‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
भक्तपुर, ८ फागुन । भक्तपुर महोत्सवको तयारीमा भक्तपुर नपाले बिहीबार भक्तपुर नगरभित्रका सहकारीकर्मीहरूको भेला ग¥यो ।
भेलामा भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न र सहकारीले गरिरहेका गतिविधि महोत्सवमा प्रदर्शन गर्न अनुरोध गर्नुभयो ।
महोत्सव भन्दैमा जथाभावी पैसा असुल्ने, मनोरञ्जनको नाममा विकृति फैलाउने काम गर्न नहुने चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर महोत्सवले भक्तपुर नगरलाई देश–विदेशमा चिनाउन सहयोग पुग्छ भन्नुभयो ।
भक्तपुरलाई नमुना सहरको रूपमा परिचित गर्न सहकारीकर्मीमाझ आह्वान गर्दै उहाँले देशको पर्यटनको लागि टेवा दिन भक्तपुर महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले महोत्सवको समयमा नगरको सरसफाइको निम्ति फोहरमैला व्यवस्थापनबारे पनि छलफल भइरहेको चर्चा गर्दै भक्तपुर महोत्सव सफल बनाउन सहकारीकर्मीहरूले आ–आफ्नो ठाउबाट भूमिका खेल्न अनुरोध गर्नुभयो ।
भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवका आकर्षण र विशेषताबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुले पनि महोत्सवलाई उल्लासमय ढङ्गले सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित सहकारीकर्मीहरूले ‘महोत्सवको विषयमा आ–आफ्ना जिज्ञासा र मन्तव्यहरू राख्नुभएको थियो ।
Leave a Reply