भर्खरै :

इटालीमा कोभिड – १९ भाइरस सङ्क्रमण फैलिनुको अर्थ

 पाउलो सुबाची
उत्तरी इटाली युरोपमा नोबल कोरोना भाइरस सङ्क्रमणको केन्द्र बनेको छ । हरेक वर्ष हजारौं पर्यटक हेर्न आउने भेनिस कार्निभलको अन्तिम दुई दिन रद्द गरियो । इटालीमा पहिलो पटक कोभिड–१९ भाइरसको सङ्क्रमण देखिएको मिलान सहरको दक्षिण भागलाई क्वारेन्टाइनमा राखिएको छ ।
सोमबार राति इटाली सरकारले देशैभरि आवागमनमाथि रोकको अवधि बढाउने घोषणा ग¥यो । मध्य युग र पुनर्जागरणकालदेखि उत्तरी इटाली व्यापार मार्गको प्रमुख केन्द्र रहत्दै आएको छ । त्यसकारण त्यहात्को लागि महामारी फैलिनु कुनै नयात् विषय भने होइन ।
वास्तवमा भाइरसबाट सर्ने सरुवा रोगको नियन्त्रण र उपचारको विधि विकास गर्ने इटालीको भेनिस नै पहिलो सहर हो । त्यत्तिबेलै भेनिस सरकारले रोगको लक्षण देखिएका मानिसलाई सहरभन्दा बाहिर समुद्री टापुहरू छेउछाउ लजारेट्स (बिरामी मानिसलाई अन्य मानिसबाट अलग राख्न समुद्रमा तैराइएको जहाज) को बन्दोबस्त गथ्र्यो । रोगका लक्षण देखिएका मानिसलाई स्वस्थ भेनिसबासीबाट त्यत्तिबेला चालिस दिन अलग राखिन्थ्यो ।

आर्थिक भूमण्डलीकरणको समयमा महामारी फैलिसकेपछि क्वारेन्टाइन र यात्रामा रोक लगाउने त्यत्ति प्रभावकारी देखिंदैन । जनवरी महिनाको अन्त्यतिर संरा अमेरिकाले पछिल्लो समय चीनको यात्रा गरेका विदेशी नागरिकलाई आफ्नो भूमि छिर्न अस्थायी रोक लगाउने घोषणा गरेको थियो । लगत्तै इटाली सरकारले पनि चीनबाट आउने र चीन जाने दुवै प्रत्यक्ष हवाई उडान रद्द गरेको थियो । तर, त्यो निर्णयले इटालीको प्रमुख व्यापार साझेदार चीनसत्ग उसको मनमुटाव भयो । साथै चीनबाट इटालीमा अप्रत्यक्ष रूपमा आएका मानिसमाथि निगरानीको समस्यालाई उडान रद्द गर्ने निर्णय समाधान गर्न सक्दैन । यात्रामाथि रोक लगाउत्दा इटालीमाथि अर्कै तरिकाबाट नकारात्मक प्रभाव पार्न सक्थ्यो ।

त्यस्ता उपाय प्रभावकारी थिए वा थिएनन्, त्यसबारे मिश्रित प्रमाण छन् । सन् १६३० मा फैलिएको प्लेगको महामारीले मिलान सहरका झन्डै आधा जनसङ्ख्याको निधन भएको थियो भने भेनिस सहरका झन्डै तीस प्रतिशत मानिसको ज्यान गएको थियो । सङ्क्रामक रोगविरुद्ध त्यत्तिबेलाका सरकारले त्यसरी प्रतिरोध नगरेको भए ती सहरको मृत्युदर अझ उकालो लाग्ने थियो ।
आधुनिक औषधि विज्ञान र स्वस्थ जीवनपद्धतिले महामारीको क्रमलाई घटाएको छ । सङ्क्रमणको गतिलाई उल्लेख्य मात्रामा न्यून गरेको छ र मानिसको मृत्युदर पनि कम गरेको छ ।
कोभिड–१९ को समग्र मृत्युदर भनेको झन्डै प्रतिहजार ३४ जना हो । उत्तरी इटालीको आधुनिक कालको सुरु सुरुमा महामारीले प्रतिहजार मानिस ३ सयदेखि ४ सय मानिसको मृत्यु हुन्थ्यो ।
गम्भीर जोखिमको व्यवस्थापन र प्रतिरोध बलियो बनाउनु नै प्रमुख सार्वजनिक नीतिको लक्ष्य हुन् ।
घना मानव बस्तीमा उच्च गतिमा सङ्क्रमण हुने कुनै पनि रोगलाई मृत्यु दर जतिसुकै न्यून भए पनि शीघ्रातिशीघ्र नियन्त्रण गर्नुपर्छ किनभने त्यस्तो महामारीले धेरै क्षेत्रका अस्पताल र स्वास्थ्य उपचार प्रणालीलाई ध्वस्त बनाउत्छ ।
जसरी वित्तीय सङ्कटले ठूलो आर्थिक, सामाजिक र राजनीतिक मूल्य चुकाउनुपर्ने हुन्छ, त्यसरी नै यस्ता सङ्कटको सामना गर्नुभन्दा हुनै नदिने परिस्थिति निर्माण गर्नु बुद्धिमानी हो ।
आर्थिक भूमण्डलीकरणको समयमा महामारी फैलिसकेपछि क्वारेन्टाइन र यात्रामा रोक लगाउने त्यत्ति प्रभावकारी देखिंदैन । जनवरी महिनाको अन्त्यतिर संरा अमेरिकाले पछिल्लो समय चीनको यात्रा गरेका विदेशी नागरिकलाई आफ्नो भूमि छिर्न अस्थायी रोक लगाउने घोषणा गरेको थियो । लगत्तै इटाली सरकारले पनि चीनबाट आउने र चीन जाने दुवै प्रत्यक्ष हवाई उडान रद्द गरेको थियो । तर, त्यो निर्णयले इटालीको प्रमुख व्यापार साझेदार चीनसत्ग उसको मनमुटाव भयो । साथै चीनबाट इटालीमा अप्रत्यक्ष रूपमा आएका मानिसमाथि निगरानीको समस्यालाई उडान रद्द गर्ने निर्णय समाधान गर्न सक्दैन । यात्रामाथि रोक लगाउत्दा इटालीमाथि अर्कै तरिकाबाट नकारात्मक प्रभाव पार्न सक्थ्यो ।
जनताको चिन्ता र विदेशीविरोधी भावनाको कारण इटालीका छिमेकी देशहरूले पनि आफ्नो देशमा इटाली जनताको प्रवेशमा रोक लगाउन सक्छन् । फ्रान्सका अतिदक्षिणपन्थी नेता मरिन ले पेनले फ्रान्स सरकारलाई स्चेनगन सम्झौता खारेज गर्न र इटालीसत्गको सिमाना बन्द गर्न आग्रह गरिसकेका छन् ।
महामारीले विभिन्न देशलाई विभिन्न प्रकारले प्रभावित बनाउने गर्छ । राष्ट्रिय नीति निर्माताहरूले त्यसैअनुसार आफ्नो नीति तय गर्नुपर्छ । सरकारले स्वास्थ्यकर्मीको रक्षा र कमजोर व्यक्ति तथा देशलाई जोगाउन समन्वय गर्ने खालका निर्णय गर्नुपर्छ ।
इटालीमा अहिले स्थानीय सरकारहरूबीच समन्वयको अभाव देखिएको छ । राजनीतिक विभाजनले समस्यालाई थप विकराल बनाएको छ । सबभन्दा बढी प्रभावित क्षेत्रबाट सो ठाउत् छोड्न सर्वसाधारणलाई अझ उत्साहित गरेर रोकथामको कार्यलाई अझ जटिल बनाएको छ ।
उत्तरी इटालीका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी त्यहात्बाट फर्किसकेका छन् । यसो हुत्दा एक ठाउत्मा सङ्क्रमण नियन्त्रण गर्न सकिनेमा अन्यत्र पनि रोग सर्ने सम्भावना बढेको छ । भाइरस अब इटालीभरि र बात्की युरोपमा पनि सङ्क्रमण हुने सम्भावना बढेको छ । उदाहरणको लागि फ्रान्स अहिलेसम्म सङ्क्रमितको सङ्ख्या न्यून छ । केही देशले बढ्दो त्रासको कारण कडा निषेधात्मक निर्णय गरेका छन् ।
नोबल कोरोना भाइरसको सङ्क्रमणले इटालीको अर्थतन्त्रमा उल्लेख्य प्रभाव पार्नेछ । इटालीको अर्थतन्त्र अब ओरालो लाग्ने देखिएको छ ।
उत्तरी इटाली त्यहात्को अर्थतन्त्रको इन्जिन हो । उत्तरी इटालीको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ३५ हजार युरो (३८ हजार अमेरिकी डलर) छ । समग्र इटालीको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भने २८ हजार युरो मात्र छ । उत्तरी इटालीको रोजगारी दर ६७ छ भने समग्र इटालीको रोजगारी दर ५९ प्रतिशत मात्र छ । सङ्क्रमण फैलिएसत्गै मिलान फर्निचर मेलाजस्ता प्रमुख व्यापार मेलाहरू सबै स्थगित वा सरेका छन् । व्यापारिक भ्रमणहरू रद्द भएका छन् ।
भाइरसको सङ्क्रमणको कारण भएका भ्रमण रद्दले इटालीको पर्यटन उद्योगमा अहिले नै गम्भीर असर गरिसकेको छ । इटालीको कुल गार्हस्थ उत्पादनमा पर्यटन उद्योगको योगदान १४ प्रतिशत छ ।
लामो समयको धिमा अर्थतन्त्र सामना गरेको इटालीको अर्थतन्त्र सन् २०१९ मा ०.२ प्रतिशतले वृद्धि भएको थियो । अब फेरि इटालीले अर्को आर्थिक सुस्तता सामना गर्ने भएको छ ।
जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता र ब्रेक्सिटले निम्त्याएको अनिश्चियको परिस्थितिबीच इटालीमा भाइरसको प्रभाव युरोपको लागि अप्रिय समाचार बनेको छ ।

(लेखक लन्डनको कुइन मेरी ग्लोबल पोलिसी इन्स्टिच्युटमा अन्तर्राष्ट्रिय अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ । उहाँ द कस्ट अफ फ्रि मनी पुस्तकका लेखक हुनुहुन्छ ।)
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *