्डले नै विघटन गराएकै हुन् । जनयुद्धको बेला मारिएका पाँच हजारको जिम्मामात्र लिन्छु किन भनेको भन्ने प्रश्नमा का. प्रचण्डले भने, “त्यो मञ्चमा सबैले दाहालले १७ हजार मारेको भन्ने कुरा गरेपछि पाँच हजारको मात्र जिम्मा लिन्छु भनेको थिएँ” भन्दै उनले भने, “त्यो मेरो सोझोपनका अभिव्यक्ति हो ।” ओली र आफू औसतभन्दा माथि भएको दाबी गर्न बाँकी राखेनन् । यस्ता नेताहरूको संयोजनले देश कि गतिमा कि एकदमै द्रुतगतिमा जान्छ । उनले अगाडि भने, “तर हाम्रो फ्युजनले गति र प्रगति हुन्छ ।” कत्रो विश्वास का. प्रचण्डको ? खोइ त तपार्इँ दुईबीच फ्युजन भएको २० महिना नाघ्यो, देश जहाँको त्यहीँ छ । प्रगति नै आएको छैन, द्रुतगति त कता हो कता ¤ कि तपाइँको आँखाले गति आएको देख्छ ?
यो भनाइ लुटे भएन र ?
नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुई दल एकीकरण हुँदा ओली र दाहाल आलोपालो प्रधानमन्त्री हुने भन्ने समझदारीको प्रश्न त ठाडो बोलीमा आएन । तर, प्रचण्डले भने देश राम्ररी चले अब आफू प्रधानमन्त्री नभए पनि पुग्ने भन्ने बताए छन् । तर एउटा पेट बोली भने राखेछन्, देश राम्ररी चल्लोस् भन्ने । देश राम्ररी चल्यो भने भनेको के हो ? के त अहिले देश राम्ररी चलेको छ ? प्रश्न यत्रतत्र सर्वत्र छ । अलिक अघिसम्म नेकपाका दुई अध्यक्षबीच प्रधानमन्त्रीको लागि ठूलो दन्तबझान थियो । तर, जब ओलीले सरकारको जिम्मा लिने पार्टीको नेतृत्व भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भन्ने भएपछि यी दुई ग्रहमा आजको स्थिति आएको हो ।
यो नाङ्गो सत्य सबैलाई थाहा छ । सरकारको दुईवर्षे कार्यकालप्रति प्रचण्डले आफू पूर्ण सन्तुष्ट भएको भने भनेनन् । पूर्ण बहुमतको सरकारसँग नागरिक भने सन्तुष्ट नभएको दृष्टिकोण सार्वजनिक गरेर सरकारको कार्यप्रति असन्तोष छ भन्ने सन्देश दिए । यस्तो अवस्था अन्त गर्न अब पार्टी र सरकारले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएछन् । प्रचण्डले भनेछन्, “म त अब डेढ वर्षमा देशभरि घुम्ने अध्यक्षजस्तो पनि भएँ । पार्टी कार्यकर्ता र जनतासँग भेटघाट गरँे ।” सरकारले समृद्धिको यात्रामा जान्ने प्रयास त गरेको छ । तर, जनताले जति तीव्रगतिमा विकास र राहत खोजेका थिए त्यो नपाएझैँ भएको छ पनि प्रचण्डले भन्न बाँकी राखेनन् । फेरि सरकारको प्रतिरक्षा गर्दै उनले भने, “यो सरकार विश्व राजनीतिक घटनाक्रमपछि छिमेकीसँग बिग्रिएको सम्बन्ध सुधार गर्नेसहित बनेकोले पनि नागरिक अपेक्षा धेरै रहेको भनेछन् रे ।” यो भनाइ अलि लुत्ते भएन र ?
अन्यथा राजनीति मर्छ
का. प्रचण्डले आफू दुई दुईपल्ट प्रधानमन्त्री भएको सम्झँदै गिरिजाप्रसादलाई राष्ट्रपति नबनाएको गल्ती भएको सकार्न थालेका छन् भने रूक्माङ्गद कटुवाललाई प्रधानसेनापतिबाट निष्काशन गर्ने निर्णयप्रति पनि आत्मालोचना गरेका छन् । तर, ती घटना अब इतिहास भइसके, इतिहास पनि पुरानो इतिहास । प्रचण्डले साँच्चै हो देश घुम्ने आकाङ्क्षा राखेका छन् । यस्ता भ्रमणबाट नेताहरू देश बढी बुझ्छन् भन्ने मान्यता छ । तर, देश होइन पार्टी र पार्टी कार्यकर्तामात्र घुम्ने र उनीहरूद्वारा आफूलाई घुमाउने अनौठो पनि देखिएको छ । मलाई लाग्छ, अहिले जीवित नेतामध्ये नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सबैभन्दा देशाटन गर्नेमा पर्छ । तर, उनको देश भ्रमण नेपाली काङ्ग्रेसमा प्रतिध्वनित भएन । अहिले नेपाली काङ्ग्रेस जति बढी भाँडिएको पार्टी अर्को छैन भन्ने मूल्याङ्कन छ मेरो । का. प्रचण्डको भ्रमण देउवाको जस्तो नहोस् ।
नेताहरू भ्रमणमा जिल्ला, प्रदेश र गाउँ जाँदा होटेल, रिसोर्टमा बास बस्न छोडी कार्यकर्ताकहाँ बस्न थाल्नोस् न । नेतालाई कार्यकर्ताका परिवारले, केटाकेटीले नजिकबाट राम्ररी चिनून् र तपाईँ नेता बसेको परिवारमा सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य तथा बोली–व्यवहारमा पनि परिवर्तन आउन सकोस् । कार्यकर्ताका छोराछोरी भविष्यमा आफ्नो देशको सांसद, सभापति हुन सकोस् । राजनीति पुस्तान्तरणमा पुग्न सकोस् । अन्यथा अब राजनीति मर्छ ।
निरक्षर प्रौढ गृह अर्थमन्त्री ?
पार्टीका शिखर पुरूषहरू सैद्धान्तिक जग बलियो भएन भने पार्टीमा अनेक दुर्घटना हुने धेरै सम्भावना हुन्छ । तसर्थ हाम्रा शीर्ष नेताहरूमा पढ्ने बानी कसरी बसाल्ने ? सिद्धान्तमा कमजोर नेताले पार्टी हाँक्नसक्दैन । यसका निम्ति विश्व नै पाठ्यक्षेत्र हुनुप¥यो । विश्व पढ्नुप¥यो । नत्र तपार्इँ नेतालाई राजनीतिले छोड्छ । राजनीतिले छोडेको नेतासँग के पो शेष रहन्छ ? का. प्रचण्ड देशमा जहाँ जहाँ गए पनि विद्यार्थीको रूपमा जानोस् ।
गाउँका पाका दलितसँग व्यवहार विज्ञानमा, गार्हस्थ अर्थशास्त्रमा तपाइँभन्दा बढी सिपालु हुन्छन् । घरको परिवारको अर्थतन्त्रको कुनै लिखत हँुदैन । एक जना निरक्षर घरमूली आफ्नो घर–परिवारको अलिखित बजेटबाट परिवार चलाएका हुन्छन् । त्यस्तो स्वचालित बजेट व्यवस्था हुन्छ । एउटा दलित परिवार वा जनजाति वा अन्य जुन जातिको पनि मोटामोटी अवस्था उस्तै हो । अलि दशक अघिसम्म त प्रत्येक गृहस्थको परिवारको अर्थमन्त्री निरक्षर नै हुन्थे । सहायक अर्थमन्त्री घरकी गृहिणी । गृहस्थले आफ्नो बाबुसँग र गृहिणीले आफ्नी सासू र आमासँग यस्ता जरूरी कुरा सिकेका हुन्थे । बिहा बटुलो पात्र, तीर्थयात्रा सबै गर्थे ।
ऋण गरेर तीर्थ जाँदैनथे, ऋण गरेर चन्दा दिँदैनथे । यो व्यवहार पूर्ण अर्थशास्त्रीय दृष्टिले कति उत्कृष्ट छ । हो, हाम्रा नेताहरूले त्यस्ता निरक्षर गृहस्थहरूसँग व्यवहार विज्ञान सिक्ने परिपाटी बसाल्नुप¥यो । वन–जङ्गलको सुरक्षाको कुरा उठ्दा बाँदरको सङ्ख्या अत्यधिक बढेर खाद्यान्न बाली चौपट पार्न थालेका घटनाको गहिरो अध्ययन गाउँको गृहस्थबाट सिक्ने प्रवृत्ति हुनुप¥यो । सोचौँ का. प्रचण्ड ।
वर्गसङ्घर्ष, एमसीसी र एपीएस
अहिले हामीकहाँ गाउँका टोल–टोलका मान्छेलाई टिकाउन एउटा कलेज, विश्वविद्यालय पढेका गाउँको अर्थतन्त्र, समाजको उत्पत्ति र विकास, एउटा गाउँलेको अर्को गाउँलेसँगको विधि–व्यवहार नबुझेको युवक जान्छ । प्रौढ घर मुलीसँग सिक्दैन बरू आफैँ सिकाउन खोज्छ । हो, चन्द्रमामा जाने तरिका त्यो गाउँले गृहस्थले जाँदैन । तर गोरू सघाउन जान्दछ । का. प्रचण्ड, तपाईँको जिल्ला भ्रमणको योजना राम्रो तर सिकाउन होइन सिक्न जानोस् ।
हामी पढे–लेखेका वर्गमा निरक्षरप्रति जुन हेराइ छ त्यो दोषपूर्ण छ । गाउँले या सर्वसाधारण व्यक्ति केही जान्दैन भन्ने हाम्रो सोच साँच्चै सामन्तवादी सोच हो । सबै नेता कामरेड वा श्रीमान् काङ्ग्रेस वा अन्य पार्टीका नेताहरू तपार्इँ सबैको आफूमात्र जान्दछु भन्ने घमण्डबाट बाहिर आउनु राम्रो, धेरै राम्रो । का. प्रचण्डको प्रसङ्गमा यस्ता मूर्खले गर्ने जस्ता धेरै कुरा आए । अहिले तपाईँहरूले अभ्यास गरेको समाजवाद, साम्यवाद, वर्गसङ्घर्ष वर्गविहीनजस्तो लाग्छ । वर्गीय समाजमा वर्ग सङ्घर्षको शब्द पनि उच्चारण हुँदैन ।
नेकपाको त्यत्रो भीमकाय केन्द्रीय समितिको पाँचदिने बैठकमा वर्गसङ्घर्ष शब्द पनि उच्चारण गरिएन त ¤ न पार्टी सचिवालयद्वारा प्रस्तुत प्रतिवेदनमा नै छ वर्गसङ्घर्ष शब्दको प्रयोग । कि छ कतै ? मलाई त छ जस्तो लागेन । के एक्काइसौँ शताब्दीको साम्यवाद, समाजवाद वर्गसङ्घर्षबाटै विचलित हुन लागेको हो ? का. प्रचण्ड, मेरो यो गाँठो फुकाइ दिनोस् त । एमसीसीको स्वीकारले वर्ग सङ्घर्षलाई कसरी लिन्छ ? यसतर्फ यसो सोचिएको छ ? इन्डोप्यासिफिक स्ट्रेटेजी, एमसीसी र वर्गसङ्घर्ष सँगै जालान् ?
काग र कोइली दुवै बाठा
एमसीसीप्रति का. प्रचण्ड किन यतिविधि हुरूक्कै भएका जनताले बुझ्न सकेका छैनन् । यो अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता छिट्टै अघि बढ्छ भन्ने कुरा सार्वजनिक गरेर आफ्नै केन्द्रीय समितिले निर्माण गरेको तीन सदस्यीय अध्ययन समितिको स्वतन्त्र र अहस्तक्षेपको वातावरणमा अध्ययन, विश्लेषण र साङ्गोपाङ्ग चिरफार गर्ने अधिकारमाथि बोलेर अध्यक्ष प्रचण्डले त्यो समितिको प्राकृतिक एवं मौलिक स्वतन्त्रमाथि हस्तक्षेप गरेका छन् ।
पार्टी अध्यक्षको अप्रत्यक्ष निर्देशन हो यो । पार्टी अध्यक्ष नै जब एमसीसी सम्झौता राष्ट्रको हितमा छ भन्छन् भने अरूले यो सम्झौता देश हितमा छैन भनी जति घाँटी सुकाए पनि पार्टी अध्यक्षको भनाइको तौल बढी हुनु अस्वाभाविक होइन । यसरी पार्टी अध्यक्ष नै जब देशको हितमा छ भनी ठाडै समर्थनमा अभिव्यक्ति दिन्छन् भन्ने त्यसको असर अरूमा नपर्ने भन्ने कुरै कहाँबाट आवस् । अझ प्रचण्ड अरू अगाडि बढ्दै भन्छन्, “यो सम्झौता समयमै अनुमोदन नभएर नै यो विवाद आएको हो । उतिबेलामा नै अनुमोदन नहुनुको परिणाम हो यो आजको विवाद ।”
समयमै अनुमोदित नभएर विभिन्न कोणबाट विवाद हुँदा राम्रोसँग बुझेरमात्रै अघि बढाउन भनिएको हो भन्ने दृष्टिकोण सार्वजनिक गरेर सो अध्ययन सङ्कायको स्वतन्त्र निर्णय गर्न पाउने सार्वभौम अधिकारमाथि परोक्ष हस्तक्षेप गर्नुभएको छ उहाँले । सो संयन्त्रमा पूर्वप्रधानमन्त्री, पार्टीका महासचिव र वरिष्ठ नेता झलनाथ खनाल, नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य हुनुहुन्छ । उहाँहरू तीनै जना कागभन्दा कोइली बाठो, कोइलीभन्दा काग बाठो भनेजस्ता हुनुहुन्छ । का. प्रचण्ड अध्यक्षको आशय बुझ्नुहुन्छ ।
बदलिएको देख्ने आधार के ?
आईपीएस–इन्डोप्यासिफिक स्ट्रेटेजी संरा अमेरिकाले आफ्नो विरोधीविरूद्ध ल्याएको हो भन्ने कुरा लुकाएको छैन भन्ने स्पष्ट पार्दै यसमा चीन पनि पर्छ । यो चीनलाई घेर्ने रणनीति हो भनेर आफूले भनेकै हो भन्ने स्वीकार्दै प्रचण्डले सरकारले कूटनीतिक भाषा प्रयोग गर्ने र आफू पार्टी अध्यक्षको हैसियतमा बोल्ने भएकोले कतिपय विषयको बुझाइमा फरक पर्ने अभिव्यक्ति दिएर चिप्लो नीति प्रयोग गरे । केही समय अघिसम्म प्रचण्ड एमसीसीका पक्षमा यति खुलेर उभिएका थिएनन् । तर यसपल्ट अमेरिका बलियो भएर वा प्रचण्ड कमजोर भएर वा दुवै पक्षले एउटाले अर्को पक्षलाई राम्ररी चिनेर प्रचण्ड एमसीसीको पक्षमा लागेका हुन् ।
त्यो निष्कर्षमा पुग्न अलि समय पर्खनुपर्छ । अब आईपीएस चीनलाई घेर्ने अमेरिकाले लगाएको हतियार हो भन्ने त प्रचण्डले स्वीकारे । तर, आईपीएसको अङ्ग एमसीसी हो, होइन भन्ने मुद्दामात्र बाँकी भयो । का. पुष्पकमल दाहाल प्रचण्डमा यति छिटो आमूल परिवर्तन कसरी आउँछ ? त्यसको समग्र अध्ययनको आवश्यकता भएको ठान्छु । उहाँले त स्पष्टै भनिसक्नुभयो जनताको भावना र मनोविज्ञानअनुसार उहाँ आफूलाई ढाल्छु भन्नुहुन्छ ।
जनयुद्धमा जनकारबाही, भाटे कारबाही पनि के जनभावनाअनुसारकै थिए ? एउटा जिज्ञासा ? अब एमसीसी भनेको एमसीसी नै हो । यसबारेमा र इन्डोप्यासिफिक स्ट्राटेजीबारे अमेरिकी सरकारको नीतिमा कुनै परिवर्तन भएको छैन । यो एमसीसी आईपीएसकै अभिन्न अङ्ग थियो पनि र आज पनि त्यही छ । भोलि के हुन्छ भन्न सकिन्न । तर हाम्रा देशका धेरै राजनीतिक नेता अमेरिकी नीति र रणनीतिमा परिवर्तन आएको कसरी ठम्याउँछन् ? त्यो पक्कै पनि अध्ययनको विषय भएको छ । जे भने पनि एमसीसी नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वायत्तताको पक्षमा एक छैन, दुई छैन र तीन छैन । तसर्थ यसमा नपसौँ ।
Leave a Reply