ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
– अमन दुलाल
‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भनी पटक–पटक वाचा खाएका प्रधानमन्त्री केपी ओलीको स्वर सेलाउन नपाउँदै सरकारका प्रवक्ता गोकुल बाँस्कोटा कमिसनको चक्करमा फसेपछि प्रम ओली जिल्लाराम परे र अरू नेता र मन्त्रीहरू स्तब्ध भए । कमिसनको रासमा पाइला टेक्न पुगेको बाँस्कोटाको कमाउधन्दा गर्ने चरित्रले नेपालका ठूला, शक्तिशाली र कम्युनिस्ट भनिएको पार्टी र पार्टी नेताहरूको इज्जत र आस्था जोगाउन धौ धौ नहुनु कसरी ¤ पदको दुरूपयोग गरी सात पुस्तालाई पुग्ने र बस्ने गरी सम्पत्तिको थुप्रोमा आँखा गाडेपछि सरकारी प्रवक्ता बाँस्कोटाको इज्जत कसरी जोगिन्छ ? राजीनामा दिनु उनको बाध्यता हो । तर, राजीनामा दिँदैमा इज्जत जोगिँदैन । कमिसनको चपेटामा फसेका मन्त्री बाँस्कोटाको खबर फागुन ९ गते प्रकाशित सबैजसो पत्रिकाहरूको मुख्य विषय नै बन्यो ।
समाचारपत्रहरू ‘सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा’, ‘ओलीका विश्वासपात्रको बहिर्गमन’, ‘कमिसनमा मुछिएपछि सञ्चारमन्त्रीको राजीनामा’, ‘यसरी आयो बाँस्कोटाको राजीनामा’, ‘घूस बार्गेनिङले बाँस्कोटाको बहिर्गमन’, ‘बाँस्कोटाको बदनियत’ आदि शीर्षकका समाचारहरूले भरिए । यसरी नै यसअघि पूर्वसभामुख कृष्णबहादुर महराको यौन काण्डसम्बन्धी समाचारहरूले पत्रिका ढाकेको थियो । न्याय–निसाफ दिने तहमा रहेको सभामुख महरा र सरकारको सूचना प्रवाह गर्ने सरकारी प्रवक्ताजस्ता पार्टी र सरकारकै विश्वासपात्रहरू ‘यौन’ काण्ड र ‘कमिसन’ काण्डमा झुमेपछि सत्तारूढ दलका नेता, मन्त्री, सांसदलाई अप्ठेरो महसुस हुने नै भयो । देश र जनताप्रति जिम्मेवारीबोध भएर राजनीति गर्नुपर्ने सत्तारूढ दलका विश्वासिला र जिम्मेवार व्यक्तिहरूको नै भर नभएपछि अब जनताले सरकारलाई विश्वास गर्ने ? देशमा सुशासन छ भनेर कसरी पत्याउने ¤
शक्तिशाली र संसारकै उदाहरणीय कार्य गरिरहेको भनिने नेकपाको विशेषता के ‘यौन’ काण्ड र कमिसनको चक्करमा फस्नु हो ? नेकपाभित्र पछिल्लो घटनामा देखिएको महाराको ‘यौन’ काण्ड र बाँस्कोटाको ‘कमिसन’ काण्ड न यो पहिलो हो न यो अन्तिम हुनेछ । नेकपाभित्र यस्ता चरित्रका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरू कति छन् कति लेखाजोखा गरेर साध्य हुने छैन । विकासको सपना देखाएर या विकासको योजना देखाएर विकासको निम्ति आएको आयोजनाकोे पैसा खाने या कमिसन लिन पल्केका कार्यकर्ता र जनप्रतिनिधिहरू अल्याख छन् । राजनीतिको नाउँमा कार्यकर्ताहरू कमाउधन्दामा फस्नुको कारण पार्टीले नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्तालाई इमानदारीपूर्वक, निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्न र गराउन प्रशिक्षण नदिनु नै हो । एमाले फुट्दा एमालेकै नेता वामदेव गौतमलाई एमालेकै नेताहरूले काठमाडौँको टुँडिखेलमा ‘एक नम्बरको भ्रष्टाचारी’ भनेको कुरा नेपाली जनताले त्यति सजिलै बिर्सेका छैनन् ।
Leave a Reply