भर्खरै :

प्रगति व्यवहारमा खोइ ?

– गोपाल नगरकोटी
नेकपाको नेतृत्वमा बनेको शक्तिशाली सरकारको कार्य अवधि दुई वर्ष सकिएको छ । यस अवधिमा भए गरेका गतिविधिको लेखाजोखा सरकारले ग¥यो । प्रधानमन्त्री केपी ओलीले सरकारी गतिविधिको जानकारी संसदमा दिए । सरकारले विकासका धेरै योजना पूरा गरेको बताएर प्रम ओली ढुक्क भए । सरकारले पहिलो वर्षलाई विकास र समृद्धिको आधार वर्षको रूपमा अघि बढाउने बताएको थियो । दोस्रो वर्षमा विकासमा अभियान छेड्ने उठाइएको थियो । तर अहिले फेरि विकासको आरम्भ वर्ष भनेर सरकार आफैँले विकास नभएको स्वीकारको छ ।
भ्रष्टाचार नियन्त्रणमा सफलता पाएको र शान्ति सुरक्षामा सुधार गरेको, सुरुङमार्ग, जलमार्ग, पाइपलाइन, फोरजी सेवा आदि प्रारम्भ भएको सरकारको दाबी छ । दुई वर्षको अनुभवले गरिबी, अशिक्षा, निरक्षरता, पछौटेपन, रोग भोक हटाउनसक्ने विश्वास पनि सरकारले दिलाएको छ । दुई वर्षमा लगानी वातावरण बनेको र अन्तर्राष्ट्रिय समुदायको विश्वास नेपालले जितेको दाबी पनि सरकारको रहेको छ । विधिको शासन बलियो र प्रजातन्त्र सबल हुनु पनि सरकारको राम्रो पक्ष रहेको बताइएको छ ।
विकासको नाउँमा हुने साना ठूला योजनाहरू कमिसनको चक्रमा फसिरहेका छन् । विकास योजनामै अनियमितता हुन्छ । विकास गरेको देखाएर कमिसन खाइन्छ भने देशमा कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ ? प्रत्येक दिनझैँ देशका विभिन्न ठाउँमा आपराधिक क्रियाकलाप भइरहेका छन् । लोभलालच देखाएर चेलीबेटीहरू बेश्यालय पु¥याइने र बालबालिकाहरू बेपत्ता पार्नेमात्र होइन हत्या, हिंसा र बलात्कारका घटनाहरू भइरहेका छन् । अनि कसरी भयो शान्ति सुरक्षामा सुधार ¤
साक्षर देश बनाउने सपना पनि निर्धारित समयभित्र पूरा भएको छैन । समयको गतिसँगै साक्षरको सङ्ख्या बढ्नु स्वाभाविक हो । रोग, भोक र शोकले कुनै नेपाली मर्नुपर्दैन भन्ने कुरा प्रम ओलीको मनको लड्डु सावित भएको छ । अमेरिका र भारतलाई खुसी पारेर चीन, पाकिस्तान, प्रजग कोरियालगायतका देशलाई चित्त दुखाएर के सरकारको अन्तर्राष्ट्रिय समुदायको विश्वास बढेको मान्न सकिन्छ ? भ्रष्टाचारको दलदलमा सरकार फसेको छ । सरकार अन्तर्राष्ट्रिय समुदायमा बदनाम भइरहेको छ । विधिको शासन कागजमा मात्र सीमित छ । नेपाल साँगुरिँदै छ । आर्थिक प्रलोभनमा भुलेर सरकार विदेशी शक्ति राष्ट्रहरूको उठबसमा चलेको छ । देश परनिर्भर छ । कम्युनिस्ट पार्टीको उद्देश्यअनुसार सरकार चलेको छैन । कम्युनिस्टको उद्देश्य पूरा गर्न अघि नबढ्ने सरकार कसरी कम्युनिस्टको हुन्छ ? वैज्ञानिकहरूको भेला भएपछि नेपालमा वैज्ञानिक युग, सुरुङ मार्गको थालनी भएपछि सुरुङ मार्गको युग, पानीजहाज चलेपछि पानीजहाजको युग सुरु भएको ठान्ने सरकारले देशमा फेरि कुन कुन युगको सुरुवात भएको बखान गर्ने हो ? यस्तो कति युग सुरु भएपछि सुखी नेपाली र समृद्ध नेपाल बन्ने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *