भर्खरै :

नेता गौतमलाई प्रम बन्ने रहर !

 अमन दुलाल
वामदेव गौतम पद र पैसाका लोभी नेकपाका नेता हुन् । उनी रूखो या खरो स्वभावका छन् । उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत बनिसकेका गौतमलाई जीवनमा एकचोटि प्रधानमन्त्री बन्ने रहर छ । प्रम बन्ने आशाले नै संसद्को निर्वाचनमा आफू हारे पनि अरू सांसदलाई राजीनामा दिलाएर भए पनि सांसद बन्न चाहन्थे, सांसद बन्न अनेक चलखेल पनि गरे । उनको चलखेलको सार्वजनिकरूपमा विरोध भयो । सर्वत्र विरोध भएपछि उनी सांसद बन्न पाएनन् । तर, पनि उनलाई कुनै न कुनै सरकारी पद चाहिएको थियो । सांसद या राष्ट्रियसभामा मनोनीत भएर प्रम बन्ने उनको ह्याउ थियो । त्यसरी नै पार्टीभित्र धम्की या दबाब दिएर उनी नेकपाका उपाध्यक्ष बने । नेकपाको उपाध्यक्ष त बने पनि उनको अन्तिम लक्ष्य प्रम बन्ने नै हो । राष्ट्रियसभा सदस्यसमेत प्रम बन्न पाउने गरी संविधान संशोधन गर्न दबाब दिने नेता गौतमको आशा र आचरण के रहेछ भन्ने कुरा जो कोहीलाई बुझ्न कठिन छैन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुने समाचार प्रकाशमा आएको छ । सार्वजनिक भएको समाचार स्रोतअनुसार प्रम ओली र पार्टी अध्यक्ष दाहालसहितको आश्वासनपछि नेता गौतम राष्ट्रियसभामा जान हौसिएका हुन् ।
नेता गौतमले यसअघि सार्वजनिक रूपमै संविधान संशोधन भएमात्र आफू राष्ट्रियसभामा जाने विचार व्यक्त गरेका थिए । प्रधानमन्त्री बन्न पाउने सर्तमा सांसद या राष्ट्रियसभा सदस्य बन्ने उनको अभिलाषा अरू नेताहरूलाई मनपरेको थिएन । नेता गौतमको धम्की न प्रम ओलीलाई मनपथ्र्यो न त अध्यक्ष दाहाललाई । यी सबै घटनाक्रमले केपी ओलीपछि नेता वामदेव गौतमको प्रम बन्ने अभिलाषा नै हो । नेता गौतमका यी गतिविधिले उनी पदका भोका हुन् भन्ने थाहा हुन्छ । उनले प्रम बन्ने चाहना किन राखेका हुन् ? ओली, दाहाल, खनाल, नेपालजस्ता नेताहरूको नेतृत्वमा रहेको सरकारको क्रियाकलाप चित्त नबुझेको हुँदा आफू प्रम बन्न लालायित भएका हुन् ? के नेता गौतमको नेतृत्वमा सरकार गठन भएपछि स्वाभाविकरूपमा नेपालको विकास हुन्छ, नेपालीको जीवनस्तर उठ्छ ? नेता गौतम सांसद या राष्ट्रिय सभा सदस्य भई प्रम बन्छन् या सांसद र राष्ट्रिय सभा सदस्य बन्ने आशैआशमा यो बाँकी रहेको कार्यकाल सकिने हो ? समयले देखाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *