सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
– फैज अहमद फैज
हामीले हेर्नेछौँ, हामीले पनि
निश्चय पनि हामीले पनि देख्नेछौँ
त्यही प्रतिज्ञा गरिएको दिन
लेखिएको गन्तव्य त्यो पुस्तकमा
हामीले हेर्ने छौँ, हामीले पनि ।
अत्याचार र क्रूरताको पहाड जब
ऊनजस्तै पानीमा बग्दा देख्नेछौँ
हाम्रै खुट्टाको तल, शासित हामी
भूमि फुटेको प्रतिध्वनि मुटु फुट्लाजस्तो
शासकहरूको टाउकाको आकाशमाथि
मेघको गर्जन हुँदाको प्रतिध्वनि
हामीले देख्ने छौँ, हामीले हेर्नेछौँ ।
खाली ईश्वरको नाम बाँकी रहनेछ,
छल र सम्झना ईश्वरको रहनेछ,
उही दर्शक र साक्षी पनि रहनेछ,
‘म सत्य हुँ’ को जय जयकार हुनेछ
जो म हुँ र तिमी पनि हौ
अनि ईश्वरका आफ्नै मानिसले
गर्नेछ शासन जो म हुँ र तिमी हौ
हामी हेर्नेछौँ, हामी पनि देख्नेछौँ ¤
फैज अहमद फैज पाकिस्तानका कवि हुनुहुन्थ्यो । उर्दु भाषामा कलम चलाउने उहाँ माक्र्सवादी हुनुहुन्थ्यो । उहाँ सोभियत सङ्घले दिने लेनिन शान्ति पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो । पाकिस्तान कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिमा रहनुभएका फैज ‘द पाकिस्तान टाइम्स’ का सम्पादक हुनुहुन्थ्यो ।
पाकिस्तानमा सैनिक शासक जिया उल हकको दमनकारी शासनविरूद्ध पाकिस्तानी जनताको आन्दोलनको क्रममा लेखिएको ‘हामीले हेर्ने छौँ’ कविता निकै चर्चित कविता हो । सन् १९८६ मा कलाकार इकबल बानोले यो कवितालाई साङ्गीतिक प्रस्तुति दिएपछि यसको चर्चा अझ चुलियो । त्यसयता दक्षिण एसियामा भएका विभिन्न आन्दोलनहरूमा यो कविताको चर्चा हुने गरेको छ । सडकको मोर्चामा आन्दोलनकारीलाई ऊर्जा दिने यो कविता हरेक परिवर्तनकामी आन्दोलनको गीत बनेको छ । भारतमा हाल चालू नागरिकता संशोधन ऐन (सीएए) विरोधी आन्दोलनको क्रममा फैजको यो कविताले निकै चर्चा पाएको छ । लामो इतिहास र गौरव बोकेको यो कवितालाई अङ्ग्रेजीबाट क्रिस्चिनाले नेपालीमा अनुवाद गर्नुभएको छ ।
अनुवाद ः क्रिस्चिना
Leave a Reply