भर्खरै :

मस्कोका चिट्ठी – ३

रवीन्द्रनाथ टैगोर
राजाको शासन कालमा उनीहरू महत्वाकाङ्क्षा हुन्थे । त्यसकारण त्यहाँ अत्याचार, अन्याय र असमञ्जस्यता थिएन भन्न सकिंदैन । यति हुँदाहुँदै ती राजा त यही देशका नै थिए । त्यति बेलाको घाउ छालासम्मको मात्र थियो, रगत बग्थ्यो तर स्नायु प्रणालीसम्म असर पार्दैनथ्यो । सम्पति जम्मा गर्ने क्रियाकलाप धेरै उनीहरूलाई उक्त कार्यमा उत्साहित पारे । यदि यस्तो नभएको भए विदेशी व्यापारीको मात्र प्रभुत्व हुन्थ्यो, किन मरुभूमिमा सलहको भीड लाग्थ्यो होला ?
पछि राजा र व्यापारीको भेट भारतमा भयो र त्यो दर्दनाक कालो क्षणबाट भारतीय सम्पतिरूपी विशाल वृक्षको जरा काट्न सुरु भयो । यो बेतालको कथा अक्सर दोहोरिरहन्थ्यो । भारतसँग सम्पति अथाह थियो । तर, कुन माध्यमबाट समुन्द्रपारि पुग्यो भन्ने कथा आधुनिक इतिहासले हामीलाई लुकाउनेछ । साहिसानले राजा र प्रजालाई मानव सम्बन्धका रूपमा बाँध्नेछ तर सम्पतिको लालचालाई बाँध्ने छैन जुन अत्यन्त क्रुर छ र जसले सुनको अण्डा मात्र जम्मा गर्दैन तर सुनौलो हाँसको हत्यासमेत गर्दछ ।
भारतमा सम्पूर्ण धनोपार्जन माध्यमहरूमा कृषिमात्र सुरक्षित छ । यो कच्चापदार्थ र विदेशी वस्तुको मूल्य तिर्नको लागि सुरक्षित गरिएको हो । भारतको दैनिकीको अस्तित्व धागोको सानो त्यान्द्रोमा झुण्डिएको छ ।
यो कुरा स्वीकार गर्न सकिन्छ कि अर्थोपार्जनका लागि अवलम्बन गरिएको उत्पादनशील कुराहरू पुरानो ढर्रामा आधारित छ, अप्रचलित छ र यान्त्रिक उपकरणसँग तुलना पनि हुँदैन । त्यसकारण उनीहरूलाई उपकरण प्रयोगमा निपुण बनाउनु अति आवश्यक हुनुका साथै यसले अस्तित्व जोगाउन सहयोग गर्दछ । अस्तित्वको सङ्घर्षमा यो प्रयास प्रत्येक देशले आज बलियोसँग अवलम्बन गरेका छन् । छोटो समयमै जापान यान्त्रिक प्रविधिमा पोख्त भएको छः नत्रभने उनले पश्चिमीहरूको षड्यन्त्रमा आफ्नो अस्तित्व गुमाइसक्थ्यो होला । उक्त सौभाग्य हाम्रो बाटोमा कहिल्यै देखापरेन । हामीलाई सुरक्षित बनाउने कानुन र आदेश स्थिर छ । हाम्रो खाना, नाना, शिक्षा बन्धक राखी पहरेदारको पोशाक खरिद गरिन्छ । लालचले कमजोरहरूको सेवा दाबी गर्दछ । तर, उनीहरूलाई कहिल्यै सम्मान गर्दैन । जसलाई सम्मान गरिदैन, त्यसलाई बेवास्ता गरिएको हो ।
हाम्रो जीवनको आवश्यकता कति तुच्छ छ, हामी कति थोरै अपेक्षा गर्दछौँ । हाम्रो शालीनता अरूहरूसमक्ष अनभिज्ञ छैन । विनाखाना, विनाशिक्षा, विनास्वास्थ्योपचार धमिलो पानी पिउन पनि हामी सहन सक्छौँ, काम चलाउँछौँ तर पहरेदारको सीमा नै छैन । अधिकारीहरूको सङ्ख्याको सीमा अनन्त छ । उनीहरूलाई दिइने पारिश्रमिकको त खोला नै बग्छ । हामी हाम्रो अनुष्ठानलाई मितव्ययी गरी उनीहरूलाई निवृत्तिभरण दिलाउँछौँ ।
तैपनि यस्तो कठिन समय पनि अङ्ग्रेजहरूमा एक किसिमको उदारता र दयालुपनको अत्यन्त कमी छ । अङ्ग्रेजले अरू जातिहरूको लागि गरिने भेदभावपूर्ण व्यवहार सोच्न पनि नसकिने खालको छ । जब हामी खुलारूपमा विद्रोह गर्दछौँ, हामीलाई अधिकारीहरूले सजाय गर्दछन् । हामी हाम्रा राजा र जमिनदारबाट अत्यन्त कममात्र आशा गर्दछौँ ।
मेरो इङ्गल्यान्डमा अस्थायी बसाइको बेला जानकारी पाएअनुसार भारतमा भए गरेका घटनाहरू बेलायतको पत्रपत्रिकामा अत्यन्त कममात्र देखापर्दछन् । वास्तवमा अत्यन्त दृढ प्रशासक पनि उसकै देशका असल सोच भएका मानिसहरूसँग कराउँछन् । त्यसैले आफूले गरेको शोषणको गर्व गर्न सजिलो पनि छैन किनभने अङ्ग्रेजहरू पनि कति नै महान सोच भएका मानिसहरू हुन् र ¤ अङ्ग्रेजहरू धेरैले भारतको वास्तविकता नै बुझेका छैनन् । आत्मालोचनाका कारण दबाइएका छन् । यसका साथसाथै बेलायतबाट आई भारतमा लामो समय बिताएका र भारतको नुन खाएकाहरू सम्पूर्णरूपमा कलङ्कित भएको कुरा पनि नकार्न सकिंदैन । तैपनि यिनै गन्हाएका मानिसहरूलाई विश्वास गरिनु अत्यन्त दुर्भाग्य हो ।
हालको भारतमा जारी रहेको राजनीतिक कोलाहल अशान्ति र क्रान्तिको सम्बन्धमा अधिकारीहरू दण्ड सजाय कम भएर भएको भनी दाबी गर्दछन् । हामी यो विश्वासको विरुद्धमा छौँ । तर, पहिले र अहिलेको अख्तियारी तरिका पूरै खारेज गर्न सकिन्न । पूरै परिवर्तन गर्ने भन्ने कुरा बढाइचढाइको भाषामात्र हुनेछ । हामीलाई बारम्बार कुरिएको छ, नराम्ररी कुटिएको छ । हालसम्म पनि अति क्रुरता भोगेका छौँ । मलाई थप्न मनलाग्छ कि उदाहरणका लागि जसलाई अत्यन्त पिरिएको छ । उनीहरूका लागि यो गर्वको कुरा हो, जसका लागि कुटिएका छन् । उनीहरूले आफूले पाउने सम्मान गुमाएका छन् । तर, सामान्य अधिकारीहरूको विचारअनुसार चाहे पूर्वीया हुन् या पश्चिमा दण्ड सजाय वास्तवमै कम भएको हो । हाम्रा शासकहरूसँग हाम्रो रगतको नाता छैन । उनीहरूले पूरा हिन्दुस्तानलाई पूरै जालियावालाबाग (जलियावालाबागः पञ्जावको जलियावाला बागमा अङ्ग्रेजले गोली काण्ड गरेर पूरै तहसनहस पारेको थियो र जसमा गोरखाली सेना प्रयोग गरिएको थियो ।) बनाउन पनि समय लाग्दैन । हामी आफैँ सजिलै अनुमान गर्नसक्छौँ कि अमेरिकामा काला जातिहरू कति गर्वका साथ मुक्तिको आन्दोलनमा एकताबद्ध भएका छन् । इटालीमा र अरू देशमा के भयो र भनी चुपचाप बस्यौ भने क्षम्य हुँदैन ।
तर, अलिकति खुसीको कुरा पनि छ । समयको अन्तरालमा सजायको क्रम पनि निस्तेज भएको हुन्छ । यो क्रम आफैँबाट लज्जित हुन्छ । तर, गहन उत्पीडन सहजै हराएर जाँदैन । यसको विकासको लागि रक्तपात हुनुपर्छ । ठूलो मूल्य चुकाउनुपर्छ । मैले टाइम्स लिटरेरी सप्लिमेन्ट पत्रिका पढ्दा त्यसको संवाददाताका अनुसार भारतमा गरिबी हुनुको जड तीव्र जन्मदर नै हो । यसको कारण विवाह प्रणाली र नियम नभई मनपरि हो । यदि खाने मुख कम भएको भए समस्या त्यति बढी हुँदैन थियो होला । १८७१ र १९२१ को बीचमा इङ्गल्यान्डको जनसङ्ख्या ६६ प्रतिशतले बढ्यो भने यो ५० वर्षमा भारतको जनसङ्ख्या वृद्धि भने ३३ प्रतिशत छ । त्यसकारण मुख्य कारण जनसङ्ख्या वृद्धि नभई खाद्यान्नको पहुँच असक्षमता हो ।
यदि शासक र शासितको भाग्य उस्तै भएको भए त्यहाँ गुनासो ठाउँ साँगुरो हुन्थ्यो । खाद्यान्नको एउटै तरिकाले प्राप्त हुन्थ्यो । राम्रो र नराम्रोको भागिदार पनि बराबर हुन्थ्यो । तर, यहाँ एक अर्काबीच ठूलो खाडल छ र भूगोल पनि बेमेल छ । भारतीयहरूमा शिक्षा, स्वास्थ्य, प्रतिष्ठा, साधन आदिको भोकमरी छ । देशभरिको गरिबीमा एकसय वर्षसम्म साठी वर्षसम्म भारत र बेलायतको विकास कहिल्यै समान भएन । यसको पूरा चित्रण गर्न हामीले बङ्गाली किसानहरूको दृश्य प्रस्तुत गर्नसक्छौँ । उनीहरूले जुट उत्पादन गर्दछन् तर यसको फाइदा डुन्डी (स्कटल्यान्डको एक सहर) का हरूले पाउँछन् । लालचका हिसाबले दुवै बराबर हुन् । तर, खुसी प्राप्त गर्ने कुरामा उनीहरू फरक छन् । १५० वर्षदेखि यी दुई देशका मानिसहरूको जीवनयापनको भिन्नता झन फराकिलो हुँदै छ ।
सिकारी व्यापार र संसारभरिको जलयात्रा सँगसँगै भयो । धर्ती माताले दासत्व र लुटतन्त्र आदिको घिनलाग्दो र डरलाग्दो परिस्थितिमा पीडादायीरूपमा इन्कारको आवाज दिंदै छिन् । विदेशी माटोमा नै खराब व्यापारको मुख्य थलो भएको थियो । ती दिनहरूमा स्पेनले मेक्सिकोको सञ्चित सुनमात्र नामेट गरेन यहाँको पूरै सभ्यतालाई रगतले पखाल्ने काम पनि ग¥यो । अन्त्यमा पश्चिमा हावाको झोक्का भारतीय समुन्द्री किनारामा ठोकियो । तिनीहरूको इतिहास यसरी व्याख्या गर्न सान्दर्भिक छैन । यतिमात्र हो सम्पतिको प्रवाह पूर्वदेखि पश्चिममा परिवर्तन भयो ।
विज्ञानले यो कुरा घोषणा ग¥यो कि ‘यन्त्रको नियम विश्वव्यापी हुन्छ । अनन्त सत्य भौतिक सफलताभन्दा पर केही थिएन । आक्रमक प्रतियोगिता संसारभर नै फैलियो । डकैटी छलकपट, दासत्व नयाँ र गलत नाममा देखापरे ।
अनुवाद ः भानु हुमागाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *