अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी
- बैशाख ५, २०८१
चेतनाथ आचार्य
गत डिसेम्बर अन्तिम साता चीनको हुपेई प्रान्तको उहानबाट नयाँ कोरोनाभाइरस आतङ्क सुरु भयो । यसको सङ्क्रमण यति भयङ्कर होला भन्ने कसैले कल्पना गरेका थिएनन् । बुधबार अपराह्नसम्म कोरोना सङ्क्रमणबाट १ हजार १ सय १५ जनाको मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा बढीलाई सङ्क्रमण पुष्टि भएको छ । चीनबाहेक २५ राष्ट्रमा यो भाइरसको सङ्क्रमण फैलिसकेको छ ।
अहिले यो विश्वकै लागि ठूलो समस्या बनिसकेको छ । यस्तो सङ्कटको समयमा पश्चिमा जगत् विशेषगरी अमेरिकाले कोरोनाभाइरस सङ्क्रमणका सवालमा चीनविरुद्ध विष वमन गरिरहेको छ । युरोप तथा अस्ट्रेलियालगायत विकसित भनिएका मुलुकले समेत चिनियाँ पर्यटक र चिनियाँ मूलका नागरिकलाई लाञ्छना लगाउँदै अमानवीय व्यवहार गरिरहेका छन् । नयाँ कोरोनाभाइरसको निहुँमा कतै चीनलाई हाँसोमा उडाइएको छ त यो भाइरसको पर्यायका रूपमा प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।
नेपाली विद्यार्थीले सहानुभूति खोजेर सरकारले आफूहरूलाई चाँडै उद्धार गरी नेपाल फर्काओस् भन्ने हेतुले चीनलाई आक्षेप लगाउनु उनीहरूकै लागि घातक हुन सक्छ । छात्रवृत्ति पाउन विद्यार्थीले नेतालाई खुसी पार्ने अनि नेताले चिनियाँ दूतावासलाई रिझाउने गरिएको कुरा कसैबाट लुकेको छैन । चीनमा छात्रवृत्तिमा पढिरहेका नेपाली विद्यार्थीको विवरण चिनियाँ दूतावासमा अवश्य होला । समाचारमा आएका कुरा चिनियाँ दूतावासले नोट गरेको भए पक्कै पनि उसले त्यससँग जोडिएका प्रश्न सम्बन्धित विश्वविद्यालयमा पठाउँछ । अहिले चीन सङ्कटमा छ ।
नयाँ कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध यतिबेला चीन एक्लै युद्ध गरिरहेको छ । यो कठिन र सङ्कटको घडीमा चीनलाई विश्वको साथ चाहिएको छ । चिनियाँ कूटनीतिज्ञहरूले मित्रताका विषयमा सधैं दुई किसिमका विचार व्यक्त गर्ने गरेका छन्, ‘सङ्कटका बेला नै असल मित्रको पहिचान हुन्छ’ र ‘छिमेकी नै सबैभन्दा पहिले दुःखमा साथ दिने मित्र हो ।’ नेपाल चीनको छिमेकी मित्र–राष्ट्र मात्र होइन, अत्यन्त प्रगाढ र घनिष्ठसम्बन्ध भएको मुलुक पनि हो । विभिन्न समयमा नेपालमा भएका प्राकृतिक प्रकोप– भूकम्प÷बाढीपहिरोजस्ता आपदका बेला चीनले महत्वपूर्ण सहयोग गर्ने गरेको छ । नेपालले चीनमा सङ्कट पर्दा उसले आफूलाई गरेजस्तै सहयोग गर्न नसके पनि कम्तीमा छिमेकीको पीडामा नुनचुक छर्कने हर्कत गर्नु हुँदैन । नेपालले चीनले थालेको नयाँ कोरोनाभाइरसविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउन सक्छ । तर, नेपालको व्यवहार चीनप्रति रुखो हुँदै छ ।
हुपेई प्रान्तमा रहेका नेपालीलाई नेपाल सरकारले उद्धार गरेर लाने निर्णय गरिसकेको छ । आफ्ना नागरिक रक्षाका लागि सरकारले गरेको निर्णय स्वाभाविक छ । तर, नेपालमा चीनलाई बदनाम गर्ने गरी नचाहिँदो हल्ला पिटाइएको छ । नेपाली सञ्चारमाध्यमले पनि जानेर र नजानेर चीनविरुद्ध नकारात्मक सन्देश फैलाइरहेको देखिन्छ । विशेषगरी नेपाली सञ्चारमाध्यम विवादित समाचारका लागि तँछाडमछाड गर्छन् । सबैभन्दा पहिले समाचार सम्प्रेषण गर्ने हतारोमा सत्यतथ्य नै नकेलाइएका उदाहरण थुप्रै छन् । केही समयअगाडि उहानका विद्यार्थीलाई उद्धृत गर्दै केही नेपाली सञ्चारमाध्यमले शौचालयकै पानी पिउनुपरेको भ्रामक समाचार सम्प्रेषण गरेका थिए । जसले नेपाली समाजमा ठूलो भ्रम फैलाएको छ । साँच्चै उहानमा नेपाली विद्यार्थी शौचालयकै पानी पिउँदै छन् त ?
चीनका हरेक क्षेत्रमा वितरित पानी उमालेर पिउनयोग्य हुने खालको छ । राजधानी पेइचिङ होस् वा चीनका अन्य सहरका होटलका धारामा आउने पानी उमालेर पिउन सकिन्छ । पाँचतारे होटलमा आउने पर्यटकले समेत त्यही धाराको पानी उमालेर पिउने गरेका छन् । पाँचतारे होटलमा प्रयोग हुने पानी नै अन्य बसोबास क्षेत्र र विश्व विद्यालयहरूमा वितरण हुने गरेको छ । छात्रावास अथवा कुनै पनि बसोबास क्षेत्रका धाराको पानी पनि उमालेर प्रयोग गर्न सकिन्छ÷भइरहेको छ । कोही धनाढ्य र उच्चस्तरका व्यक्तिले मिनिरलवाटर मात्र पिउलान् अथवा कसैले पाँचतारे होटलमा मात्र खाना खालान् त्यो कुरा सबैमा लागू नहोला ।
नेपाली विद्यार्थीले सहानुभूति खोजेर सरकारले आफूहरूलाई चाँडै उद्धार गरी नेपाल फर्काओस् भन्ने हेतुले चीनलाई आक्षेप लगाउनु उनीहरूकै लागि घातक हुन सक्छ । छात्रवृत्ति पाउन विद्यार्थीले नेतालाई खुसी पार्ने अनि नेताले चिनियाँ दूतावासलाई रिझाउने गरिएको कुरा कसैबाट लुकेको छैन । चीनमा छात्रवृत्तिमा पढिरहेका नेपाली विद्यार्थीको विवरण चिनियाँ दूतावासमा अवश्य होला । समाचारमा आएका कुरा चिनियाँ दूतावासले नोट गरेको भए पक्कै पनि उसले त्यससँग जोडिएका प्रश्न सम्बन्धित विश्वविद्यालयमा पठाउँछ । अहिले चीन सङ्कटमा छ ।
चीनले अहिले दायाँबायाँ नसोच्ला । तर, अवस्था सामान्य बनेपछि कोरोनाभाइरसको निहुँमा आफ्नो बदनाम गर्ने र अवाञ्छित गतिविधि गर्नेविरुद्ध उसको नजर पर्न सक्छ र त्यसबेला छात्रवृत्तिमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई अप्ठ्यारो पर्न सक्छ । भावुक भएर सहानुभूति र सान्त्वना खोज्दा नतिजा प्रत्र्युपादक हुन सक्छ । हुपेई प्रान्तमा रहेका नेपालीलगायत सबै विदेशी विद्यार्थीलाई चीनले स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गरेर राखेको छ । विद्यार्थीलाई कोठाकोठामा खानेकुरा लगिदिएको छ । विदेशी विद्यार्थीकै लागि निश्चित उपभोग्य पसल खोलिदिएको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले पनि हुपेई प्रान्तमा रहेका नेपालीको जिम्मा चीन सरकारले लिएको बारम्बार बताइरहेकी छन् । उनीहरूलाई नेपालले स्वदेश फर्काउने भए चीनले सहयोग गर्ने तर त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ । कारण नेपालमा कोरोनाको सङ्क्रमण नफैलियोस् ।
यतिबेला हुपेई प्रान्तमा विदेशीका नाममा नेपाली मात्र रहेको जस्तोगरी नेपालमा प्रचार गरिएकोे छ । तर, यहाँ अहिले पनि ३ हजार हाराहारीमा अमेरिकी नागरिक छन् । अमेरिकाले आफ्नो महावाणिज्यदूतावासमा रहेका कर्मचारीको मात्र उद्धार गरेको हो । हुपेई प्रान्तमा १ सय ४७ देशका नागरिक विभिन्न पेसा गरेर बसेका छन् । तीमध्ये अहिलेसम्म ८–१० मुलुकले मात्र आफ्ना नागरिक फिर्ता लगेका छन् । त्यसमा पनि सबैलाई होइन । भारतले आफ्ना नागरिक फिर्ता लगे पनि हुपेईमा अझै केही भारतीय बाँकी नै छन् । नेपाली विद्यार्थी र उनीहरूका आफन्तले नेपालमा गरेको रोइलो र सुगा रटाइलाई राजनीतिक मुद्दा बनाइएको छ । छिमेकी मित्र–राष्ट्रसँगको सम्बन्धलाई बेवास्ता गर्दै नेपालीलाई फिर्ता लाने कुरालाई इबी साँध्ने माध्यम बनाउनु राजनीतिक दलको अपरिपक्वता हो । यति मात्र होइन, यतिबेला विभिन्न अफवाह र भ्रामक समाचारको खेती पनि नेपालमा भइरहेको देखिन्छ ।
सत्तारूढ दल नेकपाका एकजना केन्द्रीय नेताले नयाँ कोरोनाभाइरस नियन्त्रण गर्ने सन्दर्भमा खुसीको खबर भन्दै तातोपानीमा लसुन भिजाएर खाए ठीक हुने बनिबनाउ सन्देश विच्याटमा पङ्क्तिकारलाई पठाए । मैले यस्तो भ्रम अरूमा नफैलाउन सुझाव दिएपछि उनले माफी मागे । त्यसैगरी एकजना वरिष्ठ पत्रकारले न्युजिल्यान्डका पत्रकारलाई उद्धृत गर्दै सोधे, ‘कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएकालाई चीनले गाड्न नदिएर जलाउन लगाएको सत्य हो ?’ पहिलो कुरा त अहिले चीनमा शव गाड्ने चलनै छैन । दोस्रो– दुर्गम र ग्रामीण क्षेत्रमा पनि शव गाड्नेभन्दा जलाउने चलनलाई प्राथमिकता दिने गरिएको छ । यसो गर्नाका मुख्य कारण हुन्, जमिन अभाव र गाड्दा शवबाट फैलिने सङ्क्रमणको जोखिम । चीनको मध्तगमा पर्ने हुपेई प्रान्त र उहान चीनका अत्याधुनिक विकसित ठाउँमध्येमा पर्छन् । जहाँ शव गाड्ने ठाउँ पाउने कुनै गुन्जाइस छैन । एक अनलाइनका सम्पादकसमेत रहेका ती वरिष्ठ पत्रकारमा समेत स्यालको हुइयाँले प्रभाव पारेको पाउँदा उदेक लाग्यो ।
नयाँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनासाथ चीनले त्यसको आणुवांशिक जिनबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी दिएको थियो । चीनले हुपेई प्रान्त र त्यसआसपासका क्षेत्रलाई ‘लक्ड’ गरेपछि पनि सूचना–संयन्त्र चुस्त र पारदर्शी बनाएको छ । छिनछिनमा मृतक र सङ्क्रमितको तथ्याङ्क चीनले सबैसामु प्रस्ट रूपमा प्रस्तुत गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले समेत चीनको यस्तो कार्यशैलीको मुक्त कण्ठले प्रशंसा गरिरहेको छ । तर, नेपाली सञ्चारमाध्यमले चीनले सूचना लुकाएको भन्दै लेख्न हतार गरेका छन् । सङ्क्रमणको महामारी रोक्न चीन सफल भएको भनेर विश्वले भनिरहेका बेला नेपाली सञ्चारमाध्यम भने चीनको राजनीतिक व्यवस्थाप्रति नै प्रश्न उठाउन तम्सिएका छन् । चीनबाट सबै रोग फैलिन्छ भन्ने कोणबाट लेख लेखेर कथित चिकित्सकले आफ्नोे आचार–संहिताको ख्याल गरेको पनि देखिँदैन ।
चीनले सङ्कट सामना गरिरहेका बेला हामी नेपालीको कदम भने सच्चा छिमेकीको जस्तो देखिएको छैन । नेपाली उखानै छ– मर्दाको मलामी र जिउँदाको जन्ती । तर, हामी ‘ताक परे तिवारी नत्र गोतामे’ प्रवृत्ति प्रस्तुत गरिरहेका छौँ ।
(आचार्य, पेइचिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) को नेपाली सेवामा ‘विदेशी विशेषज्ञ’ हुन् ।)
साभारः नागरिक दैनिक, २ फागुन २०७६
Leave a Reply