सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सुरेशमान बिजुक्छेँ
कोरोना भाइरसको त्रासको क्रन्दित उहानका नेपालीलगायत चीनमा रहेका सम्पूर्ण विदेशी र विश्वमै सङ्क्रमण रोकथामको लागि वर्तमान त्रासको वातावरणमा म पूर्वस्वास्थ्य प्राविधिक भएको नाताले स्थिति थप भयावह हुन नदिन केही उपाय सुझाएको छु । सरुवा रोगको लागि राजनीतिक सिमानाभन्दा मूलरूपमा सम्पर्क र त्यसपछि भौगोलिक दूरीको महत्व हुन्छ । चीन आफैँ विशाल भौगोलिक क्षेत्रमा फैलिएको र एक अर्को क्षेत्रमा आवतजावत बन्द गराएको तात्कालिक अवस्थामा स्वदेश फर्कन चाहने उहानका असङ्क्रमित विदेशी (स्वदेशी) हरूलाई चीनकै अन्य क्षेत्रमा स्थानान्तरण गर्दा क्रन्दित हुनुपर्ने स्थितिबाट राहत मिल्नसक्छ । नेपालको सन्दर्भमा उहान नेपालभन्दा धेरै टाढा रहेको र त्यतिकै सुरक्षित (र टाढा पनि) चीनकै अन्य स्थान पनि रहेको हुनाले चीनभन्दा स्वास्थ्य र अन्य सम्बद्ध अपरिहार्य क्षमता कमजोर रहेका नेपाललगायत समाज र राष्ट्रहरूमा असङ्क्रमित नागरिक पठाउनुभन्दा आफ्नै देशमा राख्ने अनिवार्य गरिनुपर्छ । सबभन्दा उल्लेखनीय विषय के हो भने त्यसरी पठाउनु दुई देशको मात्र सरोकारको विषय होइन । यो अन्तर्राष्ट्रिय कानुनी बन्दोबस्तीविरुद्ध पनि छ । किनकि यस्तो विशेष परिस्थितिमा कुनै पनि देशमा त्यसका नागरिक ल्याइनु सम्बद्ध राष्ट्रको मात्र नभएर विश्वकै सरोकार र खतराको विषय हुनाले यो विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा निर्णय गरिने विषय हो । यो मैले विश्व स्वास्थ्य सङ्गठनमा पठाएको छु ।
आवश्यक प्राविधिक पक्षः
यो नयाँ भाइरस भएकोले यसको बारेमा ज्ञान र ज्ञानको प्रसार धेरै भइनसकेको अवस्थामा अन्य भाइरसको विशेषताबाट खतरा आकलन गर्नसकिन्छ । तर, कोरोनासित भाइरसको विशेषता मिल्ने नमिल्ने तथ्य त अनुसन्धान र प्रसारपछि नै थाहा हुने हुँदा हालको आक्रान्त परिस्थितिमा रोकथामको लागि मिले वा नमिले पनि उचित उपाय माथि उल्लिखित नै हो । भाइरसहरूको सङ्क्रमण र रोगको लक्षण देखिने बीचमा खास समय हुन्छ र कोरोनाको दुई हप्ता भनिएको छ । तर, रगत जाँचमा त्योभन्दा धेरै पहिल्यै देखाउनसक्छ । यो नयाँ भएकोले त्यो आविष्कारको लागि अनुसन्धान हुँदै छ । तर, सङ्क्रमण र रगत जाँचमा देखिने बीचमा एक अवधि हुन्छ । यदि त्यो अवधि पुगेको छैन भने आजसम्मको मानवज्ञानले त्यस्तो सङ्क्रमणबाट रोक्न सकेको छैन । त्यस्तो अवस्थामा रहेको भए कलेजो सङ्क्रमण गरी मृत्यु गराउने एच. सी. भाइरस, त्यस्तै एच. आई. जस्ता भाइरसबाट रक्तसञ्चार गर्दा जोगिन सम्भव नहुने हुनाले आवश्यक रक्तसञ्चारमात्र गर्ने उर्दी छ ।
नयाँ भाइरसको अर्थ स्वतः अध्ययन अनुसन्धान धेरै बाँकी भन्ने हो । यसको अर्को अर्थ यसबारेमा मानव ज्ञान प्रारम्भिक अवस्थामै छ भन्ने पनि हो । अतः मूल र गम्भीर कुरा के हो भने दुई हप्तामा केही लक्षण नदेखिने व्यक्ति सम्पूर्ण भाइरस मुक्त होला भन्ने कुरामा प्रत्याभूत हुन नसकिने हुनाले यस्तोमा भावनामा मात्र बग्नुभन्दा दिल र दिमाग दुइटैले सोचेर चीनमा नै नेपाली बढी सुरक्षित हुने निष्कर्ष निक्लिन्छ ।
Leave a Reply