भर्खरै :

निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना पक्राउ

चितवन, २१ वैशाख । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गएराति तीनजनालाई नियन्त्रणमा लिएको छ ।
मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्ने लगायतका काम गरेको भन्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाका इन्चार्ज रघुवीर शर्मा, रामबहादुर लामा र रोशन कार्कीलाई पक्राउ गरेको हो ।
उनीहरुले गएराति खैरहनी नगरपालिकाका प्रमुख र उपप्रमुखको घरमा कालो झन्डा गाड्ने, मनोनयन फिर्ता लिन पत्र बुझाउने लगायतका काम गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उनीहरुले चन्दा आतङ्कसमेत मच्चाउने काम गरेकाले प्रचलित कानुनअनुसार कारबाही गरिने थापाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *