कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
–प्रकाश
हिजोआज सर्वत्र कोरोना भाइरस सङ्क्रमणको चर्चा र चिन्ता छाएको छ । सामाजिक सञ्जालहरूमा आधारहीन हल्लाहरूलाई विश्वसनीय समाचारका रूपमा पस्किएको देख्दा सर्वसाधारण नागरिक आज आतङ्कित अवस्थामा छन् । सम्भावित कोरोना भाइरस सङ्क्रमणविरुद्ध सजगता आवश्यक छ तर आतङ्कित पार्ने र हुने अवस्थाले साँच्चै कोरोना भाइरसको सङ्क्रमण फैलिएमा हामीले त्यसको प्रतिरोध गर्न सकिएला भन्ने लागेको छैन । सामाजिक सञ्जालमा आतङ्कको रूपमा प्रचार गरिएकै हल्ला र बेफ्वाकका भिडियोहरूलाई आँखा चिम्लिेर विश्वास गर्न भएन । सम्भावित भाइरस सङ्क्रमणबाट बच्न गर्न सकिने रोकथामका क्रियाकलाप गर्न आवश्यक छ । अबको केही हप्ता भीडमा नजाने, कोरोना सङ्क्रमित देशबाट आएकाहरूसित शारीरिकरूपमा नजिक नजाने, चिकित्सकले सिफारिस गरेको गुणस्तरको मास्क प्रयोग गर्ने र रुघाखोकी लाग्नबाट जोगिने उपायहरू अपनाउनु राम्रो हुन्छ ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका यात्रुहरूलाई चेकजाँचमा कडाइ गर्ने त बताएको छ तर यात्रुहरूलाई चेकजाँच गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरू स्वयम् असुरक्षित रहेको, उनीहरूलाई पूरै जीउ भाइरसबाट सुरक्षित हुने पोशाक – पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट– पीपीई पर्याप्त सङ्ख्यामा उपलब्ध नगराइएको बताइएको छ । कोरोना सङ्क्रमित देशबाट मानिसहरू आइरहेका छन्, तर सरकारले कुनै पनि कुरामा डब्लुएचओको मापदण्ड पूरा गरेको छैन । विमानस्थलमा खटिएका अर्का एक चिकित्सक ज्वरो नापेरमात्रै सङ्क्रमित मानिस छिरे या नछिरे भन्न सकिने अवस्था छैन । सरकार साँच्चिकै देशमा कोरोनाबाट बच्न चाहन्छ भने कि विमानस्थल बन्द गर्नुपर्छ, कि त सङ्क्रमित देशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्नुपर्छ । त्यस्तै विमानस्थलको हेल्थ डेस्कदेखि थर्मल स्क्यानर भएको क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छर्किनुपर्ने डब्लुएचोको मान्यता छ । तर यो काम पनि अहिलेसम्म नभएको चिकित्सकहरूले भनेका छन् ।
त्यस्तै सम्भावित सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्स चालक र स्वास्थ्य सहायकहरूलाई पनि पीपीई उपलब्ध नगराइएको र त्यसैले सम्भावित सङ्क्रमित बोकेर एम्बुलेन्स चलाउन नमानेका समाचार आएका छन् । यदि यो सत्य हो भने नेपाल सरकारले कोरोना भाइरसविरुद्ध प्रतिरोधको तयारी गरेको भनिएको कहाँ छ ? चीनबाट नेपाली नागरिकहरूको उद्धार र कोरोना भाइरसको प्रतिरोधको नाममा करोडौं रुपैयाँ खर्च गरिसकिएको बताइएको छ । ती के–केमा खर्च गरिए ? रोग लागिसकेपछि आइसोलेसनमा राख्ने, उपचार गर्नेभन्दा सङ्क्रमण नै हुन नदिने बन्दोबस्त बढी जरुरी छ । देशका स्वास्थ्यमन्त्री पोखरेल प्रधानमन्त्रीसँगै निदाएका छन् कि जागै छन् ? अव्यवस्थाबारे के उनी जानकार र जागरुक छन् ?
Leave a Reply