क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सिद्धार्थ वर्दराजन
दिल्लीमा भएको साम्प्रदायिक हिंसा वस्तुतः नागरिकता संशोधन विधेयक (सीएए) विरोधीहरू र सीएए समर्थकहरू दुई पक्षबीच सडकमा भएको आपसी भिडन्त हो । ठूला सञ्चारमाध्यमहरूले दोहो¥याइरहेको र अगाडि बढाइरहेको यस भनाइबाट कोही भ्रममा पर्न आवश्यक छैन । साथै ईश्वरको निम्ति, भारतका गृह राज्यमन्त्री जी. किशन रेड्डीको, “दिल्लीमा भएको हिंसा भारतलाई बदनाम गर्ने षड्यन्त्र हो” भनाइलाई पनि विश्वास नगर्नुहोला ।
दिल्लीमा भएका दङ्गामा मर्नेहरूको सङ्ख्या ४० भन्दा माथि पुगिसकेको छ । यसभन्दा अगाडि सीएए पारित भएको ७० दिनसम्म शान्त रहेको उत्तरी दिल्लीका विभिन्न भागमा सीएएको विरोध गरिरहेका जनता र त्यसमा पनि विशेष गरी बहुमत मुस्लिम महिलाहरू र केटाकेटीमाथि सन्की तरिकाले हिंसा थोपरिएको हो भन्ने कुरा हामीले बिर्सन मिल्दैन ।
भारतका विभिन्न ठाउँमा ७० दिनदेखि भइरहेको शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा कहिँकतै पनि प्रदर्शनकारी भीडले उपद्रोव गरेको थिएन । कतै पनि ढुङ्गा हानाहान भएको थिएन । पसलहरू र घरहरू जलाइएको घटना कतै देख्न र सुन्नमा आएको थिएन । हाम्रो अगाडि मात्र हातहरूमा तिरङ्गा (भारतको झन्डा) र भारतीय संविधानको प्रस्तावना लिएर डा. भिमराव आम्बेडकर, महात्मा गान्धी र मौलाना आजादजस्ता महापुरुषहरूको तस्विरमुनि र वरपर धर्नामा बसेका मानिसहरूका तस्विरमात्र छापिएका थिए ।
प्रश्न यो छ कि आखिर दिल्ली सहरमा अचानक हिंसाको लप्का कसरी उठ्यो ? कसले त्यस्तो चाहेको थियो ? कसले यस्तो हुन दियो ? आजसम्ममा यो अत्यन्त स्पष्ट भइसकेको छ कि पछिल्ला दिनका साम्प्रदायिक दङ्गा प्रस्टरूपमा भाजपा नेता कपिल मिश्राले दिल्ली पुलिसको अगाडि नै प्रदर्शनकारीहरूमाथि प्रत्यक्ष कारवाहीको आह्वान गरेपछि नै भएका हुन् ।
केन्द्रीय गृहमन्त्रीलाई रिपोर्ट गर्ने दिल्ली पुलिस आगो लगाउनेखाले भडकाऊपूर्ण भाषणहरूमाथि मात्र नभई त्यसपछि फैलिएका साम्प्रदायिक हिंसामाथि पनि लगाम लगाउनमा असफल रह्यो । मिश्राका शब्दले उत्तेजित भई हिन्दुत्ववादीहरू र भाडाका गुण्डा समूहहरूले उत्तरपूर्वी दिल्लीस्थित एक सीएएविरोधी धर्नास्थलमा हमला गरिदियो र यसरी आत्मरक्षाको नाममा हिंसा गर्ने सलवा जुडुमको मोडल दिल्लीको धरतीमा पनि अवतरित गरियो ।
एक स्वतन्त्र अनुसन्धान भएमा त्यसबाट निश्चितरूपमा पता लाग्न सक्छ कि उपद्रोवी भीड एकत्र गर्नका पछाडि क–कसको हात छ ? किनभने यस्तो गिरोह वा भीड आ–आफै तयार हुनै सक्दैन । अनुमान छ कि आफूमाथि हमला भएपछि पछिल्ला कैयौंदिनदेखि शान्तिपूर्ण धर्नामा बसेका प्रदर्शनकारीहरूले पनि जवाफी कारवाही गरे । तर, यो घटना यहीँसम्म सीमित हुन्थ्यो, यदि दिल्ली पुलिस र केन्द्रीय गृहमन्त्रीले आफ्नो उतरदायित्व राम्ररी निभाएको भए ।
ठूला सञ्चारमाध्यमहरूले सीएएविरोधीहरूको धर्नास्थलमा हिन्दुत्ववादी समूहहरूद्वारा गरिएको हिंस्रक हमलालाई सीएए समर्थकहरू र सीएएविरोधीहरूको आपसी भिडन्तका रूपमा प्रस्तुत गरे । तर, जे त्यहाँ भइरहेको थियो त्यसको कुरूप वास्तविकता त्यही साँझ र अर्कोदिनसम्ममा उदाङ्गो भयो ।
यदि जम्मा गरिएको तथाकथित सीएएसमर्थक भीड सीएएको समर्थनमा मात्र हो भने उनीहरूका हातहातमा किन लाठी र छड थिए ? किन तिनीहरू– ‘हिन्दुस्तानमें रहना होगा तो जय श्रीराम कहना होगा’ जस्ता नारा लगाइरहेका थिए ? यो स्पष्ट थियो कि हिन्दुत्ववादी नेताहरूले जम्मा गरेका दस्ताहरूको उद्देश्य अर्कै थियो – मुस्लिमहरूलाई तर्साउनु र उनीहरूमाथि हमला गर्नु । पूरै दिल्लीलाई भय र असुरक्षाको कुहिरोले छोपिदिनु र दिल्ली सहर मात्र होइन, पूरै देशलाई साम्प्रदायिक आधारमा विभाजन गर्नु ।
दङ्गाको शिकार भएका लगभग २० जना मुस्तफावादको एक सानो अस्पताल– अल हिन्दु हस्पिटलमा घाइते अवस्थामा भर्ना गरिएका थिए । उनीहरूलाई उचित उपचारका लागि सरकारी अस्पताल गुरु तेग बहादुर अस्पताल लानुपर्ने जरुरी थियो । अल हिन्दु हस्पिटलको चिकित्सा टोली दिउँसो ४ बजेदेखि नै घाइतेहरूलाई सकुशल निकाल्नका लागि एम्बुलेन्सहरूलाई पुलिसको इस्कर्ट उपलब्ध गराउने माग गरिरहेको थियो । किनभने बाहिर हिन्दुत्ववादीहरू सक्रिय थिए र उनीहरूलाई अस्पतालबाट निकाल्न लगातार धम्की आइरहेको थियो ।
दिल्लीमा लागेको आगो वास्तवमा साम्प्रदायिक दङ्गाको आगो थियो । यो तथ्य दोस्रो दिन मङ्गलबारै स्पष्ट भयो जब उत्तर पूर्वी दिल्लीको कैयौँ इलाकामा मस्जिदहरू, मुसलमानहरूका पसल र घरहरूमाथि निशाना बनाएर तोडफोड र आगजनी गर्न थालियो ।
बाबरी मस्जिदको विध्वंससित मिल्दोजुल्दो एक दृश्यमा केही उपद्रोवीहरू शाहदराको अशोकनगरको एक ठूलो मस्जिदमाथि चढे र त्यहाँ भगवा (पहेँलो) झण्डा फहराईदिए र मिनारका केही भाग तोडफोड गर्ने कोसिस पनि गरे । त्यसपछि तिनीहरूले त्यस मस्जिदमा आगो लगाइदिए ।
मेरा सहकर्मीहरू नाओमी बार्टन र अविचल दुबे अशोकनगरमै थिए र उनीहरूले मस्जिद तोडफोड गरेको दृश्य र आवाजसहितको असम्पादित रिपोर्ट पठाए । अनलाइन प्लेटफार्ममा भाजपा समर्थकहरूले त्यसलाई फर्जी र एनिमेटेड भएको दावा गरे । गृहराज्यमन्त्री जी. किशन रेड्डी स्वयम्ले ती समाचार पोर्टलहरूमाथि कारवाही गर्ने माग गरे, उनका अनुसार जुनजुन समाचार पोर्टलहरूले –‘फर्जी खबर’ प्रकाशन गरेका छन् ।
प्रस्ट छ मोदी सरकारको छत्रछायामा दिल्लीमा जे भइरहेको थियो, त्यसको कुरुप वास्तविकता अस्वीकार गर्ने कोसिस लामो समयसम्म सफल भएन । अन्तमा ‘द वायर’ का सम्वाददाताहरूले त्यस्तै कैयौँ भिडियो फुटेज जारी गरे, जसमा उनीहरू आफै प्रत्यक्षदर्शी थिए ।
पछि थाहा भयो कि मुस्तफावादमा पनि मस्जिदहरूमाथि हमला गरिए र तिनीहरूमा आगो लगाइए । त्यसभन्दा पनि खराब त ‘जय श्री राम’को नारा लगाइरहेका नकाब लगाएका गुण्डाहरूले कामदार मुस्लिम परिवारहरूका स–साना झुपडी घरहरू आगजनी गरी ध्वस्त पारिदिए ।
हाम्रा सहकर्मी रघु कर्नाडले पछि त्यहाँका हिन्दु छिमेकीहरूसित कुराकानी गरे । घटनामा कोही पनि स्थानीय हिन्दुहरू सामेल थिएनन् र आगजनी गर्नेहरूले त्यहाँ अगाडि आए जतिलाई ‘जय श्रीराम’को नारा नलगाएमा ज्यान मार्ने धम्कीसमेत दिएका थिए ।
यदि कसैलाई अझै पनि सरकार र पुलिसको मनसाय ठीक थियो र उनीहरू हिंसा भड्काई भारतलाई बदनाम गर्नेहरूको अविश्वसनीय षड्यन्त्रसित लडिरहेका थिए भन्ने लाग्छ भने राती १ः४२ बजे भएको दिल्ली उच्च अदालतको आदेशपछि उनीहरूमा भ्रम हट्नुपर्छ ।
दङ्गाको शिकार भएका लगभग २० जना मुस्तफावादको एक सानो अस्पताल– अल हिन्दु हस्पिटलमा घाइते अवस्थामा भर्ना गरिएका थिए । उनीहरूलाई उचित उपचारका लागि सरकारी अस्पताल गुरु तेग बहादुर अस्पताल लानुपर्ने जरुरी थियो । अल हिन्दु हस्पिटलको चिकित्सा टोली दिउँसो ४ बजेदेखि नै घाइतेहरूलाई सकुशल निकाल्नका लागि एम्बुलेन्सहरूलाई पुलिसको इस्कर्ट उपलब्ध गराउने माग गरिरहेको थियो । किनभने बाहिर हिन्दुत्ववादीहरू सक्रिय थिए र उनीहरूलाई अस्पतालबाट निकाल्न लगातार धम्की आइरहेको थियो । तर विडम्वना पुलिसले उनीहरूको अनुरोध सुनेन र मद्दत पनि गरेन ।
हताश भएर एक वकिलको सल्लाह र सहायताले उनीहरूले उच्च अदालतको ढोका धक्धक्याए र न्यायाधीश मुरलीधरले आफ्नै घरमा बोलाएको विशेष अदालतमा निवेदनमाथि सुनुवाइ गरी र घाइतेहरूको सुरक्षितरूपमा उक्त अस्पतालबाट निकालेर ठूलो अस्पतालमा लाने बन्दोबस्त गर्न पुलिसलाई आदेश दिए ।
१९८४ र २००२ देखि २०२० सम्म
न्यायाधीश मुरलीधरले बुधबार दिउँसोको इजलासमा भाजपा नेताहरूको भडकाउपूर्ण भाषणबारे जानकारी राख्ने र सजगता अपनाउने विषयमा असफल भएको भनी दिल्ली पुलिसमाथि खबरदारी गरे । उनलाई थाहा थियो कि उनी के गरिरहेका छन् । आखिर उनी त्यही न्यायाधीश थिए जसले १९८४ को शिख नरसंहारको निम्ति काङ्ग्रेस नेता सज्जनकुमारलाई जेल सजाय गरेका थिए । सायद यही कारण हुनुपर्छ कि केन्द्र सरकारले बिहीबार नै न्यायाधीश मुरलीधरलाई पञ्जाव र हरियाणाको उच्चअदालतमा सरुवा गरेको सूचना जारी ग¥यो ।
के तीन दिनसम्म दिल्लीमा जे भयो त्यसमा र त्यसअघि भएका साम्प्रदायिक हिंसाका घटनामा कुनै समानता छ ? हो, छ । राजधानी दिल्लीमा यस्तो १९८४ मा देखिएको थियो जब प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या आफ्नै शिख अङ्गरक्षकबाट भयो, त्यसको लगत्तै काङ्ग्रेस सरकारको छत्रछायामा हजारौँ शिखहरूको नरसंहार भएको थियो ।
हुनसक्छ आमाको मृत्युपछि गद्दीमा आएका राजीव गान्धी तथाकथितरूपमा अनुभवविहीन थिए तर उनका गृहमन्त्री पिभी नरसिम्हा राव कुनै नयाँ मन्त्री थिएनन् र दिल्ली पुलिससित रामै्र अनुभव पनि थियो । फेरि पनि उनीहरूले ३ हजारभन्दा बढी शिखहरूको नरसंहार हुन दिए ।
सन् २००२ मा वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्रीका रूपमा राज्य सरकारको नेतृत्व गरिरहेका थिए । जुन घटनामा उनले हिन्दुत्ववादी दङ्गाकारीहरूको हातबाट एक हजारभन्दा बढी निर्दोष मुसलमानहरूको हत्या हुन दिए । सन् १९८४ र २००२ को दुबै दङ्गाको समयमा पुलिस हिंसाको मूकदर्शक मात्र बनिरहे कारण उनीहरूलाई थाहा थियो दङ्गाकारी भीडलाई सत्तासीन दल र सरकारको पूर्ण समर्थन थियो । या अझ उनीहरूलाई चुपचाप बस्ने आदेश नै सरकारका तर्फबाट थियो । आज २०२० को दङ्गामा पनि पुलिसको भूमिका त्यसभन्दा भिन्न देखिएको छैन ।
रगतमा फैलाइएको विष
मानिसहरू यो प्रश्न गर्न सक्छन् कि उनीहरू आफैँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत सत्कार गरिरहेको बखतमा नरेन्द्र मोदी, अमित शाह र भाजपाले यस्तो समयमा हिंसा हुनदिने अनुमति किन दिन्थे र ?
संयोगको कुरा यो छ कि १९८४ मा जब शिखहरूमाथि हिंसा भयो काङ्ग्रेस सरकारले त्यतिबेला इन्दिरा गान्धीको अन्येष्टीका लागि जम्मा भएका विदेशी पाहुनाको स्वागत सत्कारमा ब्यस्त रहेको बताएको थियो । दिल्लीको सडकमा जातीय नरसंहारको प्रदर्शन गर्नमा तत्कालीन सरकारलाई कति पनि सङ्कोच भएको थिएन र अहिलेको सरकारलाई पनि छैन । फेरि पनि यो प्रश्न आफ्नो ठाउँमा उठि नै रहेको छ कि किन मोदी एण्ड कम्पनी आफ्नै आयोजनालाई नोक्सान पुग्न सक्ने खतरा मोल्न तयार भयो ?
यस प्रश्नको जवाफ धेरै सजिलो छ । के तपाईंलाई एक भ्यागुतो र बिच्छीको कथा सम्झना होला ? कथामा एक भ्यागुतो बिच्छीलाई पिठयुँमा बोकेर नदी पार गर्नमा मद्दत गर्छ । तर, नदी पार गर्दैगर्दा बिच्छीले भ्यागुतोलाई डसिदिन्छ । भ्यागुतोलाई पीडा हुन्छ र चिच्याउँछ – ए मूर्ख तिमीले मलाई किन डसेको ? अब हामी दुबै जना डुब्नेछौँ र मर्नेछौँ । तब बिच्छीले आफ्नो काँध उचालेर जवाफ दिन्छ – म के गर्न सक्छु ? डस्ने मेरो स्वभाव नै हो ।
यही तथ्य आजको भाजपामाथि लागू हुन्छ । साम्प्रदायिक विभाजनको राजनीति भाजपाको स्वभावमै छ र यही साम्प्रदायिक विष भारतका लागि एउटा लाजको विषय बनेको छ । तर ती भाजपाइहरू आफ्नो स्वभावबाट मुक्त हुन सक्दैनन् ।
मोदी र शाहका लागि अमेरिकी राष्ट्रपतिको भ्रमण वर्षमा एकपटक हुने कार्यक्रम मात्र हो, तर राजनीति, चुनाव प्रचार र भोट बैङ्कको निर्माण एउटा निरन्तर चलिरहने र कहिल्यै अन्त नहुने परियोजना हो ।
हालै सम्पन्न भएको दिल्ली विधानसभा निर्वाचन भाजपाले प्रस्टतः साम्प्रदायिक एजेण्डा लिएर लडेको एउटा निर्वाचन थियो । उनीहरूले यस्तो चुनावी प्रचार गरे जुन खुलारूपमा साम्प्रदायिक किसिमको थियो । भाजपा नेताहरूले सामाजिक सञ्जालहरूमा खुलेर मुस्लिमविरोधी तस्विरहरू, कार्टूनहरू तथा मिम्सहरू साझा गरेका थिए ।
ती शब्दहरू र तस्विरहरूको एक स्थायी सन्देश थियो – मुसलमानहरू गद्दार हुन् र गद्दारहरूलाई गोली हान्नुपर्छ । भाजपाको निम्ति दुर्भाग्य रह्यो कि दिल्लीका मतदाता भाजपाको त्यस घृणाले भरिएको सन्देशको भ्रममा परेनन् । चुनावमा उक्त साम्प्रदायिक पार्टीको मतमा केही बढोत्तरी भए पनि समग्र निर्वाचनमा आम आद्मी पार्टीबाट पराजय भोग्नुप¥यो ।
तर, आफ्नो साम्प्रदायिक विषयमा आम आदमी पार्टीको चुपचापले भाजपाको निम्ति एक षड्यन्त्रमूलक राजनीतिक सम्भावना देखाइदियो र अहिले षड्यन्त्रलाई कार्यान्वयन गर्न लागेको छ ।
भाजपाका स्थानीय नेताहरूले यो हिसाब लगाए कि यदि हामीले मुसलमानहरूविरुद्ध आक्रामक अभियान चलायौं र दङ्गा फैलाउन सक्यौं भने आम आदमी पार्टी त्यसको जवाफ दिन समर्थ हुने छैन । किनभने आम आदमी पार्टी हिन्दुत्व परिवारहरूको मुस्लिमविरोधी भाषणबाजीमा ओर्लनसक्दैन न त्यसको आक्रामक रूपमा विरोध नै गर्नसक्छ । अनि यस प्रकारको ध्रुवीकृत वातावरणमा भाजपा अघि बढेर खेल्न र भोट बैङ्क विस्तार गर्न सक्छ ।
भाजपा र सङ्घ परिवारले गर्ने क्रियाकलापमा कुनै पनि कुरा संयोगमात्र भन्ने हुँदैन, न त उनीहरू आफ्नो दिर्घकालीन लक्ष्यहरूलाई कहिल्यै ओझेलमा पर्न दिन्छन् । संघ परिवारका हरेक काम सुविचारित र सुनियोजित हुने गर्छ र हरेक व्यक्ति र सङ्गठनको भूमिका पहिल्यै तय गरिएको हुन्छ । आफ्नो भूमिकालाई हरेकले अनिवार्य रूपमा निर्वाह गर्नैपर्ने हुन्छ ।
२०२० को साम्प्रदायिक दङ्गा अहिले बचेका भाजपाका राज्य सरकारहरू र स्पष्टरूपमा केन्द्रमा आफ्नो सत्ता बचाउने भाजपाको अभियानको सुरुआतमात्र हो । मन्दीले ग्रस्त भारतको अर्थव्यवस्थामा सुधारको कुनै सङ्केत नदेखिइरहेको अवस्थामा सत्ताधारी दलमा फैलिएको निराशा र आक्रोशको परिणति दिल्लीका जनताले चुकाउनुपरेको मात्र हो ।
दिल्लीको हिंसाको कुनै हिन्दु या मुस्लिम पक्ष छैन । बरु यो जनतालाई साम्प्रदायिक आधारमा विभाजन गर्ने घृणित राजनीतिक चालमात्र हो । सन् २००२ का दङ्गाहरूले गुजरातमा भाजपालाई अजेय
(अपराजित) बनाईदियो । गुजरात मोडलको यस महत्वपूर्ण पक्षलाई दिल्लीमा उतार्ने कोसिस जोडतोडकासाथ सुरु भएको छ ।

सिद्धार्थ वर्दराजन
Leave a Reply