भर्खरै :

चीनमा सकिँदै, अन्यत्र फैलिँदै

उहान, २७ फागुन । छिमेकी देश चीनमा कोभिड–१९ को प्राणघातक महामारी क्रमशः नियन्त्रणमा आएको छ । संसारभर चीनमा कोभिड–१९ पराजित भएको सन्देश पु¥याउन मङ्गलबार चीनका राष्ट्रपति सी चिनफिङ स्वयम् कोभिड–१९ को सङ्क्रमण सुरु भएको र महामारी बनी फैलिएको मध्यचीनको हुपेई प्रान्तको उहान पुग्नुभएको छ । भ्रमणको क्रममा राष्ट्रपति सीले महामारीविरुद्ध अग्रमोर्चामा बसेर लडिरहेका स्वास्थ्यकर्मी, सैनिक कमान्डर, स्वयम्सेवक र उहानका सर्वसाधारणसँग पनि भेटघाट गर्नुभएको थियो ।
भेटघाटको क्रममा सीले हुपेइ र उहानमा सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि दृढ, मूर्त र मिहिन पाइला चाल्न निर्देशन दिनुभयो । उहाँले कडा मिहिनेतले हुपेइ र उहानको अवस्थामा सकारात्मक परिवर्तन आएको तर सङ्क्रमढण नियन्त्रण र रोकथामको काम अझ कठिन रहेको बताउनुभयो ।
राष्ट्रपति सी मुखमा मास्क लगाएर उहानमा विभिन्न क्षेत्रको भ्रमण गर्नुभएको थियो । लामो समयदेखि क्वारेन्टाइनमा बसेका चिनियाँ सर्वसाधारणले आफू बरान्डाबाट सीलाई खुशीले चिच्याएर अभिवादन गरेका थिए ।
उहाँले कोभिड–१९ को महामारी नियन्त्रणको लागि साता दिनमा बनेका दुई अस्पतालमध्ये एउटाको भ्रमण गर्नुभएको थियो ।
राष्ट्रपति सीको भ्रमणसँगै हुपेइ प्रान्तले न्यून जोखिमका क्षेत्रमा स्वस्थ मानिसलाई भ्रमणमा रोक नलगाउने घोषणा गरेको छ ।
उहानमा सङ्क्रमितको सङ्ख्या घटेसँगै त्यहाँका होङशान जिम्नासियम र उहान अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शन केन्द्रमा बनाइएका दुई अस्थायी अस्पताल बन्द गर्ने घोषणा भएको छ । ती दुवै अस्थायी अस्पताल एक महिनाभन्दा बढी समय सञ्चालनमा थिए । मङ्गलबार उहानमा नयाँ सङ्क्रमित बिरामीको सङ्ख्या १९ मा सीमित भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले सार्वजनिक तथ्याङ्कअनुसार मङ्गलबार एक दिनमा १ हजार २९७ जना बिरामीलाई अस्पतालबाट घर पठाइएको छ । सोमबारसम्म अस्पतालबाट निको भएर घर फर्केका बिरामीको कूल सङ्ख्या ५९ हजार ८९७ पुगेको थियो । जम्मा ८० हजार ७५४ जना मानिसमा सङ्क्रमित भएकोमध्ये ३ हजार १३६ जनाको निधन भयो ।
हुपेइसँग चीनका अन्य प्रान्तमा पनि सङ्क्रमण नियन्त्रण र रोकथामको लागि स्थापना गरिएका अस्थायी अस्पताल क्रमशः बन्द गरिन थालेको छ । ती अस्पतालमा विरामी नभएपछि बन्द गरिन लागेको हो ।
युरोपतिर महामारी
चीनले कोभिड–१९ लाई पराजीत गरे पनि संसारलाई यो रोगले त्यति सजिलै मुक्ति दिने अवस्था छैन । विशेषतः कोभिड–१९ ले युरोपेली देशमा भयानक रूप देखाउन थालेको छ । युरोपेली देश इटालीमा सोमबारसम्म कोभिड–१९ को सङ्क्रमणको कारण ४६३ जना मानिसको निधन भएको छ । सोमबार एकै दिनमा झन्डै एक सय मानिसको निधन भएको थियो । सङ्क्रमितको सङ्ख्या ७ हजार ९८५ पुगेको छ । सोमबार झन्डै १०२ जना सङ्क्रमित निको भएर घर फर्केका थिए । तीसमेत गरेर जम्मा ७२४ जना बिरामी निको भएर घर फर्केका छन् ।
इटालीका प्रधानमन्त्री गुइसेप केन्टेले सोमबार कोभिड–१९ भाइरसको नियन्त्रणको लागि देशैभरि आवश्यक कदम चालिने बताउनुभएको छ । “पूरै देशमा सबै प्रकारको आवतजावत बन्द गरिएको छ । आपतकालीन अवस्था, स्वास्थ्य उपचार र अरू कुनै अत्यावश्यक कामबाहेक सबै आवागनम बन्द गरिएको छ”, सोमबार टेलिभिजनमार्फत भन्नुभयो ।
उहाँले सम्पूर्ण इटालीभरि सबै नियम लागू हुने बताउनुभयो ।
इटालीका ६ करोड जनता अहिले क्वारेन्टाइनमा छन् । अहिले इटाली सामना गरिरहेको सङ्कट दोस्रो विश्वयुद्ध यताको सबभन्दा भयानक सङ्कट मानिएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरू आज दैनिक १२ घण्टा ड्युटी गरिरहेका छन् । सम्पूर्ण देशमा नै सङ्कट लागू गर्नुअघि इटाली सरकारले उत्तरी इटालीका केही स्थानमा मात्र जोखिम क्षेत्र घोषणा गरेको थियो । त्यहाँ सबै खालका भेला र भेटघाट निषेध गरिएको छ ।
कोभिड १९ रोकथाममा अमेरिका आफ्नै विवादमा अलमलिँदै
कोभिड १९ फैलिएदेखि यता चीन र अमेरिका दुई ठूला मुलुकले महामारीको रोकथाम तथा प्रतिरोधका लागि विभिन्न धारणा तथा गतिविधि राखेको चिनियाँसमाचार संस्था सीआरआइको नेपाली सेवाले जनाएको छ । कठिन प्रयासमार्फत चीनले केवल एक महिनामै शक्तिशाली रुपमा यस महामारीको नियन्त्रण गरेको छ । सम्बन्धित तथ्याङ्कअनुसार मार्च नौ तारिख उहानमा नयाँ थप बिरामीको सङ्ख्या पहिलोपटक २० भन्दा कम पुगेको छ । उहानबाहेक हुपेइ प्रान्तका अन्य क्षेत्रमा लगातार पाँच दिनमा नयाँ थप बिरामी भेटिएका छैनन् । हुपेइ प्रान्तबाहेक लगातार तीन दिनमा नयाँ थप बिरामी छैनन् । विश्व स्वस्थ सङ्गठनले हिजै चीनको महामारी अवस्था सम्पन्न भइरहेको भनेर सम्बोधन गरेको छ ।
तापनि अमेरिकामा नयाँ कोरोना भाइसर सङ्क्रमित जनसङ्ख्या लगातार बढ्दै गएको सीआरआई नेपाली सेवाले जनाएको छ । अमेरिकाको पूर्वी क्षेत्रमा मार्च ९ तारिख अपराह्न सात बजेसम्म अमेरिकाका ३० भन्दा बढी राज्यमा सम्बद्ध सङ्क्रमित बिरामी देखिएका छन् । दश राज्यले आपत्कालीन अवस्थामा प्रवेश गरेको बताइएको छ । विश्वमा सबैभन्दा विकसित चिकित्सा स्तर रहेको अमेरिकामा यस्तो महामारीको रोकथाम तथा प्रतिरोध अवस्था देखिएको थिएन । दस दिन अगाडि अमेरिकी सरकारले यस महामारीका लागि ढिलो र नकारात्मक धारणा लिएको थियो । अमेरिकाका भूतपूर्व एशिया प्रशान्त मामिला सहायक परराष्ट्रमन्त्री कुर्त काम्पबेलले चीनको रोकथाम तथा प्रतिरोध कदमले अमेरिकाका लागि धेरै समय सिर्जना गरेता पनि अमेरिकाले यो समयको प्रयोग नगरेको विचार व्यक्त गर्नुभएको थियो । अमेरिकी सरकारले यस महामारीविरुद्ध युद्धमा ढिलो पाइला चाल्नुका साथै अमेरिकाका दुई पार्टीले हाल महामारीको रोकथाम तथा प्रतिरोधमा पँुजी लगाउनेमा विवाद सिर्जना गरेका छन् । अमेरिकी राजनीतिक चौतारोमा देखिएको संस्थागत विरोधाभासले यस महामारी विरुद्ध युद्धमा गम्भीर बाधा सिर्जना गरेको छ । केही समयअघि चीनको निन्दा गर्ने पश्चिमी सञ्चार माध्यमले अमेरिकी सरकारको कर्तुतको आलोचना गर्न थालेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकका उच्च सल्लाहकार ब्रुस अयालवार्डले चीनको नौ दिने निरीक्षण गरेपछि सञ्चार माध्यमलाई जानकारी दिनुभएअनुसार चीनमा सबैभन्दा धेरै ‘जनता बचाउनु’ हो भने यो चीनको संस्थागत श्रेष्ठतामा सबैभन्दा शक्तिशाली प्रवद्र्धन शक्ति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *