भर्खरै :

बुझेरमात्र समर्थन वा विरोध गरौँ !

“…चीनको गोपनीयताले कोरोना भाइरसको प्रकोपलाई सङ्कटपूर्ण पारेको भन्ने शीर्षकमा लेख छापिएको थियो । सो लेख नाटोका लागि अमेरिकाका पूर्वराजदूत ते डाल्डरले लेखेका थिए । सोही लेखेमा माओ त्सेतुङले मास्क लगाएको तस्बिरसमेत छापिएको छ (नागरिक, ८ फागुन २०७६) ।”
त्यस समाचारको शीर्षक हो “चिनियाँ विज्ञप्तिप्रति सम्पादकको आपत्ति ।”
समाचार अघि बढ्छ – बुधबार प्रकाशित सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ, प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौँ तर कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ । त्यस्तो कार्यको हामी भत्र्सना गर्छाैँ ।”
समाचार थप्छ, “चिनियाँ दूतावासले विज्ञप्तिमा पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छाप्ने गरेको आरोप पनि लगाएको थियो । सम्पादकहरूले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास तथा रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा नाघेको पनि बताएका छन् ।”
“विज्ञप्ति जारी गर्नेमा सम्पादकहरू अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुर्इँटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, बसन्त बस्नेत, राजेन्द्र दाहाल, सुधीर शर्मा, शिव गाउँले, सुभास घिमिरे र हरिबहादुर थापा छन् ।”
नेपाल प्रेस युनियनले पनि चिनियाँ दूतावासको विज्ञप्तिप्रति यस्तो टिप्पणी ग¥यो, “सारा कूटनीतिक सीमालाई नाघ्दै गरिएको चिनियाँ विज्ञप्तिप्रति आपत्ति छ ।”
सम्पादक मित्रहरू र प्रेस युनियनकै वक्तव्य पढेर हामीले नाटोका लागि अमेरिकाका पूर्वराजदूत ते डाल्डरले लेखेका र सोही लेखमा माओ त्सेतुङले मास्क लगाएको तस्बिरसमेत छापिएको पनि हे¥यौँ ।
संरा अमेरिकाका एक पूर्वराजदूतद्वारा चिनियाँ व्यवस्थाको विरोध र चिनियाँ जनताका अत्यन्त सम्मानित नेताप्रति गरेको अपमानको विरोधमा चिनियाँ राजदूतावासको असहमति, आलोचना र विरोध हुनु स्वाभाविक होे । निश्चय पनि एक छिमेकी मित्र देशप्रति कुनै एक विदेशीले निन्दा र अपमान गर्दा र गराउँदा सम्पादकले नसोचेरै गराएका होलान् र भन्नेबारे देशभरका सचेत नागरिकहरूमाझ अनेक टीकाटिप्पणी भए । हरेक चिया पसल, कलेज र पार्कमासमेत सम्पादकहरूबारे भएका टिप्पणी यसरी टिपिएका छन्– अनुप काफ्लेले संरा अमेरिकाको ‘न्यूज वीक’ भन्ने साप्ताहिकमा काम गर्थे । उनले सन् २०११ देखि २०१५ सम्म ‘द वासिङ्गटन पोष्ट’ मा काम गरे । उनले ‘बजफिड’ भन्ने मनोरञ्जनप्रधान इन्टरनेट पत्रिकामा विदेशी सम्पादकको रूपमा काम गरे । अरू केहीले भने – सन् २०११ देखि नै उनी ‘राम्रै पत्रकारिता’ मा लागेका थिए । कसैले थपे, ‘उनले वामपन्थी झुकाव’ भएको एक सञ्चारगृहको पत्रिकामा काम गरे जसमा एनबीसीको ३० प्रतिशत सेयर छ र त्यो संस्थाले ओबामाको निकै समर्थन गर्नेगर्छ । एकजना युवाको भनाइमा उनी सन् २०२० देखि संरा अमेरिकाको ‘रेस्ट अफ द वल्र्ड’ भन्ने नयाँ इन्टरनेट पत्रिकाको सम्पादक भएका छन् ।
सत्य के हो भन्नेबारे सबै नेपाली जिज्ञासुहरूले पछि थाहा पाउने नै छन् । तर, आश्चर्य ¤ नेपाली पत्रकार र सम्पादक तुरुन्तै अमेरिका किन पुगे ? यहाँनेर एक नेपाली कविताको सम्झना हुन्छ, त्यसको आशय यस्तो छ – “आफ्नै देशकै भनी के सर्पलाई पनि नमारौँ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *