भर्खरै :

चिलीका जनता किन पुनः आन्दोलनमा छन् ?

 प्रकाश
आन्दोलनको नयाँ लहर
दक्षिण अमेरिकी देश चिलीमा डेढ महिना लामो नवउदारवादविरोधी जनआन्दोलन २०१९ नोभेम्बरको तेस्रो साता घोषणा भएको संविधान संशोधन वा नयाँ संविधानका लागि जनमतसङ्ग्रह गर्ने घोषणालगत्तै स्थगित भएको थियो । नोभेम्बर १५, २०१९ को दिन चिलीका संसदीय राजनीतिक पार्टीहरू संविधान संशोधनका बारेमा अप्रिल २६, २०२० का दिन जनमतसङ्ग्रह गर्ने निर्णयमा पुगेका थिए । आन्दोलन स्थगित भएपछि देशको सत्तामा रहेका राष्ट्रपति सेवास्टियन पिनेरालगायत दक्षिणपन्थी र नवउदारवादीहरूले राहतको श्वास फेरे । आन्दोलनकारी जनताले भने आन्दोलन स्थगन गर्न सम्बोधन गर्ने क्रममा राष्ट्रपतिले दिएका सबै वचन पालना हुने र नवउदारवादी नीति तथा कार्यक्रम क्रमशः फिर्ता हुने आशा गरेका थिए । तर, जनताको आशा र भरोसाविपरीत पिनेरा सरकारले पुरानै नीति कायमै राख्यो । सरकारी कार्यालय र निगमहरूबाट काममा निकालिएका मजदुरहरूलाई रोजगारमा पुनर्बहाली गरिएन । महिलाहरूको तलबसहितको सुत्केरी बिदा कटौती पुनः स्थापना गरिएन । सरकारले कटौती गरेका र आन्दोलनका क्रममा जनताले उठाएका जायज मागहरू पूरा गर्न सरकारले आनाकानी ग¥यो ।
यसभन्दा ठूलो त आन्दोलनका क्रममा मारिएकाहरूको परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने कुरा व्यवहारमा लागू भइरहेको थिएन । त्यसको निम्ति चिलीका जनताले विभिन्न माध्यमले आवाज उठाउँदै आइरहेका थिए तर सरकारले भने टेरपुच्छर लाएन । आन्दोलनका क्रममा ४४५ जनाको एउटा वा दुइटै आँखामा गम्भीर चोट लागेको थियो भने तीमध्ये झन्डै आधाले आफ्नो दृष्टि गुमाएका छन् । पिनेरा सरकारविरुद्ध पुनः आन्दोलनको आवश्यकता जनताले गर्न थालेका थिए । सोही समयमा मार्च लागिसकेको थियो र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन विशाल प्रदर्शन गर्ने तयारी थालियो । पिनेरा सरकारले भने हिंसा भड्कन सक्ने भन्दै मार्च ८ को प्रदर्शनमाथि रोक लगायो ।

पिनेरा सरकारको दमनकारी व्यवहारको अर्जेन्टिना, भेनेजुयला, क्युवालगायतका सरकारले विरोध र निन्दा गरेका छन् । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषदले पनि चिन्ता जाहेर ग¥यो । चिलीका धर्मगुरुहरूले पनि प्रहरीको दमनकारी चरित्रको निन्दा गर्दै पिनेरा सरकारलाई जनताप्रति उत्तरदायी बन्न आह्वान गरे । चिलीको इपिस्कोपल कन्फेरेन्सले जनताको माग पूरा गर्नमा पिनेरा सरकारको वितृष्णाको आलोचना गर्दै आर्थिक ढाँचाले उत्पन्न गरेको बढ्दो आर्थिक असमानता अन्त्य गर्नुपर्ने प्रस्ताव पारित ग¥यो । “हामी देखिरहेका छौँ अक्टोबर १८ को आन्दोलनदेखि उठाइएका जनताका मुख्य मागहरू पूरा गरिएका छैनन् र नीति निर्णयकर्ताहरूले बेवास्ता गरिरहेका छन्”–इपिस्कोपल कन्फेरेन्सले प्रस्तावमा उल्लेख ग¥यो ।

प्रदर्शन शान्तिपूर्ण हुने कुरामा आयोजकहरू ढुक्क थिए र त्यसैले सरकारले लगाएको रोकको परवाह नगरी लाखौँ महिला र पुरुषहरू श्रमिक महिला दिवसको जुलुसमा सहभागी भए । चिलीको तानाशाह पिनोचे शासनकालीन मानसिकता बोकेको राष्ट्रिय प्रहरी बल– काराबिनेरोसका विशेष लडाकू दस्ताले बिनाकारण भिडमाथि अश्रु ग्यास प्रहार ग¥यो र भिडलाई उत्तेजित पार्ने षड्यन्त्र ग¥यो । जुलुसको अन्तिम भागमा भने पानीको फोहोरा प्रहार गरेर सयौँलाई घाइते बनायो । महिलाहरूको शान्तिपूर्ण ¥यालीमाथि दमन गरेर पिनेरा सरकार र त्यहाँको प्रहरीले आफ्नो नपुंसकता र प्रतिक्रियावादी चरित्र प्रदर्शन ग¥यो । जसले गर्दा पूर्वनिर्धारित औपचारिक कार्यक्रम हुन सकेन । अप्रिल २६ का दिन हुने जनमतङग्रहमा संविधान संशोधनमा हो हुनुपर्छ भनी आह्वान गरेको हुनाले नै संविधान संशाधनका विरोधीहरूले ¥यालीमाथि आक्रमण गर्न लगाएको र गरेको थियो । “चिलीको संविधान संशोधन वा निर्माणको प्रक्रियामा कामदार वर्गका महिलाहरूको सहभागिताको सुनिश्चिता गर्न माग गर्दै हामीले प्रदर्शन आयोजना गरेका हौँ”– चिलीका कामदार महिलाहरूको सङ्गठन प्युब्लो लिब्रेका महिला प्रवक्ता भिक्टोरिया हेरेराले भनिन् ।
मार्च ८ को शान्तिपूर्ण ¥यालीमाथि गरिएको दमनको विरोधमा मार्च ९ र १० तारिखका दिन देशव्यापी हडतालको आह्वान चिलीका महिला सङ्घहरूले गरे । राष्ट्रपति पिनेराको राजीनामा माग गर्दै भएको उक्त हड्तालको समर्थनमा देशव्यापीरूपमा २० लाख महिलाहरू सडकमा उत्रे । सोमबार र मङ्गलबारका ती जुलुसहरूमाथि पनि चिली प्रहरीले हिंसात्मक दमन ग¥यो । दमनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भयो भने ४ हजारभन्दा बढी प्रदर्शनकारी र केही पत्रकारहरू पनि घाइते भए ।
चौतर्फी विरोध
पिनेरा सरकारको दमनकारी व्यवहारको अर्जेन्टिना, भेनेजुयला, क्युवालगायतका सरकारले विरोध र निन्दा गरेका छन् । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषदले पनि चिन्ता जाहेर ग¥यो । चिलीका धर्मगुरुहरूले पनि प्रहरीको दमनकारी चरित्रको निन्दा गर्दै पिनेरा सरकारलाई जनताप्रति उत्तरदायी बन्न आह्वान गरे । चिलीको इपिस्कोपल कन्फेरेन्सले जनताको माग पूरा गर्नमा पिनेरा सरकारको वितृष्णाको आलोचना गर्दै आर्थिक ढाँचाले उत्पन्न गरेको बढ्दो आर्थिक असमानता अन्त्य गर्नुपर्ने प्रस्ताव पारित ग¥यो । “हामी देखिरहेका छौँ अक्टोबर १८ को आन्दोलनदेखि उठाइएका जनताका मुख्य मागहरू पूरा गरिएका छैनन् र नीति निर्णयकर्ताहरूले बेवास्ता गरिरहेका छन्”–इपिस्कोपल कन्फेरेन्सले प्रस्तावमा उल्लेख ग¥यो ।
महिला दिवसका दिन भएको ¥यालीमाथि भएको दमनको चिलीको राष्ट्रिय मानव अधिकार प्रतिष्ठान – आईएनडीएचले पनि हिंसा भड्काउने षड्यन्त्र भनी निन्दा ग¥यो । “आइतबारको महिला दिवसको ¥याली तथा सोमबारको हडतालको जुलुस प्रदर्शन पनि शान्तिपूर्णरूपमै भएका थिए । चिलीको प्रहरीले अनावश्यक निहुँ खोजेर प्रदर्शनकारीहरूमाथि आक्रमण ग¥यो ।” – आईएनडीएचका अध्यक्ष सर्जियो मिक्कोले सञ्चारमाध्यमसित भने ।
“मानवअधिकार पर्यवेक्षकहरू र स्वदेशी तथा विदेशी सञ्चारमाध्यमहरूका अनुसार चिलीको प्रहरीले बहुलठ्ठीपूर्ण स्वभाव प्रदर्शन गरेको र प्रदर्शनकारीमाथि सिधैँ मरिचको ग्यास (अश्रु ग्यास) प्रहार गरेको थियो ।” – घटनाको निन्दा गर्दै अध्यक्ष मिक्कोले बताए ।
तातो नलागेका पिनेरा
दसौँ लाख जनताले आफ्नो राजीनामा मागिरहे पनि राष्ट्रपति पिनेरालाई भने अलिकति पनि तातो लागेको देखिएको छैन । मार्च १३ का दिन चिलीको प्रजातन्त्रको ३० औँ वार्षिक दिवस र आफ्नो दोस्रो राष्ट्रपति कार्यकालको दोस्रो वर्ष समाप्तिको समारोह जनता र विपक्षी सांसदहरूको अनुपस्थितिमा मनाए । जतिबेला पिनेराले प्रजातन्त्रको बखान गरिरहेका थिए, चिलीको राजधानी सान्टियागोको मुख्य चोक – अलामेडामा सैनिक प्रहरीले क्रुरतापूर्वक प्रदर्शनकारीहरूमाथि दमन गरिरहेको थियो । आफ्नो ताइँ
न तुइँको भाषणमा पिनेराले यी तीन दसक शान्तिपूर्ण र उपलब्धिमूलक दसक भएको र आफूहरूले कयौँ ठूला गल्तीहरू थुपारेर देश र जनतालाई ठूलो पीडा दिएको स्वीकार गरेका थिए ।
पिनेराले भने – “हामीले हाम्रा केटाकेटीहरूलाई बेवास्ता ग¥यौँ, हामी हाम्रा ज्येष्ठ नागरिकहरूप्रति कृतघ्न भयौँ, हामीले मध्यम वर्गीय जनताका डरहरू र अभावहरूलाई सम्बोधन गर्न सकेनौँ, सैनिक प्रहरीहरूले प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास र मरिचको स्प्रेले प्रहार ग¥यौं ।”
चिलीको जारी जनआन्दोलनबारे राजनीतिशास्त्री रोवर्टो फोर्टुनाटीले भनेका छन् – “चिली बिउँझेको छ । कयौँ धक्कापछि पनि यसले आफ्नो आधार बलियो राखेको छ । नवउदारवादविरोधी नीति र निर्णयविरुद्ध जनताले आन्दोलन निरन्तर चालू राखेका छन् । तीस वर्षको तथाकथित प्रजातन्त्र र आजका शासक पिनेराले जनताका सामाजिक मागहरू सुन्न अस्वीकार गरेका छन् । आन्दोलनलाई थप विकास गर्दै शासकहरूलाई घुँडा टेकाउनुको अर्को विकल्प छैन ।”
अक्टोबर २०१९ देखि सुरु भएको चिलीको जन आन्दोलनमा ३३ जनाले ज्यान गुमाइसकेका छन् भने ३७६५ जना गम्भीर घाइते भएका छन् । त्यस्तै १८३५ जनालाई गम्भीर यातना र बलात्कारबाट पीडित बनाइएको छ भने १० हजारभन्दा बढी पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *