क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सुनिता गाइसी
.
प्राकृतिकरूपमा सुन्दर टिष्टुङ्ग उपत्यका ऐतिहासिकरूपमा पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको इतिहासका रचयिता गोपालीहरूको बसोबाससँग यो क्षेत्र सम्बन्धित रहेको छ । नेपालका प्रथम शासक गोपालीहरू थिए । यस टिष्टुङ्ग पाल्चोको अंशुवर्माको शिलालेख तथा टिष्टुङ्ग भटुवालकै अंशुबर्माको शिलालेखअनुसार यस क्षेत्रमा गोपालीहरूको बसोबास प्राचीनकालदेखि रहेको प्रमाण भेटिन्छ ।
गोपालीहरू राज्य व्यवस्थाका संस्थापक थिए । उनीहरूलाई सभ्यताको संवाहकको रूपमा पनि मानिन्छ । उनीहरूले नै पशुपतिनाथको स्थापना गरेका थिए ।
टिस्टुङ क्षेत्रलाई खुल्ला सङ्ग्रहालयको रूपमा मानिन्छ । यहाँ यत्रतत्र ऐतिहासिक पुरातात्विक वस्तुहरू भेटिन्छन् । प्राचीन टिष्टुङ्ग हालको बज्रबाराही गाविसको पुरानो सिमाना उत्तरमा लिखुधुसिङ्ग, दक्षिणमा नलिवन दामन, पूर्वमा चित्लाङ्ग र पश्चिममा हालको टिष्टुङ्ग देउराली भञ्ज्याङ्ग पदर्छ । लिच्छवीकालमा यो भेग निकै महत्वपूर्ण व्यापारिक स्थलको रूपमा प्रसिद्ध थियो । यहाँबाट निर्यात हुने सामग्रीहरूमा कस्तुरी, तामा, फलाम, चमर इत्यादि थियो । मल्लकालमा यो क्षेत्र पाटनको अधिनमा रहेकोले यसको महत्व केही कम भएको देखिन्थ्यो ।
प्राकृतिकरूपमा सुन्दर टिष्टुङ्ग काठमाडाँैबाट नजिकैको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । स–साना पहाड, हरियाली वनजङ्गल, अविरलरूपमा बग्ने नदी, सानो सुन्दर, शान्त उपत्यका, उब्जाउ भूमि आदि यस क्षेत्रको मुख्य विशेषता हो । प्राकृतिकरूपमा मात्र नभई धार्मिक दृष्टिकोणले एक विशेष क्षेत्रको रूपमा परिचित हुँदै आएको छ । शिवलाई मान्नेहरूको लागि यो क्षेत्र विशेष बन्दै गएको छ । नेपाल भित्रको ६५ शिवलिङ्गमध्ये ३ वटा शिवलिङ्ग यही टिष्टुङ्गको कुन्छालमा गौखुरेश्वर, सरस्वतीचौर नदीछेउ नन्दिकेश्वर र भटुवालमा उन्मत्तेश्वर रहेका छन् । अरू शिवलिङ्ग सतिदेवीको अङ्ग पतन भएर बनेको विश्वास गरिन्छ । तर, नन्दीकेश्वर उत्पति कारण फरक रहेको कुरा स्थानीयहरू बताउँछन् । भगवान नन्दीको स्वरूपमा नन्दीकेश्वर महादेवको स्थापना भएको किम्वदन्ती छ । वि.स. २०७५ मा स्थानिय पुरुषोतम बिडारी र उनको परिवारहरू मिलेर आकर्षक नन्दकेश्वर मन्दिरको स्थापना गरेका थिए ।
टिष्टुङ्गको प्रसिद्ध मन्दिरको रूपमा बज्रबाराही मन्दिर रहेको छ । यसलाई विष्णुको अवतार मानिन्छ । नेपालका प्रसिद्ध चार बाराहीमध्ये टिष्टुङ्गको बाराही पनि एक हो । यहाँको बाराहीलाई अन्य ठाउँको बाराहीको आमा भन्ने जनविश्वास रहेको छ । बज्रबाराहीको उत्पतिका बारेमा यहाँका स्थानीय प्रमोद जोशी भन्नुहुन्छ ः एक जनश्रृतिका अनुसार, एक वृद्धा महिला गाउँमा बास माग्दै आइन् । तर, कुनै पनि बस्तीमा बास पाइनन् । ती वृद्ध महिला बास खोज्दै जानेक्रममा पोडे टोलमा पुगिन् । त्यहाँ उनले स–सम्मान बास पाइन् । आफूलाई बास दिने घरको घरमुलीलाई तान्त्रिक ज्ञान सिकाइदिइन् । पछि तिनै वृद्ध महिला बाराही अजिमा भएको थाहा पाएपछि सबैले पुज्न थालेको स्थानीयहरू बताउँछन् आफूलाई वृद्ध फोहरी भनी अपमान गर्ने टिष्टुङ्गका अन्य गाउँलेहरूलाई, “दुई छाक खान नटुटोस् तर सम्पन्न पनि कोही नहोउन्” भनी बज्रबाराहीले श्राप दिएकी थिइन भन्ने कुरा स्थानीयहरू बताउँछन् । यसरी वृद्ध महिलालाई बास दिने पोडे टोलमा बज्रबाराहीको सानो मन्दिर रहेको छ । साथै बज्रबाराहीको ३ वर्षे जात्रा र १२ वर्षे नाचमा यहाँका पोडेहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । अहिले पनि यहाँ पूरै कपाल सेतिएकी भुत्रा कपडा लगाएकी वृद्ध महिला देखिएमा बज्रबाराही देवी नै आएको भनी मानिन्छ ।
बज्रबाराहीको ३ वर्षे जात्रा वैशाख पूर्णिमापछिको पहिलो शनिबार मनाउने गरिन्छ । बज्रबाराही टिष्टुङ्गको ग्रामदेवीको रूपमा मानिन्छ । यिनी रिसाएमा यहाँ प्राकृतिक विपति आउने कुरामा यहाँका स्थानीयहरू बताउँछन् । टिष्टुङ्गको प्रसिद्ध १२ वर्षे नाच टिष्टुङ्ग, पालुङ्ग, चित्लाङ्गका विभिन्न स्थानमा नचाइसकेपछि काठमाडाँै अनिवार्यरूपमा नचाउने चलन थियो । तर, राणा प्रधानमन्त्री चन्द्रशमशेरले आवश्यक खर्च दिन नसक्ने भनिदिएपछि काठमाडाँैमा नाच देखाउन बन्द भएको थियो । त्यसपछि २०६५ साल मंसिर २२ गते आइतबार बसन्तपुरको महादेव पार्वती डबलीमा टिष्टुङ्गको बज्रबाराही नाच देखाइएको थियो । पहिले हनुमान ढोका दरबारको नासल चोकमा देखाएने परम्परा भए तापनि हाल दरबार बाहिर नै यो नाच देखाइएको थियो । पूरै नाच देखाउन दुई रात लाग्थ्यो तर त्यस दिन मूलनाचमात्र नचाई २ घण्टामा नै यो नाच पूरा गरिएको थियो ।
यसरी ऐतिहासिक महत्व बोकेको क्षेत्र ओझेलमा परेको भान हुन्छ त्यहाँ भएको शिलालेखहरू यत्रतत्र छरिएर रहेका छन् । ढुङ्गेधारा, पाटीमा, खेतमा भएका अभिलेखहरू संरक्षणको पर्खाइमा छन् ।
Leave a Reply