नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
कराकस, ७ मार्च
(टेलिसुर) । संरा अमेरिकाको हस्तक्षेप र आक्रमणविरुद्ध भेनेजुयाली जनताको प्रतिरोध कमान्डर चाभेजका आदर्शहरूको वैधताको प्रतीक हो । यस मार्च महिनाको ५ तारिखका दिनदेखि बोलिभारियाली क्रान्तिका नेता ह्युगो चाभेजको भौतिक अनुपस्थिति सात वर्ष बितेको छ । तर, उनले छोडेको सङ्घर्ष र प्रतिरोधको विरासत आज पनि भेनेजुयला र ल्याटिन अमेरिकामा अझै जिउँदो छ ।
संरा अमेरिका र त्यसका क्षेत्रीय पिछलग्गूहरूको निरन्तरको आक्रमणविरुद्ध भेनेजुयाली जनताको प्रतिरोध कमान्डर चाभेजको मानवतावादी र समाजवादी आदर्शहरूको वैधताको सङ्केत हो । बहस, भाषण र राजनीतिक गतिविधिको माध्यमले चाभेजले भेनेजुयाली समाज रूपान्तरणको परियोजना निर्माण गर्दै थिए, पुँजीवादी प्रणालीका संरचनाहरू निर्मूल गर्दै स्वतन्त्रता, समानता र ऐक्यबद्धताजस्ता समाजवादी मूल्यमान्यतालाई बढावा दिँदै थिए ।
केही सम्झौताका उपायहरू लागू गर्न परे पनि भेनेजुयलाको वर्तमान सरकारले पनि कमान्डर चाभेजले बहुमत भेनेजुयाली जनताको हितमा सुरु गरेर गएको गहन सामाजिक योजनालाई निरन्तरता दिँदै आएको छ ।
भेनेजुयलाको महान आवास योजना– ब्यारियो आड्रेटोको निरन्तरता, स्थानीय समितिहरूको माध्यमद्वारा खाद्य वितरण योजना–क्लाप सञ्चालनलगायत कैयौँ सामाजिक गतिविधिहरूले बोलिभारियाली क्रान्तिको नाममा विगत २० वर्षदेखि कायम रहँदै आएको खँदिलो समाजवादी नीतिहरूलाई नै दर्शाउँछ ।
आफ्नो मार्गमा चाभेजले भेनेजुयलाका जनताको विवेक र सांस्कृतिक चेतनालाई मात्र माथि उठाएनन् बरु यस क्षेत्रका जनतालाई पनि समेटे । सिमोन बोलिभारको सपनाको पुनर्जागरण गरेर सम्पूर्ण दक्षिण अमेरिकाको एकता र शान्तिको विरासतको बीउ छरे, जुन अहिले बिरुवाको रूपमा विभिन्न देशमा लहलहाइरहेका छन् ।
चिलीमा दक्षिणपन्थी राष्ट्रपति सेवास्टियन पिनेराले अगाडि बढाएको नवउदारवादी शासनविरुद्ध चिलीका जनताले गरिरहेको सामाजिक प्रतिरोध र समाजवादी संविधानको माग चाभेजको निधनको सात वर्षपछि पनि चाभेजले गरेको समाजवादविरोधी व्यवस्थाविरुद्ध विद्रोहको आह्वानको प्रभाव मान्न सकिन्छ ।
त्यस्तै कोलम्बिया र इक्वेडरमा ठोस राजनीतिक र आर्थिक सुधारको माग गर्दै अहिले भइरहेका आन्दोलनमा ह्युगो चाभेजको आदर्शले प्रेरित भएका जनताको उपस्थिति कम छैन । ल्याटिन अमेरिकाका जनताले ह्युगो चाभेजको तस्विर बोक्नुलाई चाभेजको धनी र गरिबको खाडल कम गर्ने आदर्शको निम्ति सङ्घर्षको रूपमा बुझ्नुभन्दा भेनेजुयलाको संलग्नताको रूपमा बुझ्ने गल्ती त्यहाँका शासकहरूले गरिरहेका छन् ।
अर्जेन्टिनामा दक्षिणपन्थी राष्ट्रपति माउरिसियो म्याक्रीको शासनकालमा त्यहाँ सरकारले लिएको चर्को नवउदारवादी नीतिहरूविरुद्ध निरन्तर विरोध र हडतालहरू भइरहेका थिए । म्याक्रीको छोटो शासनमा त्यहाँ क्रिच्नरपन्थीहरूको समाजवादी उपलब्धिहरूमाथि प्रहार भइरहेको थियो, जनता कति पनि सन्तुष्ट थिएनन् । अहिले त्यहाँ क्रिच्नरका शिष्य फर्नान्डेज सत्तामा आएका छन्, म्याक्री सरकारका नीतिहरू एक एक गरी उल्टयाइरहेका छन् र जनता शान्तिपूर्वक ढुक्क भई आ–आफ्नो काममा लागेका छन् ।
अर्जेन्टिनाको चार वर्ष लामो नवउदारवादी शासनविरुद्धको सङ्घर्षमा पनि ह्युगो चाभेजको आदर्शको प्रभाव स्पष्ट थियो । चाभेजको भौतिक बिदाइको सात वर्षपछि झन् पुँजीवादी शासन र संरा अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध सङ्घर्ष गरिरहेका क्यारिबियाली र ल्याटिन अमेरिकी जनताले बोलिभारियाली क्रान्तिका नेता चाभेजका शब्दहरू स्मरण गरिरहेका छन् ।
Leave a Reply