भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
सामना
धनगढी, २८ फागुन । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी उपमहानगरपालिकाभित्र भइरहेको विकास निर्माणका कार्यहरूको प्रभावकारी अनुगमन हुन नसक्दा सर्वसाधारण जनता चिन्तित छन् ।
उपमहानगरपालिकाभित्र पर्ने कैयौत् स्थानमा अहिले पनि सडकको अवस्था निकै जीर्ण रहेको छ । जनप्रतिनिधिको आत्खा परेका कतिपय टोल–वस्तीको सडकको अवस्था निकै राम्रो पनि रहेको छ । जनप्रतिनिधिको आत्खा नपरेको, जनप्रतिनिधिको अनियमितता तथा पक्षपाती कार्यको विरोध गर्ने टोल वस्तीहरूमा भन्ने विकास निर्माणका कार्य सून्यजस्तै छ ।
स्थानीय स्तरमा विकासे काम बर्सेनि हुन्छन् । तर, ती काममा गुणस्तरियता अभावको साथै जनताको पक्षमा भन्दा पनि बात्डिचुत्डी खाने प्रवृत्ति बढेको देखिन्छ । स्थानीयस्तरमा आम नागरिकको पक्षमा र गुणस्तरीय काम नहुनुले नगरवासीले आवत–जावत गर्दा, हित्डडुल गर्दा विभिन्न समस्याहरू भोग्नुपर्ने बाध्यता छ । खासगरी बजेटमुखी विकास आयोजनाहरूमा अनुगमन र पारदर्शिताको खात्चो देखिन्छ ।
सरोकारवाला निकायले नियमित अनुगमन नहुत्दा विकास निर्माणमा गुणस्तरको ठूलो समस्या देखिन्छ । कमसल सामग्री प्रयोग गरी ठेकेदारले निर्माण गरेका नगरका पुराना भित्री सडकहरू समयमै मर्मत नहुत्दा सडकहरू जीर्ण अवस्थामा छन् ।
धनगढी उपमहानगरपालिका वडा नं. १ बस्ने सुमित्रा कामी भन्नुहुन्छ, “चुनावमा भोट माग्न आउने बेला विकास निर्माणको आश्वासनको पोका देखाउत्छन् । चुनाव जितेपछि जनताको समस्या राख्दा र उनीहरूले जनताप्रति गरेको वाचा सम्झाउत्दा नचिनेको भान गर्दछन् । तर, आफ्नो टोल, वस्ती वा आफूले भोट प्राप्त गरेको स्थानमा बजेटमाथि बजेट खन्याएको देखिन्छ ।”
उहात् अगाडि भन्नुहुन्छ, “यसरी हुने विभेद र सर्वसाधारणको समस्या माथिको खेलबाट पुष्टि हुन्छ । जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन सकेनन् । कतिपय सडकमा जनताको आत्खामा छारो हाल्न र आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिमा राखी बजेट सिध्याउने र कमिसनमा फसेकोले यस उपमहानगरपालिकाका जनतप्रतिनिधिमाथि नै प्रश्नचिह्न खडा भएको छ ।”
सरोकारवाला निकायले नियमित अनुगमन नगर्दा भइरहेका विकास निर्माणका काममा गुणस्तरको ठूलो समस्या देखिने गरेको छ । नगरका सचेत नागरिकहरू स्थानीय तहमा भइरहेको विकासे कामहरूको प्रभावकारी अनुगमन भएमात्रै खास विकासको लगानी सही सदुपयोग हुने बताउत्छन् ।
योजनाहरू समयमा अनुगमन नहुने र भए पनि प्रभावकारी रुपमा नहुत्दा बेथिति मौलाइरहेको चिन्ताप्रति नगरवासीको चासो बढ्दै गएको छ । स्थानीय नागरिकहरू स्थानीय तहको बजेट शीर्षकअनुसार नै खर्च हुनुपर्ने जोड दिन्छन् ।
मालपोत रोडका सुमन चौधरी भन्नुहुन्छ, “हाल एक शीर्षकको बजेट अर्कै शीर्षकमा खर्च गरिरहेको पाएकोले यसलाई रोक्नुपर्ने देखिन्छ । त्यसका लागि जसले रकम खर्च गर्ने हो सोही पक्ष वा राजनीतिक दलहरू होइन कि तेस्रो पक्षलाई सशक्त भूमिका दिएर त्यसको प्रभावकारी अनुगमन र नियमनको कार्य गर्न आवश्यक छ ।”
हुन पनि यसो नगरेमा विकाशमा लगानी बालुवामा पानी हुने अवस्थाको सृजना हुन बेर लाग्दैन । विकास कार्यको अनुगमनको लागि समयमै प्रभावकारी सम्पन्न बनाएर स्थानीय स्तरमा आम नागरिकको चासो र मुद्दालाई सम्बोधन गर्दै अनुमगन र नियमनको कार्य प्रभावकारी बनाउन आवश्यक छ ।
विकासको लागि पर्याप्त बजेट भएरमात्र पुग्दैन । त्यसको सही सदुपयोग आवश्यक छ । बजेटको सही सदुपयोग नभए सङ्ख्यात्मक रुपमा विकास देखिए पनि गुणात्मक विकास नहुनसक्छ । यसका लागि नागरिक सचेतना र प्रभावकारी अनुगमन नै आवश्यक छ ।
Leave a Reply