परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
काठमाडौँ, १७ फागुन । सबै पक्षको संलग्नता, सहकार्य, प्रतिबद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रबार भएको दिगो विकास लक्ष्यसम्बन्धी चौँथो राष्ट्रिय परामर्श गोष्ठीमा सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका जनस्वास्थ्य प्रशासक डा.मोहम्मद खुर्सिद अलाम हैदरले नेपालमा स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्नका लागि प्राथमिक स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुपर्ने, तीनवटै सरकारका अङ्गहरूको क्षमता र सहकार्य वृद्धि गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आयोजक समितिका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले गैरसरकारी संस्थाहरूको दायित्व र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको जिम्मेवारी तथा कर्तव्यबोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले दिगो विकास लक्ष्य पूरा गर्नु नेपालको समग्र विकासको लागि पनि आवश्यक छ । तर, यसको लागि राजनीतिक एवम् प्रशासनिक प्रतिबद्धता, स्थानीय तहसम्मको साझा रणनीति निर्माण र कुशल नेतृत्व आवश्यक रहेको बताए । दिगो विकास लक्ष्य हासिल गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय स्तरमा सबै पक्ष समेटिने गरी समिति निर्माण गरिएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा अन्तराष्ट्रिय गैरसरकारी महासङ्घका रामनरेस यादव, जनताको स्वास्थ्य अभियन्ता प्रा.डा.शरदराज वन्त, एसडीजी नेसनल नेटवर्कका दयासागर श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
Leave a Reply