भर्खरै :

सय मिटर महिला दौडमा स्वागत प्रथम

भक्तपुर, १० फागुन । भक्तपुर नपाको आयोजनामा भएको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न १०० मि. महिला दौडको फाइनल गेममा भक्तपुर नपाका स्वागता खाइजू प्रथम, भक्तपुर नपाका प्रकृति सुवाल द्वितीय, र ललितपुर मनपाका सुप्रिया रजक तृतीय हुन सफल भए ।
१०० मि. पुरुषतर्फको दौड फाइनल गेममा ललितपुर मनपाका आशिष खत्री प्रथम, भरतपुर मनपाका भुवन महतो द्वितीय र भक्तपुर नपाका रोहन सुवाल तृतीय हुन सफल भए ।
५००० मिटर पुरुष दौडतर्फ भएको फाइनल गेममा भक्तपुर नपाका ईश्वरचन्द्र बस्नेत प्रथम, चाँगु नपाका सागर श्रेष्ठ द्वितीय र भक्तपुर नपाका विश्वराम कुँवरले तृतीय स्थान हासिल गरे ।
यसैगरी त्रिपल जम्प पुरुष फाइनलतर्फ भरतपुर मनपाका भुवन महतो प्रथम, भक्तपुर नपाका रोशन पहरी द्वितीय र मन्थली नपाका मनोज श्रेष्ठले तृतीय स्थान हासिल गरे ।
त्रिपल जम्प महिलातर्फ भएको खेलमा भक्तपुर नपाका स्वागता खाइजु प्रथम, ललितपुर मनपाका रजिना दुलाल द्वितीय र भक्तपुर नपाका श्रयस्का शिल्पकार तृतीय हुन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *