ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
जुलियन बफेट
चीन यतिबेला कोरोना भाइरसको सङ्क्रमणविरुद्ध सामूहिक सङ्घर्षको अनुभव बटुल्दै छ । चीन असाधारण साहस, आत्मबलिदान र सामूहिकताको भावनासहित भाइरसविरुद्ध लडिरहेको छ । यस्तो अवस्थामा चीनमा बसेको एक जना विदेशीको मनमा के हलचल भइरहेको होला ? यसको उत्तर त्यति गा¥हो छैन ।
म चीनमै बस्छु !
म चीनमा सन् २०१७ देखि बस्न थालेको हुँ । अरू विदेशी मित्रहरूको बसाइ अवधिको तुलनामा मेरो चीन बसाइ लामो अवधि पक्कै होइन । तर, को कति वर्ष बस्यो भन्ने कुराले धेरै अर्थ बोक्दैन । सबैले आफ्नो अनुभवअनुसार चीनको बारेमा आफ्नो दृष्टिकोण बनाएको हुन्छ । सुरुमा त कोरोना भाइरसको सङ्क्रमणको खबर फैलिएसँगै फ्रान्समा मेरो आमाबुवा र आफन्त आत्तिएका थिए । तर, मैले तुरुन्तै उनीहरूलाई सम्झाएँ । म जहाँ हुनुपर्ने हो, त्यहँं छु । यस्तो खालको परिस्थितिमा एउटा प्रश्न मनमा खेल्छः कसरी साधारण मानिसहरू असाधारण समयको सामना गर्छन् ? वास्तवमा हाम्रो दैनिक जीवनमा कुनै परिवर्तन भएको थिएन । तर, तत्कालै सबै कुरा आनकातान फरक होला कि भन्ने मनमा मात्र हामीलाई लागेको हुन्छ । यस्तो सन्तुलनलाई तनावपूर्ण बनाउँदा चिनियाँ होस् वा विदेशी सबैलाई नितान्त व्यक्तिगत तरिकाले काम गर्ने बनाउँछ ।
मेरा धेरैजसो चिनियाँ मित्रहरूले मलाई यस्तो अवस्थामा मेरो देश फ्रान्समा फर्किन चाहँदैनौ ? भनी सोध्दा मलाई आश्चर्य लाग्यो । केहीले म चाँडै स्वदेश फर्किनेछु भनी सोचे, केहीले त म गइसकेको होला भनेर पनि सोचेछन् । अरू धेरै विदेशीलाई जस्तै चीन मलाई पनि स्वागत गर्ने र नयाँ अवसर प्रदान गर्ने देश हो । जसरी असल साथीले समस्याको बेलामा छोडेर जाँदैन, मैले पनि समस्याको पहिलो सङ्केत देखापर्ने बित्तिकै चीनलाई छोडेर जानु मेरो छनोट हुन सक्दैनथ्यो । चीन छोडेर नजाने मेरो निर्णय दरिलो, प्रस्ट र नैतिकतामा आधारित थियो । के यो वास्तवमै सहासिलो निर्णय थियो ? अहँ होइन । चीनमा ६४ हजार फ्रान्सेलीहरू बस्छन् । तीमध्ये तीनसयमात्र फ्रान्स फर्के । उनीहरू सबै उहानमा बसेका थिए । पेइकिङमा महामारी रोकथाम र नियन्त्रणका सबै उपाय अपनाइएको थियो । म बसेको समुदायमा स्थानीय समितिले महामारी रोक्न आफूले गर्नसक्ने सबै काम ग¥यो । बस्तीभित्र आवतजावतको लागि व्याचको व्यवस्था गरिन्छ, बस्तीभित्र पस्न शरीरको तापक्रम मापन गरिन्छ, साथै दिनमा पटक–पटक नियमित रूपमा सङ्क्रमणप्रतिरोध पदार्थ छर्ने काम गरिन्छ ।
विशेषत ः चिनियाँ जनताबीचको जिम्मेवारीबोधले चीनमा बस्दा मैले सुरक्षा र ऐक्यबद्धता महसुस गरेँ ।
सकारात्मक ऊर्जा
कोही कोठाभित्र बस्नुको अर्थ सडकमा हिँड्न, सार्वजनिक यातायातका साधनमा यात्रा गर्न वा पसलमा किनमेल गर्न जान डराउनु होइन । म जहाँ बस्छु, समय निकै धिमा गतिमा हिँड्छ । मिडिया प्रचारबाजीबाट म टाढा छु । झूटो समाचार र हल्लाबाजीको पागलपनबाट अलग बसेको छु । यो क्रममा मैले नयाँ परिकार पकाएर स्वाद लिएँ । नयाँ वर्षको अवसरमा मज्जाले कोठा सरसफाइ गरेँ । सबै चिनियाँलाई निशाना बनाएर गरिएको मूर्खतापूर्ण र कायरतापूर्ण प्रचारबाजीको मैले खरो विरोध गरेँ ।
सबभन्दा महत्वपूर्ण काम भनेको चिनियाँ सामाजिक सञ्जाल र साथीवृत्तसँग सम्पर्कमा रहनु हो । महामारीको विकासक्रमबारे अद्यावधि रहने र पालना गर्नुपर्ने नियमबारे जानकार रहने यो नै सबभन्दा व्यावहारिक उपाय हो । लगभग सबैजसो भाषामा अनुवाद गरिएको सङ्क्रमणबाट जोगिने उपाय र स्वस्थ जीवनसम्बन्धी सल्लाहबाट पनि प्रभावित छु । तर, यो समयमा मैले मेरा चिनियाँ मित्रहरूका नदेखेको जीवन पनि थाहा पाएँः घरभित्र पाइजामा लगाएर काम गरेको, आफ्ना केटाकेटीको लागि रमाइलो खेल खेलेको र जरुरी कामको समयमा लगभग सुनसान मेट्रोको यात्रा गरेको आदि । अरू समयमा हुलमुलबाट भरिने विशालबजार, चलचित्र घर, पार्क र रेस्टुराँहरू यतिबेला लगभग बन्द रहे । तर, फास्टफुड रेस्टुराँ खुलेको देखेर भने म आजित भएँ । बसन्त ऋतुले ठीकसँग गति नलिउञ्जेल हामीले कोरोनालाई मार्न त्यहाँका खानाले मद्दत गर्ने सम्भावना छ । भाइरस पराजित हुने समय कुरेर बस्दैगर्दा चीनको राजधानीमा हामीलाई सबै कुरा सहज उपलब्ध गराउन दिलोज्यानले काम गरिरहेको थियो । हामीलाई आवश्यक वस्तु सहजै उपलब्ध गराएर सरकार आफू सहज रूपमा महामारीविरुद्ध लड्न खोजिरहेको छ ।
चीनमा चिनियाँ वा विदेशी कोही पनि कोरोना भाइरसको भयले निस्क्रिय बनेका छैनौँ । हामी भविष्यको लागि सकारात्मक धारणाबाट डोरिएका छौँ । अनि हामी साथीहरूसँग कैयौं पटक बाहिर टहल्ने समयको प्रतीक्षामा छौँ ।
स्रोत ः चाइना डेली
Leave a Reply