दिनेश सुकुमनी
उहानको त्यो एउटै कोठाभित्र हामीले पूरै पच्चिस दिन बितायौं । चिसो मौसममा उहानमा मुस्किलले घाम लाग्छ । सहरभरि फैलिएको कोभिड–१९ भाइरसको महामारीको कारण हामीलाई बाहिर बरन्डामा पारिलो घाम ताप्न निस्कन पनि डर लाग्यो । हरेक दिनको सुरुवात ‘यति मानिस मरे, उति मानिस मरे’ भन्ने समाचारबाट हुन्थ्यो । सबैमा धेरै–थोरै मानसिक तनाव थियो । खुला आकाशमुनि बसेर श्वास लिन पनि पाएका थिएनौं । कोठामा भएका खानेकुरा हामी नेपालीहरू मिलेर खायौं । हामी पालैपालो छात्रावास अगाडिको पसलबाट आवश्यक र उपलब्ध सर–सामान किनेर खायौं । नजिकैको पसल पुग्न शरीर पूरै ढाकेर जान्थ्यौं । कोठामा फर्केर सबै लुगा डेटोलमा भिजाउँथ्यौं र नुहाउँथ्यौं । मिलेसम्म सारा सामान हामी तातो पानीले धुन्थ्यौं ।

उहान विमानस्थलमा लेखकसहित अन्य नेपालीहरू
त्यस्तो अवस्थामा हामी नेपालीहरूले घर फर्कनका लागि सबैखाले प्रयास ग¥यौं । चीनस्थित नेपाली राजदूतावास र विभिन्न सञ्चारमाध्यमले हाम्रा कुरा नेपाल सरकारसम्म पु¥याउन ठूलो भूमिका खेले । तर, अर्कोतर्फ केही सञ्चारमाध्यमले वास्तविकताभन्दा बढी लेखेर नेपालमा रहेका परिवारलाई तनाव दिएकोमा हामी निराश थियौं । हामी दैनिक रूपमा परिवारसँग विच्याट (ध्भअजबत) मार्फत् कुरा गथ्र्यौं । अनि परिवार र आफन्तजनलाई ‘नेपालका पत्रपत्रिकाले लेखेजस्तो अवस्था नराम्रो छैन, हामी सबै ठीक छौं’ भनी सम्झाउँथ्यौं । एक किसिमले उहानमा बसेर हामी नेपालमा परिवारलाई उत्साह दिन्थ्यौं । सान्त्वना दिन्थ्यौं ।
फेब्रुअरी १३ को दिन भाइरस सङ्क्रमण अधिकतम बिन्दुमा पुग्ने र त्यसपछि क्रमशः ओरालो झर्ने भनिएकोले हामी सबै त्यही दिनको प्रतिक्षामा थियौं । तर, फेब्रुअरी ११ को दिन सङ्क्रमणको कारण एकैदिन १५०० मानिसमा सङ्क्रमण भएको समाचारले भने हामी छानाबाट खसेकोजस्तै अनुभुति भयो ।
फेबु्रअरी १३ को दिन यो अवस्था अझै लम्बिने र मार्च पहिलो हप्तासम्म उत्कर्षमा जाने देखिएकोले हामीले नेपाल फर्किने निधो ग¥यौं । जाडो मौसम, राम्रो खाना, स्वच्छ हावा, मिठो निद्राको कमी र मानसिक तनावले बिरामी परिन्छ कि भनी डर थियो । सामान्य खोकी र रुघा लाग्दा पनि कोरोनाको लक्षण देखियो कि भनी पीर पथ्र्यो । मौसम न्यानो भएसँगै मन खुसी हुन्थ्यो । राम्रो घाम लाग्दा तापक्रम बढ्ने र अवस्था सामान्य बन्नेमा आशा बढ्थ्यो । तर, अर्को दिन पानीले तापक्रम निकै तल पुग्थ्योे र हामी फेरि आँत्तिन्थ्यौं । रुघा–खोकी नलागोस् भनी प्रार्थना गथ्र्यौं ।

उहानमा लेखक
ढिलै भए पनि नेपाल सरकारले हामीलाई फेबु्रअरी १५ को दिन नेपाल फर्काउने भयो । नेपाल फर्किने दिन दसैंमा घर जान लागेकोझैं अनुभूति भयो । फेब्रुअरी १४ पूरै रात खुशीले निद्रा परेन । फेब्रुअरी १५ घर जाने दिन मनमा खुसी, डर, उत्साह सबै थियो । उहानमा हिउँ परेको थियो । हिउँले मौसमलाई रमाइलो बनाएको थियो । तर, मौसमकै कारण विमानको उडान रद्द हुने डर पनि थियो । केही कपडा मात्र बोकेर हामी ३ः४० मा उहान विमानस्थलतिर लाग्यौं । गाडीमा रहेका सबै नेपालीका आँखामा कुनै गा¥हो परीक्षा दिन परीक्षा केन्द्रतिर गइरहेको जस्तो अनुभूति छचल्किरहेको थियो । करिब चीनको समयअनुसार अपराहन ५ बजे हामी विमानस्थल पुग्यौं । तर, ६ बजे मात्र प्रवेश गराइयो । ६ बजे विमानस्थल प्रवेश गर्दा गर्दै शरीरको तापक्रम मापन (body tempt. screening भयाे। तर, अझै thermal screening बाँकी थियो । रातभरिको अनिद्रा र डरले तापक्रम शरीरको तापक्रम बढ्ला कि भन्ने आशंका धेरैमा थियो । १८५ नेपालीले फारम भरेकामा १८१ जना मात्र विमानस्थल पुगेका थियौं । विमानस्थलमा कोही ज्वरो नाप्ने यन्त्र (thermometer) ले शरीरको तापक्रम नाप्दै थिए, कोही चिसो पानी खाँदै तापक्रम घटाउन खोजिरहेका थिए ।

सुनसान उहान सहर
हामीले भने बाहिर लगाएको बाक्लो ज्याकेट खोल्यौं र मनमनमै ‘All is Well’ मनमनै जपिरह्यौं । करिब ९ बजे हामीलाई चेक इनमा लगेर thermol तापक्रम नाप्न थाल्यो । जे हुन्छ राम्रोको लागि हुन्छ भनी आफूलाई सान्त्वना दिएँ । हामी पहिले नै line लाग्यौं र thermol पास ग¥यौं । मेरो ३६.७ ०अ र मेरी श्रीमतीको ३६.८ ०अ । त्यसपछि मन र शरीर केही ऊर्जाशील बन्यो । विमानको प्रतीक्षास्थलमा हामीले पानी र चकलेट खायौं । ११ बजेसम्म सबैको तापक्रम screening सकिएको र ६ जना असफल भएको कुरा थाहा पायौं । चीनको मापदण्डअनुसार ३७ ०अ भन्दा बढी तापक्रम हुनेलाई चीनबाट बाहिर जान नदिने प्रावधान थियो ।
ती सबै ६ जना नेपालीलाई आ–आफ्नो विश्वविद्यालय पठाउने व्यवस्था राजदूतावासले गरेको थियो । करिब ११ बजेतिर नेपालबाट आएको विमान विमानस्थलमा अवतरण ग¥यो । विमान अवतरणको आवाजसँगै सबै हर्षले चिच्यायौं, “आयो plane आयो ¤” खुसीको सीमा नै रहेन । सबैले खुसीको श्वास फेरिरहेका थिए । चिनियाँ समयअनुसार करिब १ बजे हामी विमान चढ्यौं । करिब ५ घण्टाको उडानपछि हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं । त्यत्तिबेला नेपालमा करिब ३ः४५ बजेको थियो ।

उहान विमान स्थलमा अवतरण गरिएको नेपाली विमान
यात्रा गर्दा मलाई पटक्कै निद्रा लाग्दैन । दुई रातको अनिद्रा र थकान भएर पनि जन्मभूमि पुगेको खुसीलाई दबाउन सकिएन । नेपालको विमानस्थल मा पनि तापक्रम जाँचियो । त्यसपछि हामीलाई ५ वटा गाडीमा राखेर क्वारेन्टाइन स्थल लगियो । क्वारेन्टाइनस्थल मेरो जिल्ला भक्तपुरमै राखिएको छ । त्यहाँ पुग्दा घर पुगेकै अनुभूति भयो ।
क्वारेन्टाइन स्थल पुग्दा त्यहाँको व्यवस्थापन अपेक्षा गरेभन्दा राम्रो लाग्यो । यो स्तरको व्यवस्थापन देखेर साँच्चै नेपालका राजनीतिक नेतृत्व र कर्मचारीमा धेरै नै सुझबुझ भएको महसुस गरेँ । बस्न, खान, खेल्न राम्रो बन्दोबस्त सोचेको भन्दा निकै राम्रो पायौं ।
नेपाली भूमिमा टेकेपछि लगभग एक महिना भोगेको मानसिक तनाव समाप्त भयो । आफ्नो देशमा, अझै आफ्नै जन्मस्थलमा पूर्णतः सुरक्षित महसुस गरेका छौँ । सेनाका स्वास्थ्यकर्मीहरूले क्वारेन्टाइनस्थलमा दैनिकी ३ पटक शरीरको तापक्रम नापिन्छ । शारीरिक र मानसिक अवस्था सोधिन्छ । नाक र घाटीको swap test मा शतप्रतिशत नकारात्मक परिणाम आएसँगै यहाँ परिचालित कर्मचारी र हामीबीचको दूरी घटेको छ ।
यहाँ पनि हामीले मास्क भने छोडेका छैनौं । मास्क लगाएर मात्र बाहिर जान्छौं र खेल्छौं । मिठो खाना, नरम र आत्मीय स्वास्थ्यकर्मी, मिठो निद्राले हामीलाई आजभोलि कतै घुम्न गएको अनुभूति भइरहेको छ । हाम्रो अब अर्को परीक्षणमा पनि सबैको नकारात्मक परिणाम आउनेमा आशावादी छौं । त्यसपछि एक अर्कोको विनामास्कको प्रफुल्लित अनुहार हेर्न चाहना छ ।

उहाड विमानस्थलमा प्रवेश गर्दै नेपालीहरू
१० दिन कतिबेला बित्यो, पत्तै भएन । यहाँबाट बाहिर निस्केर कतिबेला मेरी आमालाई अङ्गालोमा बेरुँ जस्तो लाग्दैछ । हामी पनि पूर्णरूपमा स्वस्थ्य हुन चाहन्छौं । अब मात्र ७ दिन बाँकी छ ।
धन्यवाद छ, भक्तपुर जिल्लालाई । हामी सबैलाई ओत दिएकोमा । धन्यवाद छ नेपाल सरकारलाई । हामीलाई सकूशल नेपाल फर्काएकोमा । धन्यवाद छ सम्पूर्ण सञ्चारकर्मी र अन्य प्रत्यक्ष वा अप्रत्यक्ष सहयाेगी व्यक्तिहरूलाई जसले हामीलाई खुला हावा, मिठो निद्रा र सुकुनको श्वास फेर्न दिनु भएकाे छ ।
(लेखक चीनको उहानस्थित उहान कलेज अफ टेक्नोलोजीको विद्यार्थी हुनुहुन्छ ।)
Leave a Reply