भर्खरै :

षड्यन्त्रमूलक सिद्धान्त’ पछाडिको खराब अभिप्राय

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयेससले नयाँ कोरोना भाइरस महामारीपछि, विश्व स्वास्थ्य सङ्गठनले भाइरससँग मात्र लडिरहेको छैन, तर झूटा जानकारीविरूद्ध पनि लडिरहेको बताउनुभएको छ ।
स्थानीय समयअनुसार २१ तारिखका दिन रुसका लागि चीनका राजदूतावासले तथाकथित ‘रूसद्वारा नयाँ कारोना भाइरसलाई कृत्रिम संश्लेषणको रूपमा मान्यता’ शीर्षकको समाचार झूटो अफवाह मात्रै हो । रुसी स्वास्थ्य मन्त्रालयले नयाँ कारोना भाइरस कृत्रिम संश्लेषणको परिणति भएको भनेर कहिले पनि औँल्याएको छैन् रुसी सरकारले पनि जवाफ दिएको छ ।
यो गलत अफवाह चीनलाई बदनाम गर्न खोजिएको पछिल्लो घटना हो, तर यो अन्तिम नहुन सक्छ । नयाँ कोरोना भाइरस महामारीको प्रकोपका साथ, पश्चिमा चीनविरोधी शक्तिहरूले महामारीको हुलमुलमा भ्रामक प्रचारलाई बढावा दिइरहेका छन् र महामारी रोकथाम र नियन्त्रणमा चीनको प्रयासको बदनाम गरेका छन् ।
महामारीको प्रारम्भिक चरणमा, अमेरिकी गणतान्त्रिक पार्टी सिनेटर टम कटनले टेलिभिजनमा नयाँ कोरोना भाइरस ‘उहानको एउटा बायोकेमिकल प्रयोगशालाबाट उत्पन्न भएको हो’ भन्नुभयो । उहाँबाहेक, अमेरिकाका एकजना पत्रकार बिल गर्जले पनि चिनियाँ सेनालाई यस महामारीको कारक भन्ने ठह¥याएका छन् । यसले ‘षड्यन्त्रमूलक सिद्धान्त’ का पछाडि तिनीहरूको खराब नियत नै देखाउँदछ ।
बितेका दिनहरूमा विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायले यो ‘षड्यन्त्रमूलक सिद्धान्त’को लगातार विरोध गर्नुका साथै चीनको प्रयासहरूलाई निरन्तर समर्थन गरिरहेका छन् ।
चीन लक्षित विविध झूटा कुराहरू कहाँबाट सिर्जना हुन्छन् ?
चिनियाँ जनताले सकेसम्म प्रयास गरेपछि एनसीपीको निवारण र नियन्त्रण कार्यमा केही सकारात्मक प्रगति प्राप्त गरेको छ । फेब्रुअरी १३ तारिखसम्म चीनको मुख्य भूमिमा हुपेई बाहिरका क्षेत्रमा नयाँ थपिएका निश्चित बिरामीको कूल सङ्ख्या २ सय ६७ रहेको छ । जुन तथ्याङ्क लगातार १० दिनसम्म तल झरेको देखिन्छ ।
तर अन्तर्राष्ट्रिय समाजले त्यस प्रगतिप्रति हौसला दिएको बेला केही नकारात्मक आवाज फेरि देखिएको छ ।
हाल न्यूयोर्क टाइम्सले सार्स, पक्षी रुघा र नयाँ कोरोना भाइरस किन धेरै किसिमका सरुवा रोग चीनमै आकस्मिक रुपमा देखा परेको छ ? शीर्षकमा एउटा लेख प्रकाशित गरेको छ । त्यस लेखले बाज समूहका राजनीतिक व्यक्ति अर्थात् अमेरिकी राष्ट्रिय व्यापारिक परिषद्का अध्यक्ष पेटर नाभारोको कुरालाई उद्धृत गर्दै चीनलाई ‘रोगको सिर्जना गर्ने यन्त्र’ दाबी गरेको छ । चीनलाई बदनाम गरेको यस्तो कारबाही केही अमेरिकी राजनीतिक व्यक्ति र सञ्चारमाध्यममा पहिलो होइन ।
तैपनि अन्तर्राष्ट्रिय समाजको सहायता र समर्थन जारी रहँदा विभिन्न पक्षहरूले सक्रियताका साथ शक्ति जुटाइरहेका छन् ।
चीनका यी आठवटा उपलब्धिमूलक कार्यहरू अमेरिकी राजनीतिज्ञले गर्नसक्छन् ?
चिनियाँ जनताको अथक प्रयासपछि महामारीको प्रतिरोध तथा नियन्त्रण कार्यमा स्पष्ट उपलब्धि हासिल हुँदै आएको छ । चीनले गरेको विशाल प्रयास तथा बलिदानको प्रशंसा अन्तर्राष्ट्रिय समाजले गरेको छ । तापनि केही अमेरिकी राजनीतिज्ञहरूले निरन्तर चीनको प्रयासमा हिलो छ्यापेर चीनको राजनीतिक व्यवस्थाको बदनाम गरेका छन् ।
फेब्रुअरी १८ तारिख दक्षिण अमेरिकाका लागि चिनियाँ राजदूत लीन सुङ थ्यानले महामारीको प्रतिरोध युद्धमा आठ वटा क्षेत्रमा चीनले देखाएको व्यवहार तथा प्राप्त उपलब्धिबारे बयान दिनुभएको छ । यी आठ वटा महाकार्यहरू निम्न छन्, पहिलो, चीनका सर्वोच्च नेता र कम्युनिस्ट पार्टीको नेतृत्वमा देशभरका जनता एकताबद्ध भएकाले चाँडै र प्रभावकारीरूपमा नयाँ कोरोना भाइरस महामारीलाई छोटो समयमै रोकेको बताउनुभयो । दोस्रो, लगभग दश दिनमा उहानमा दुई वटा विशेषज्ञ अस्पताल निर्माण गरेको छ । तेस्रो, पार्टी र सरकारको नेतृत्वमा एक अर्ब चालीस करोड चिनियाँहरूले दुई हप्ता वा बढी समयको लागि स्वेच्छिकरूपमा घरमा ‘आइसोलेसन’मा बसेका छन् । चौथो, चीनले तुरुन्तै देशभरका अन्य प्रान्तहरू र सहरहरूमा २०० भन्दा बढी चिकित्सा टोलीहरू परिचालन गरेको छ, बत्तीस हजारभन्दा बढी चिकित्सा क्षेत्रका कर्मचारीहरू र आवश्यक चिकित्सा सामग्रीहरू आकस्मिकरूपमा उहान र हुपेईमा सहयोगका लागि पठाएको थियो । पाँचौँ, चीनले १९ सहरहरूलाई हुपेईका १६ शहरमा सहयोग पु¥याउन परिचालन गरेको छ । छैठौँ, केन्द्र र स्थानीय सरकारले महामारी विरूद्ध लड्नका लागि तुरून्त दस अर्ब अमेरिकी डलर विनियोजन गरेको थियो । सातौँ, चिनियाँ कम्युनिस्ट पार्टीले ४० वर्षमा असी करोडभन्दा बढी चिनियाँलाई गरिबीबाट मुक्त गरेको छ र सन् २०२०को अन्त्यसम्ममा एक अर्ब चालीस करोड चिनियाँलाई पूर्ण गरिबीबाट मुक्त गर्न प्रतिबद्ध छ । आठौँ, कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले जहिले पनि शान्तिपूर्ण विकासको बाटोमा दृढरूपमा हिँड्दै विश्वका सबै देशहरूसँग शान्तिपूर्ण सह–अस्तित्व कायम गरेको छ । राजदूत लीनले यी आठ वटा कार्यहरूमध्ये ‘अमेरिकाले कुनै एउटा पनि गर्न नसक्ने साथै स्थायीरूपमा पनि गर्न नसक्ने’ कुरामा जोड दिनुभयो ।
सन् २००९ मा अमेरिकामा एचवानएनवान बर्ड फ्लु भेटिएको थियो । अमेरिकी सरकारले ‘चेतावनी दिनुपर्ने आवश्यकता नभएको’ दाबी गरेको थियो । ६ महिनापछि मात्रै अमेरिकी सरकारले सङ्कटकालीन अवस्थाको घोषणा गरेको थियो । जसबाट एचवानएनवान बर्ड फ्लु २१४ वटा मुलुक तथा क्षेत्रमा फैलिएको थियो र विश्वमा सङ्क्रमितको सङ्ख्या ६ करोड पुगेको थियो र करिब ३ लाखको मृत्यु भएको थियो ।
केही अमेरिकी राजनीतिज्ञको आँखामा निजी स्वार्थ लुकेको छ । ‘आठ वटा महाकार्य गर्नसक्छ कि सक्दैन’ को उत्तर दिँदा उनीहरूले अमेरिकी नागरिकहरूसँग माफि माग्नुपर्छ की ?
भेदभावपूर्ण लेख प्रकाशन नै अमेरिकाको तथाकथित अभिव्यक्ति स्वतन्त्रता हो
अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पेओले चीनद्वारा पेइचिङका लागि वाल स्ट्रिट जर्नलका तीन पत्रकारको प्रेस कार्ड रद्द गरेकाले अभिव्यक्ति स्वतन्त्रता सीमित गरेको विचार व्यक्त गरेका छन् । यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज २० तारिख प्रतिक्रिया दिँदै मन्त्री पोम्पेओले ‘अभिव्यक्ति स्वतन्त्रता’ भन्न रूचाउने भएपनि औपचारिकरूपमा भेदभावपूर्ण लेखको प्रकाशन गरेर आफ्नो गल्ती अस्वीकार गरी माफी माग्न अस्वीकार गर्नु नै अमेरिकाले भन्ने गरेको तथाकथित अभिव्यक्ति स्वतन्त्रता हो भन्ने प्रश्न गर्नुभएको छ ।
प्रवक्ता कङ श्वाङले जोड दिनुभएअनुसार चीनले कानुनबमोजिम विदेशी पत्रकार सम्बद्ध मामिलाको समाधान गरेको हो । सार्वजनिकरूपमा चीनलाई कालो बनाउने र भेदभावको प्रचारप्रसार गर्ने सञ्चार माध्यमले आफ्नो गल्तीको जिम्मेवारी लिनु आवश्यक छ ।
केही व्यक्तिहरूद्वारा आशा गरिएको ‘चीनबाट सम्बन्ध विच्छेद’–एक ठट्टा
हिजो फेब्रुअरी सोह्र तारिखका दिन चीनमा एकै समयमा दुई कुरा भए । पहिलो विश्व स्वास्थ्य सङ्गठनद्वारा पठाइएको संयुक्त विशेषज्ञ समूह पेइचिङमा आइपुग्यो, टोलीले सम्बन्धित चिनियाँ विभाग र विज्ञहरूसँग महामारीको रोकथाम र नियन्त्रणलाई सुदृढ पार्नका लागि प्रयास गरेको छ । दोस्रो, सामानले भरिएको एउटा ट्रक चीनको ह नानबाट मध्य एसिया प्रस्थान गर्यो । यसबाट चीन खुलापन र पारदर्शिताको सिद्धान्तको पालना गर्दछ, महामारी रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई सुदृढ पार्दछ, र सामान्य आर्थिक र सामाजिक गतिविधिहरू पुनः स्थापना गर्न प्रयास गर्छ भन्ने देखाउँछ ।
यो केवल आफ्नो मुलुकका जनताको हितको रक्षा गर्नमात्र होइन व्यापक विश्वव्यापी चासोको रक्षा गर्न पनि गरिन्छ । केही व्यक्तिहरूद्वारा आशा गरिएको ‘चीनबाट सम्बन्ध विच्छेद’ जुन एक ठट्टा भइरहेको भन्ने पनि यसले देखाउँदछ ।
पछिल्लो तथ्याङ्कका अनुसार फेबु्रअरी १६ तारिखका हुपेईबाहेक चीनका अरू क्षेत्रमा नयाँ कोरोना भाइरस निमोनियाद्वारा पुष्टिकृत मानिसको सङ्ख्या ११५ थियो जुन लगातार १३ दिनदेखि घट्दै आइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयेससले चीनले स्रोतबाट महामारीको प्रसारमा रोक लगाएकाले ठूलो मूल्य चुकाउन र विश्वका लागि समय प्राप्त गर्न पर्याप्त भएको बताउनुभयो ।
महामारीको प्रारम्भिक चरणमा अमेरिकाले उहानबाट आफ्नो कन्सुलर स्टाफ फिर्ता लिने, विश्व स्वास्थ्य सङ्गठनको सुझावलाई बेवास्ता गर्ने र चिनियाँ नागरिकहरूमाथिको व्यापक प्रतिबन्ध लगाउने जस्ता निर्णय गर्यो । केही पश्चिमा मिडिया र राजनीतिज्ञहरूले पनि झूटा शब्दहरू दिएका छन् र चीनको महामारी रोकथाम कार्यहरूको बारेमा गैरजिम्मेवारपूर्ण टिप्पणी गरेका छन् र फेरि एकपल्ट ‘चीनबाट सम्बन्ध विच्छेद’ को कुरा उठाइरहेका छन् ।
विश्वव्यापीकरणको युगमा, ‘चीनबाट सम्बन्ध विच्छेद’ यो अव्यवहारिक कुरा हो । यस महामारीले मानिसहरूलाई अझ स्पष्ट रूपमा देखायोः यो एउटा साझा भाग्यको संसार हो, कुनै पनि देशले मानव जीवनका विभिन्न चुनौतीहरूको सामना गर्न सक्दैन । यस कारणले गर्दा, धेरै देशहरूले चीनलाई सहयोग गरिरहेका छन् । १६० वटाभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय समाजले चीनप्रति सहानुभूति व्यक्त गरेका छन् । दशौँ मुलुकका सरकार र जनताले चीनलाई मद्दत दिएका छन् ।
(सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *