भर्खरै :

हतोत्साही होइन सान्त्वना दिनुपर्छ

तुल्सीनारायण लाखेमरु
मित्र राष्ट्र चीनको उद्देश्य कुनै पनि नेपालीलाई कोरोना भाइरसले नछुनु भन्ने नै हो । यस कार्यमा चिनियाँ सरकार, चिनियाँ जनता र चिकित्सकहरू रातदिन लागिरहेका छन् । त्यो घटनामा हामीले नुनखोर्सानी हालेर बल्झाउने होइन सान्त्वना दिनुपर्छ । सान्त्वना दिनुको सट्टा हतोत्साही गर्नु हाम्रो कर्तव्य होइन । बरु यसलाई प्रज्ञा दृष्टि राखी सद्भावपूर्वक माया गर्नुपर्छ । सङ्कटको बेला रमाउने, हतोत्साही बनाउने काम कुनै पनि देशको सद्भाव हुँदैन । त्यो मित्रताको सङ्केत होइन । पवित्र आत्माले भन्नुपर्छ, “जीवन बाँच्न र बाँच्नको लागि धैर्य हुन आवश्यक छ । त्यो बेला जनतालाई आश्वासन दिनु सरकारको दायित्व हो । राष्ट्र रोइरहेको बेला सहयोग र साथ दिनुपर्छ ।
नेपाली विद्यार्थी घना बस्तीबाट टाढा राख्नुपर्छ । उपाय भनेको सानो विचारले पनि हुन्छ । हामी अभिभावकहरूले मनमा राख्नुपर्छ, पैसा भएर बलियो हुँदैन, पैसा भएर रोग नलाग्ने होइन । रोग भनेको गरिब, धनी दुवैलाई लाग्छ । घरको मूली राम्रो भए घर नै राम्रो हुन्छ । सरकार असल भएको खण्डमा जनताले राहत पाउँछन् । बाबुको धोती राम्रो भए छोराको पनि धोती राम्रो हुन्छ । रवि नपुगेको ठाउँमा कवि पुग्छ भनेझैँ एउटा नेपाली डाक्टर चीनमै बसेर रोगीहरूलाई उपचार गर्न चाहन्छ भन्ने त्यो ठिक्कै हो । सबैको साथ र सहयोगले देश बच्छ । चीनको प्रयासलाई कम्ती ठान्नु हुँदैन । चीनलाई हेलाहोचो गर्नु अपमान गर्नु हो । बरु आ–आफ्नो ठाउँमा बसी विचार मन्थन गरौँ । घाटा नाफा आफैँमा छ, विचार विमर्श गरौँ, सान्त्वना देऔँ । मन आकासजस्तो विशाल होस्, हिमाल पहाडजस्तो अटल होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *