भर्खरै :

झापामा अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने

भद्रपुर, १० फागुन । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लवले फागुन २० देखि २५ गतेसम्म आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, भूटान र बङ्गलादेशका गरी २५० खेलाडीको सहभागिता रहने शनिबार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
क्लवका अध्यक्ष राजु कार्कीले यो दोस्रो संस्करणमा हुने प्रतियोगिताको लागि नेपाल चेस एसोसिएसनबाट समेत स्वीकृति लिइसकेको बताउनुभयो । उहाँले बङ्गलादेशका २०, भारतका ३० तथा नेपालका केही खेलाडीले प्रतियोगितामा सहभागिताको लागि नाम दर्ता गराइसकेको र भुटानबाट समेत खेलाडी सम्पर्कमा आइरहेको बताउनुभयो ।
प्रतियोगितामा खुलातर्फ २० उत्कृष्ट खेलाडी पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रू. ६० हजार, रू. ५० हजार र रू. ४० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा थप उत्कृष्ट १७ खेलाडीलाई अधिकतम रू. १८ हजारदेखि न्यूनतम रू. पाँच हजारसम्मको नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव अशोक राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *