कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
हमिद दबासी
चीनको उहान सहरमा कोभिड–१९ कोरोना भाइरस फेला परेपछि चीनभित्र र बाहिरका जनस्वास्थ्य अधिकारीहरू यो महामारी विश्वभरि नफैलिओस् भनेर अहोरात्र लागिपरेका छन् । जनस्वास्थ्य अधिकारीहरूले यो महामारीको चिकित्सकीय आयामलाई ध्यान दिंदै गर्दा संसारभरमा भने अर्को महामारी निकै तीव्रगतिमा फैलिरहेको छ । त्यो महामारी हो– जातिवादी भयबाजी ।
अघिल्लो खालको महामारीभन्दा पछिल्लो महामारी अझ खतरनाक खालको हुनसक्छ र संसारले आज सामना गरिरहेको समस्यालाई त्यसले अझ जटिल बनाउन सक्छ ।
अल जजिरामा प्रकाशित एडवार्ड होन–सिङ वनको लेखमा क्यानाडामा चीनविरोधी जातिवादको लामो इतिहासको चर्चा गर्दै कोभिड–१९ को महामारीले त्यस्तै अर्को जातिवादलाई प्रश्रेय दिएको उल्लेख छ । तर, पछिल्लो कोरोना भाइरसको सङ्क्रमणपछि जातिवादको महामारी क्यानाडा र उत्तर अमेरिकामा मात्र सीमित छैन, न त यो चिनियाँ मूलप्रतिको घृणामा नै मात्र सीमित छ ।
पश्चिम युरोपेली वा उत्तर अमेरिकी कुनै पनि देशबाट सजिलै फैलिनसक्ने यो भाइरसको महामारीसँगै आज हामीले देखिरहेको चिनियाँ मूलप्रतिको घृणाको जरा जातीय घृणाको मलिलो माटोमा गाडिएको छ ।
चीन र संसारभरिकै स्वास्थ्य अधिकारीहरूले यो भाइरसको रोकथामको प्रयास गरिरहँदा बाँकी हामी मानिसहरूले भने ‘विदेशीप्रतिको भय’ को जातिवादी अवस्था फैलिनबाट रोक्न जरूरी छ । त्यस्तो जातिवाद यो महामारीभन्दा अघि पनि थियो र पछि पनि रहनेछ ।
विश्वव्यापी बनेको जातिवाद
पछिल्ला केही दिनका सञ्चारमाध्यमका शीर्षकहरूमा हामीले यस्तो बेतुकी र जातिवादी ‘भय’ को विश्वव्यापी रूप देख्नसक्छौँ ।
पीबीएस नामको समाचार माध्यमअनुसार दक्षिण कोरिया, जापान, हङकङ र भियतनामका चमेना गृहहरूमा चिनियाँ ग्राहकलाई सेवा दिन अस्वीकार गरिरहेका छन् । इन्डोनेसियाका केही मानिसहरूले एउटा होटलअघि चिनियाँ पाहुनालाई निकाल्न भन्दै हुलद·ा गरे । फ्रान्स र अस्टे«लियाका अखबारहरूले जातीय द्वैष फैलाउने शीर्षक राखेको भन्दै आलोचना सामना गर्नुप¥यो । युरोप, संरा अमेरिका, एसिया र प्रशान्त क्षेत्रका चिनियाँ र अन्य एसियाली मूलका मानिसले भाइरस सङ्क्रमण व्यापक बनेयता विभेद सामना गर्नुपरेको गुनासो गरे ।
यो स्पष्टतः मूर्खता हो । महामारी भनेको संसारको जहाँबाट पनि फैलिनसक्ने जनस्वास्थ्य सङ्कट हो ।
इतिहासमा तथाकथित ‘जस्टिनियन प्लेग अफ ५४१’ नामको महामारी पहिलोपटक मिश्रइजिप्टबाट सुरू भएको थियो । त्यहाँबाट त्यो महामारी बैजान्टिन साम्राज्यमा फैलियो । त्यहाँबाट त्यो महामारी भूमध्य क्षेत्रभरि फैलियो । मध्ययुगमा युरोपभरि कुष्ठरोगको महामारी फैलिएको थियो । पन्ध्रौँ शताब्दीमा स्पेनिसहरू क्यारिबियाली क्षेत्रमा पुग्दा उनीहरूले बिफर, दादुरा र बुबोनिक प्लेगजस्ता रोग बोकेर गएका थिए । त्यो रोग उनीहरूले क्यारिबियाली क्षेत्रका आदिवासीलाई सारे । सन् १६५५ मा लन्डनमा ठूलो प्लेगको महामारी फैलियो । त्यो रोगबाट लन्डनका २० प्रतिशत मानिस मरेका थिए । हामीलाई रूसी फ्ल्यु र स्पेनिस फ्ल्युबारे पनि थाहा छ । एड्स रोग लाग्ने एचआईभी पहिलोपटक सन् १९८१ मा संरा अमेरिकामा देखिएको थियो । तर, त्यसभन्दा दसकौँअघि अफ्रिकामा त्यो भाइरस सङ्क्रमणको थालनी भएको बताइन्छ ।
भाइरसको कुनै जाति, नश्ल, लि· वा वर्ग हुँदैन । त्यो जहाँबाट पनि सुरू हुन सक्छ ।
भयको फराकिलो घेरा
यो महिनाको सुरूमा एमनेस्टी इन्टरनेसनलले एउटा प्रतिवेदन सार्वजनिक ग¥यो । त्यो प्रतिवेदन कोरोना भाइरसले मानव अधिकारलाई प्रभावित बनाउने सात तरिकासम्बन्धी थियो । प्रतिवेदनमा उल्लेखित सात तरिकामध्ये सबभन्दा अग्र र खतरनाक तरिका भनेर जातिवाद लेखिएको छ ।
फ्रान्सेली, अमेरिकी र अस्टे«लियाका अखबारहरूले यो महामारीसम्बन्धी लेखेका समाचार जातिवादी भएको आरोप लागेको छ । भाइरसको नामाकरणकै सन्दर्भमा पनि कतिपय मिडियाले यसलाई ‘उहान भाइरस’ लेखे । मेरी म्युङ–ओक लीले सलोन नामको सञ्चारमाध्यममा लेखेको लेखमा यस्तो नामाकरण जातिवादी अभिव्यक्ति भएको उल्लेख छ ।
“भाइरस यदि संरा अमेरिका वा कुनै पश्चिमा देशबाट थालनी भएको छ भने त्यसलाई सङ्ख्याबाट नामाकरण गरिन्छ, जस्तै एच १ एन १ अथवा जुन पशुबाट त्यो उत्पत्ति भयो, त्यसैको आधारमा नामाकरण गरिन्छ । जस्तैः स्वाइन फ्यु वा म्याद काउ डिजिज । तर, यदि त्यो भाइरस अमेरिकाबाहेक अन्य क्षेत्रबाट उत्पत्ति भएको छ भने त्यसलाई सो क्षेत्रको आधारमा नामाकरण गरिन्छ । जस्तैः मध्यपूर्वी श्वासप्रश्वास रोग (मेर्स), एसियन फ्ल्यु र अहिले उहान भाइरस । यो प्रष्टतः जातिवादी र जातीय घृणामा आधारित छ”, उनले लेखमा लेखेकी छिन् ।
“ट्रम्पले शरणार्थी वा आप्रवासी तथा मानिसको छालाको र·लाई बढ्ता महŒव दिइरहेका छन् । यसले संसारभरि कोरोना भाइरसप्रति जातिवादी प्रतिक्रियाको आगोमा घ्यु थप्ने काम भइरहेको छ । तथापि एसियालीहरूमाथि यस्तो विभेद नौलो विषय भने होइन । २०१९–एनकोभजस्ता केही कुरा सतहमा नआएसम्म श्वेत अहङ्कारवादी संस्कृति र भाषा अदृश्य बनेको हुन्छ”, लीले लेखेकी छिन् ।
यो नौलो कुरा होइन । वास्तवमा ‘पहेँलो हिरा’ (एल्लो पेरिल) एसियालीलाई लक्षित युरोपेली र संरा अमेरिकी पुरानो जातिवादी चिन्तनको अभिव्यक्ति हो । उन्नाइसौं शताब्दीदेखि यस्तो अभिव्यक्ति चिनियाँ आप्रवासी समुदायलाई राक्षसीकरण गर्न प्रयोग गरिंदै आएको छ ।
तर, कोरोनाभाइरस आजभोलि भयावह बनेको विश्वभरको जातीय घृणाको चिकित्सकीय शब्दावली बनेको छ । यो भाइरसको सङ्क्रमण फैलिनु निकै अघिदेखि जातीय घृणाको यो रोग संसारभर फैलिएको छ ।
स्वास्थ्यकर्मीहरू कोरोना भाइरसविरूद्ध लडिरहेको बेला हामीले विदेशीप्रति भय फैलाउन मलिलो माटो तयार गर्ने जातीय घृणाको सामना र पराजित गर्नुपर्छ ।
(लेखक कोलम्बिया विश्वविद्यालयअन्तर्गत इरानी अध्ययन र तुलनात्मक साहित्यका प्राध्यापक हुनुहुन्छ )
स्रोत ः अल–जजिरा
नेपाली अनुवाद ः नीरज
Leave a Reply