सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, २७ फागुन । कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी भएसँगै मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरू पनि प्रभावित हुने देखिएको छ । कतारस्थित नेपाली राजदूतावासले सोमबार एक वक्तव्य जारी गरी नेपालीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्न र एक आपसमा टेलिफोन वा इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।
मङ्गलबार ‘मजदुर’ दैनिकसँगको कुराकानीमा हाल कतारको दोहास्थित अल मस्सुद आयल इन्डस्ट्री सप्लाई एन्ड सर्भिस कम्पनीमा कार्यरत ओमकृष्ण थुयाजूले सोमबारबाट कतारका सबै विद्यालय र जनसम्पर्क बढी हुने सरकारी कार्यालय बन्द भएको जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सामानको जोहो गर्ने मानिसले बजारमा भीड लागेको बताउनुभयो ।
थुयाजूले कम्पनीले मजदुरहरूलाई मास्क वितरण गरेको र सरकारी निकायले पनि सबैलाई सजग रहन सन्देश सम्प्रेषण गरेको बताउनुभयो ।
डाना हाइपरमार्केट नामको एउटा सुपरमार्केटका एक जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण फेला परेपछि सो सुपरमार्केट पन्ध्र दिनको लागि बन्द गरिने घोषणा गरेको त्यहाँको अवस्थाबारे जानकारी दिंदै उहाँले भन्नुभयो । दाना हाइपरमार्केटका अरू कर्मचारीलाई पनि हमाद सहरमा क्वारेन्टाइनमा राखिएको छ ।
“केही दिनमा सबै कुरा प्रष्ट हुन्छ । अहिले कम्पनीले हामीलाई सजग रहन भनेको छ”, थुयाजूले भन्नुभयो ।
कतारबाट नेपाल फर्किने विमानको टिकट निकै महँगो भइसकेको उहाँले बताउनुभयो ।
“अहिले त त्यस्तो कुनै समस्या छैन । हामी १८ जना जति नेपाली सँगै छौँ । कसैमा कुनै समस्या देखिएको छैन”, थुयाजूले दोहाबाट भन्नुभयो ।
कतारस्थित नेपाली दूतावासको वक्तव्यमा कतारमा हालसम्म जम्मा पन्ध्रजना आप्रवासी कोरोना प्रभावित बनेका छन् ।
Leave a Reply