भर्खरै :

‘शमी’ अङ्क ६ नियाल्दा

 सुमन
शमी साहित्य प्रतिष्ठान, काठमाडौँले २०७६ साउनदेखि प्रकाशन आरम्भ गरेको मासिक साहित्यिक पत्रिका ‘शमी’ ले नेपाली साहित्यको फाँटमा छुट्टै पहिचान बनाई भाषा र साहित्यको विकासमा योग्दान पु¥याउने लक्ष्य बनाउन खोजेको छ । यहीँ क्रममा ‘शमी’ पुस अङ्क पूर्णाङ्क ६ सरसरती हेरेँ ।
यस अङ्कको थालनीमै “प्राज्ञिक व्यक्तिलाई पर राखेर झन्डामुनि बस्नेलाई स्थान दिएर समाजवाद आउँदैन” भन्ने शीर्षक राखेर नेपालका वरिष्ठ राजनीतिज्ञ एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग डोलिन्द्रप्रसाद शर्माले गरेको संवादलाई अन्तर्वार्ताको रूप दिएर पत्रिकालाई बोझिलो बनाइएको छ ।
साहित्यको राजनीतिमा मनग्य प्रभाव रहेको कुरा विभिन्न देशको आन्दोलनको उदाहरणद्वारा पुष्टि भएको तथ्य अन्तर्वार्तामा प्रस्तुत गरिएको छ । सबै नकारात्मक गुमास्ता र पात्रहरूलाई छ्यास्ने र निःस्वार्थरूपले देश एवम् जनताको सेवा गर्ने दल र कार्यकर्ताहरूको सकारात्मक सोच र कार्यलाई उजिल्याउनु साहित्यको धर्म हुने बताइएको छ । त्यस्तै एमसीसीको पक्षमा वकालत गरी देश र जनताको अधोगतितिर लैजाने शासक दलहरू प्रतिगामी र युद्धपिपासु एवम् विध्वंशकारी आक्रमणकारीहरूसँग गठबन्धन गर्न खोजिँदै छ भन्दै साहित्यको सृजनामार्फत त्यस्ता प्रतिक्रियावादी गठबन्धनको विरोध गर्नु आजको कर्तव्य हुने उल्लेख गरिएको छ ।

जनता र कार्यकर्ता योग्य र इमानदार नबनेसम्म योग्य र इमानदार नेता पनि तयार नहुनेबारे जनतालाई गहन सन्देश दिन का. रोहितसँगको उक्त अन्तर्वार्ता सार्थक रहेको पाइयो ।
‘समकालीन, सिर्जना र समालोचना’ शीर्षक रहेको समालोचनात्मक लेख पढेँ । लेखमा ‘माओवाद’ र ‘जनयुद्ध’ जस्ता शब्दहरूको प्रयोग अलि समीचीन नभएको महसुस हुन्छ । अध्यक्ष माओ आफू जीवित हुँदा नै एकजना विदेशी पत्रकारले उहाँसँग लिएको एउटा अन्तर्वार्तामा आफ्नो छुट्टै वाद नभएको बरू माक्र्सवाद–लेनिनवाद चिनियाँ माटोमा प्रयोग हुँदा अनुभवको सारमात्रै भएको स्पष्ट पार्नुभएको थियो ।

साझा प्रकाशन र प्रज्ञाप्रतिष्ठान भाषा साहित्यको विकासमा पहिलाजस्तै सशक्त नभएकोले सरकारको ध्यान आकृष्ट पारिएको छ । एउटा प्रश्नको जवाफमा दुईतिहाइमात्र होइन सकारात्मक सोच नभएको एकै दलको संसद्को सरकार बने पनि परिणाम नकारात्मक हुने पुँजीवादी संसदीय व्यवस्थाको चरित्र प्रस्ट्याइएको छ । जनता र कार्यकर्ता योग्य र इमानदार नबनेसम्म योग्य र इमानदार नेता पनि तयार नहुनेबारे जनतालाई गहन सन्देश दिन का. रोहितसँगको उक्त अन्तर्वार्ता सार्थक रहेको पाइयो ।
‘समकालीन, सिर्जना र समालोचना’ शीर्षक रहेको समालोचनात्मक लेख पढेँ । लेखमा ‘माओवाद’ र ‘जनयुद्ध’ जस्ता शब्दहरूको प्रयोग अलि समीचीन नभएको महसुस हुन्छ । अध्यक्ष माओ आफू जीवित हुँदा नै एकजना विदेशी पत्रकारले उहाँसँग लिएको एउटा अन्तर्वार्तामा आफ्नो छुट्टै वाद नभएको बरू माक्र्सवाद–लेनिनवाद चिनियाँ माटोमा प्रयोग हुँदा अनुभवको सारमात्रै भएको स्पष्ट पार्नुभएको थियो । त्यस्तै नेपालमा २०५२ सालमा सुरू गरेको ‘जनयुद्ध’ नेपाली जनताको बलमा छेडेको नभई भारतीय विस्तारवादको गोटीचालमात्रै भएको र त्यसमा उपयोग भएका नेताहरू नेपालमा भारतीय एकाधिकार पुँजीको एकछत्र उपनिवेश कायम राख्न पठाइएका ‘ट्रोजन हर्स’ सावित भएको कुरा भारतीय नेताहरूकै भनाइ र लेखाइबाट पुष्टि भएको विषय हो ।
ध्रुव मधिकर्मीद्वारा लिखित ‘कथा त सिद्धिएकै छैन’ कथामा ‘पुनः मुसिक भवः’ भन्ने संस्कृत कथाको झल्को पाइन्छ । यसमा प्रजातन्त्रवादी नेतामाथि कथाकारको कटाक्ष छ ।
सीपी गजुरेलको ‘राजनीति र साहित्यको अन्तरसम्बन्धः माक्र्सवादी दृष्टिकोण’ भन्ने समालोचनात्मक लेखमा समाजमा वर्गहरू रहेसम्म तिनको प्रतिनिधित्व गर्ने विचार, दर्शन, राजनीति, संस्कृति रहने कुरा प्रस्तुत गरिएको छ । हामी राजनैतिक प्राणी भएकैले हामीले सृजना गर्ने साहित्य राजनीति हो भनी प्रस्ट्याउन उनले आफ्नो लेखमा माओ र लेनिनका उद्धरणहरूको सहयोग लिएको पाइन्छ ।
‘उर्मो र हिमालको गाउँ’ शीर्षकमा निबन्धकार जितेन्द्र रसिकले तिमाल डाँडाको प्राकृतिक छटा, त्यहाँको जनजीवन, रीतिरिवाज, खानपिन, कृषिजन्य उब्जनी र जडिबुटीको वर्णन गरेका छन् । उनले स्थानीय बोलीका शब्दहरू ठाउँ–ठाउँमा प्रयोग गरी स्थान विशेषको जीवन्तता दर्शाए । यस्तो रमणीय स्थान भइकन पनि काठमाडौँको दृष्टि नपुगेकोले तिमाल डाँडा युगौँदेखि दुख्दै आएको गुनासो निबन्धमा पोखे । ‘सुनका सिक्री’ कथामा भगिरथी श्रेष्ठले साथीको घरमा सुनको गहना भेटाउँदा उठेका मनका द्वन्द्वहरूलाई नाटकीयपाराले प्रस्तुत गरे । बेला–बेलामा प्रबलरूपमा उठ्ने लोभ, लालच, इच्छा र मोहले मान्छे विवेकको चक्षु पनि अन्धो बनाइदिने सम्बन्धमा मनोविश्लेषणात्मक चित्र कथामा कोरेको पाइन्छ । पाएको सुनको सिक्रीले तिनलाई जीवनभर शान्ति–सुख दिन नसक्ने अनुभूत गर्दैै उक्त सिक्री साथीलाई नै बुझाउन पुग्छिन् । अन्तमा त्यो नक्कली सुनको गहना भएको साथीबाटै थाहा पाएपछि तिनको मनभित्र उब्जेको आवेग, संवेग, शङ्का र डरका उग्र भेल शान्त भएको र ती सबैबाट मुक्त भएको अनुभूति गर्छिन् ।
‘बादलभित्रको घाम’ निबन्धसङ्ग्रहबाट साभार गरिएको निबन्ध ‘मिडिया चमत्कार’ मा निबन्धकार डोलिन्द्रप्रसाद शर्माले नेपालको राजनीति, समाज र व्यवसायलाई पत्रकारिताले सिकार बनाएको बताए । सञ्चारमा भाइरस पसेपछि राज्यका अवयवहरू कसरी निकम्मा हुनेरहेछ भन्ने कुरा आफू साझा प्रकाशनमा गएपछि भोग्न परेका पीडाहरूबाट उनले प्रस्ट्याए । एउटा दैनिक पत्रिकाले आफूसँग ब्लाय्कमेलिङ गर्न खोजेको प्रसङ्ग उठाई सत्य डुब्नु हुँदैन र असत्य टिक्नु हुँदैन, इज्जतसँग बाँच्ने हक कुनै पनि मानिसमा हुन्छ भनी अडिग भएर बसेको उल्लेख गरे । उक्त पत्रिकाले साझा प्रकाशनमा भ्रष्टाचार भएको समाचार छापेकोमा त्यसको उनले खण्डन गरे ।
त्यस्तै मणि लोहनीले आफ्नो कथा ‘परिचित अनुहार’ मा रहस्यमयी दरबार हत्या–काण्डबारे आफू स्वयं राजकुमार दीपेन्द्र बनी उक्त काण्डको काल्पनिक विवरणसहितको तस्वीर उतारेको झझल्को प्रस्तुत गरे । बीचबीचमा मनोवादको प्रस्तुतिले उक्त घटनालाई उनले फिल्मी स्टाइल दिए ।
एउटा गरिब परिवारमा पटक–पटकको घाटक रोगले घरमूलीलाई थिल्थिल्याए पनि हार नमानिकन परिवारका सानादेखि ठूला सबै सदस्यहरू लागेर समस्या समाधान गरेको सफलताका उदाहरण प्रस्तुत गरिएको छ विद्यार्थी बहिनी कृष्टिना भट्टराईको कथा ‘सफलता’ मा ।
बाबुराम न्यौपानेद्वारा लिखित ‘आयल निगमको अवस्था र यसका उपलब्धि’ छ । भारतीय विस्तारवादी नीतिद्वारा गरिएको नाकाबन्दीले तेल आपूर्तिमा देशलाई पार्ने अप्ठेरोबारे उल्लेख गरिनुका साथै कतिपय टे«ड युनियनकर्मीहरूमा नेतृत्वमा पनि बस्ने र पैसा कमाउनका लागि व्यवस्थासँग पनि नजिक रहेर आफ्नो प्रभाव बनाइराख्ने प्रवृत्ति लेखमा प्रस्तुत गरिएको छ । निगमले गरेको योगदानबारे पनि उनले लेखमा चर्चा गरे । देशको पञ्चिमी भूभागको ठाउँठाउँमा ग्याँस बलिरहेको देखिए तापनि निगम त्यसमा सजग नभएका गुनासाहरू उनले पोखे ।
यस अङ्कको बीचबीचमा कविता र गजलहरू प्रस्तुत गरी साहित्यका अन्य विधाहरूलाई समेटेको देखिन्छ । ‘शमी’को गतिविधिको छोटो विवरणसहित उक्त ‘शमी’ साहित्यिक मासिक अङ्क टुङ्गिन्छ ।
परिवर्तनको बाहकको रूपमा रहेका श्रमजीवी परिश्रम गर्ने व्यापक जनतालाई सचेत, सङ्गठित र सशक्त तुल्याउने खालका साधारण जनताले पनि बुझ्ने सरल र सरस साहित्यिक रचनाहरू आगामी अङ्कहरूमा समेट्दै ‘शमी’ अगाडि बढ्दा अझ फलदायी र सार्थक हुने अपेक्षा राख्नु अन्यथा नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *