क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सोल, ११ फागुन (एएफपी) । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्ररुपमा फैलिएको पाइएको छ ।
केहीदिनदेखि सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ ।
त्यसैगरी मृत्यु हुनेको सङ्ख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।
मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १०० जना बिरामी रहेका छन् ।
पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् । कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार चर्चमा सहभागी भएकामध्ये सयौँलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ वर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिँदै गएको अधिकारीले जनाएका छन् ।
कोरियाको डाएगु सहर देशकै चौथो ठूलो सहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन् ।
यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताउनुभएको छ ।
सङ्क्रमित हुनेको सङ्ख्या एकाएक अत्यधिक तीव्रगतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उहाँले आइतबार जानकारी दिनुभयो ।
आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
“सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ,” उहाँले भन्नुभयो ।
Leave a Reply