भर्खरै :

बुटवलमा ‘हजुरबुबाको चिट्ठी’ बारे अन्तरक्रिया

बुटवल, ३ फागुन । नेपाल मजदुर किसान पार्टी रूपन्देहीले ‘हजुरबुबाको चिट्ठी’ पत्रसाहित्य कृतिबारे शनिबार तिलोत्तमामा अन्तरक्रिया कार्यक्रम ग¥यो ।
नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले ‘हजुरबुबाको चिट्ठी’ बाट नयाँ पुस्तालाई देशप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पार्नुभयो । कृतिमा सङ्कलित ४० वटा चिट्ठीहरूले तात्कालीन घटनाबारे विश्लेषणमात्र दिएको नभई अवकाश प्राप्त शिक्षक पनि देशप्रति चिन्तनशील हुनुपर्ने र विदेश पढ्न गएका विद्यार्थीहरू पनि देशप्रति जिम्मेवार भएर जनताको सेवाको लागि फर्कनुपर्ने बोध गराएको चर्चा गर्दै अध्यक्ष वासीले राष्ट्रिय गौरव र स्वाभिमानी भावनाले मात्र देशको विकास गर्न सकिन्छ भन्नुभयो ।
संरा अमेरिकालाई चित्त बुझ्ने र भारतको समर्थन हुने योजनामात्र लागू गर्ने एमसीसी सम्झौताबाट नेपाली शासकहरूले नेपाललाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउन लागेको चर्चा गर्दै अध्यक्ष वासीले देशको सार्वभौमसत्ता अक्षुण्ण राख्न एमसीसी खारेज गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ सिद्धार्थनगर समितिका अध्यक्ष कृष्ण पोखरेल, नेक्रायुसङ्घ तिलोत्तमाका अध्यक्ष विनोद वर्देवा र मनोज यादवले हजुरबुबाको चिट्ठीबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *