कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
– समीर कार्की
देशलाई पराधीन या भारत निर्भर बनाउने काममा सबभन्दा दोषी नेकालाई नै मान्नुपर्छ । नेपाल र नेपालीको भन्दा भारतीय पक्षको हितमा असमान सन्धि, सम्झौता गरेर, देशका नदी नाला भारतको अधीनमा छोड्ने, सरकारी उद्योगधन्दा तथा सरकारी संस्थाहरू निजीकरण गरेर व्यक्तिलाई पोस्ने, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुबानमा परे पनि मौन रहने र ठाउँ–ठाउँमा नेपाली भूमि मिचे पनि तमासे भएर बस्ने दल नेका नै हो । नेपालको स्वाधीनता र सार्वभौमिकताविरुद्ध एमसीसीको सम्झौता गरेर पहिलो गल्ती गर्ने दल पनि नेका नै हो । वर्र्षाैँदेखि जोत्दै आएको जग्गामा मोही कायम नगर्दै द्वैधस्वामित्व अन्त्य गरेर किसानहरूलाई भूमिहीन बनाउने र जोत्दै आएको जग्गाबाट वञ्चित गरेर कमैयाहरूलाई फिरन्ते जीवन बिताउन बाध्य पार्ने दल नेका हो । सारमा नेका पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल हो, नेपाली भूमि भारतलाई छोड्ने देशविरोधी पार्टी हो, राजनीतिलाई कमाइ खाने भाँडो बनाउने दल हो ।
विगतमा नेकाले सरकारको नेतृत्व गरिरहँदा देशघाती, जनघाती काम र अल्पमत वर्गको पक्षमा राजनीति गरेको हुँदा नेपाली काङ्ग्रेस जनताबीच उदाङ्गियो । देश र जनताको सेवा गर्नुको सट्टा देशविरोधी काम गरेर देशलाई भारतनिर्भर बनाउने काम गरेको हुँदा नेकाले विगतको आफ्नो कमी कमजोरीले गर्दा सरकारको खासै विरोध गरेन या प्रतिपक्षको भूमिका निर्वाह गरेन । एमसीसी सम्झौतामा नेका फसेको हुँदा पारित गर्नैपर्ने अडानमा रह्यो र ऊ नेकपालाई सघाउन तयार भयो । देशका नदी नालाहरू भारतलाई सुम्पिन नेका अघि बढ्यो । सरकारी संस्थान र कारखानाहरू डुबाएर कलकारखानाहरू निजीकरण गरियो । नेकाका नेता, मन्त्री र सांसदहरू भ्रष्टाचारमा फसे । नेकाका मन्त्री र सांसदहरू भ्रष्टाचारमा फसे भनेर, सरकारी उद्योग, कलकारखाना निजीकरण ग¥यो भनेर अर्काे सत्तासीन दलले पनि त्यस्तै गर्नुपर्ने होइन । नेकपाको सरकारले त्यहीँ गरिरहेको छ । अतः नेकाले झैँ कम्युनिस्ट भनिने ओली सरकारले पनि एमसीसी सम्झौता पारित गरेरै छोड्ने बतायो ।
एमालेकै नेतृत्वमा बनेको सरकारले खानेपानीसमेत निजीकरण ग¥यो । यसरी नेकाले गरेका गल्तीहरू एमालेले मात्र होइन नेकपाले पनि दोहो¥याइरहेको छ । यसरी हालको सत्तारुढ दल नेकपा भाइकाङ्गे्रस बनेको हो । पुँजीपति वर्गको प्रतिनिधित्व गरिरहेको दल नेका देशमा आमूल परिवर्तन चाहँदैन, शोषित पीडित बहुमत जनताको पक्षमा काम गर्दैन, गरिरहेको छैन । पुँजीपति वर्गले जनताको सङ्घर्ष रोक्न या क्रान्ति रोक्न सुधार गर्छ, सुधार गरेर जनतालाई चित्त बुझाउने प्रयास गर्छ । आफ्नो शासन लामो समयसम्म टिकाइराख्न सुधारात्मक कार्य गर्नु पुँजीपति वर्गको चरित्र नै हो । त्यस्तो कार्य कम्युनिस्ट भनिने सरकारले गर्नुहुँदैन । नेकाकै नीतिमा अल्झेर नेकपा भाइकाङ्ग्रस बन्नुहुँदैन । सिद्धान्त र विचार फरकजस्तो देखिए पनि काम एउटै ढङ्गको छ । विचार एउटा र काम अर्काे भएकोले न्यायप्रेमी र देशभक्त जनता नेकपा भनिने सत्तारुढ दलका नेता र मन्त्रीहरूप्रति आक्रोशित छन् र असन्तुष्ट छन् । यो नेकपाको सरकार असफल हुँदै जानुको सङ्केत हो ।
Leave a Reply