भर्खरै :

कोरोना भाइरस सङ्क्रमण हुनेबित्तिकै मृत्यु हुने होइन

आरोही श्रेष्ठ
चीनको हुपेइ प्रान्तबाट सुरु भएको कोरोना (कोभिड–१९) को त्रास हिजोआज विश्वभरजस्तै नेपालमा पनि फैलिएको छ । जनमानसमा कारोनाभाइरसको सङ्क्रमण भयो भने मरिहालिन्छ भन्ने भ्रमपूर्ण त्रास रहेको देखिन्छ । तर, कोरोनाभाइरसको सङ्क्रमण हुँदैमा मानिसको मृत्यु नभइहाल्ने विज्ञ चिकित्सकहरूले बताएका छन् । उहाँहरूका रोग लागेपछि मरी नै हालिन्छ भन्ने भ्रममात्र हो ।
हालसम्मका विभिन्न राष्ट्रमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणको आधारमा वैज्ञानिकहरूले कोरोना भाइरस सङ्क्रमण भएकामध्ये ३ प्रतिशतको हाराहारमा मात्र निमोनिया, फोक्सो पानी जम्ने शरीरका विभिन्न अङ्गहरूले काम नगर्ने भई मृत्यु भएको पाइएको बताएका छन् । कोरोना भाइरस सङ्क्रमण भएकामध्ये पनि ९० प्रतिशतभन्दा बढी बिरामी निको भएर घर फर्केको रेकर्ड हुपेइको उहानमा दर्ज भएको छ । अरु सामान्य रुघाखोकी लागेका ८० देखि ८२ प्रतिशत मानिस अस्पताल भर्ना नभई आफै निको भएका छन् ।
कोरोना (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुने प्रायः ६० वर्षभन्दा माथि उमेर समूहका छन् । यस्तै सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिहरू दीर्घरोगी छन् । दीर्घरोगीमध्ये पनि मुटु, कलेजो, मधुमेह, फोक्सो, क्यान्सर रोग लागेका बढी बिरामीको मृत्यु भएको पाइएको छ । कोरोना भाइरसको सङ्क्रमण भएका १ सय जना व्यक्तिमध्ये २ वा ३ जनाको मात्र मृत्यु हुने गरेको चीनको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले जनाएका छन् । मनोवैज्ञानिक स्वास्थ्य तथा शारीरिकरूपमा स्वास्थ्य रहेको खण्डमा कुनै पनि रोगको सङ्क्रमण हुनसक्दैन । सङ्क्रमण भए पनि आत्तिहाल्नुुपर्दैन । नसर्ने तथा सर्ने गम्भीर प्रकृतिका रोग लागेका बिरामीहरूले आत्मबल तथा आत्मविश्वासका रोगलाई जित्ने धेरै छन् । कोरोना (कोभिड–१९) को सङ्क्रमण भएको खण्डमा बलियो आत्मबलले रोकथामको लागि ठूलो सहयोग गर्नसक्छ । त्यसैले ‘आयो आयो कोरोना आयो’ भन्ने हौवाबाट नतर्सिऔँ । कोरोना भाइरसलाई निर्मूल गर्ने उपायबारे छलफल गरौँ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *